मकवानपुर । आगामी २०८० मंसिरसम्म हेटौंडा उपमहानगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी थालिएको छ ।
बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी स्वरुप विभिन्न समूहरु गठन गर्ने र प्रतिवद्धता जनाउने कार्यक्रम सुरु भएको हो ।
हेटौंडा उपमहानगरपालिकालाई आगामि बर्ष २०८० मंसिरसम्म बालमैत्री घोषणा गर्ने निर्णय भएसंगै अभिमुखिकरण कार्यक्रमहरु पनि थालिएको उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बताइन् ।
लामाले उपमहानगरपालिकाको सबैभन्दा चुनौतीको रुपमा रहेको बालश्रम अन्त्य गर्न सामुहिक प्रतिवद्धता आवश्यक रहेको बताइन् ।
बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक बिकास महाशाखा, बिषयगत संघसस्था, बिद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण गरिएको छ।
समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले अब रफ्तारमा काम गरिने बताइन् ।
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो साधारण सभा तथा अधिवेसनले पुन: ध्रुब अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । उनी दोस्रो कार्यकालको लागि सर्वसम्मत चञ भएका हुन् ।
शनिवार बिहान उद्घाटन गरिएको साधारणसभा सभामा मुख्यपदमा सहमति भए पनि अन्य पदहरूमा राती अबेर मतदान भएको थियो । समितिको उपाध्यक्षहरूमा विष्णु ढुंगाना, सति न्यौपाने, गंगाप्रसाद पौडेल, शान्ति क्षेष्ठ र बेगम बराल चयन भएका छन् । महासचिव शिवहरि दाहाल चुनिँदा उपमहासचिवमा देवकुमार क्षेष्ठ, सचिवहरूमा सुशिला मल्ल, राजेन्द्र चौलागाई, चन्द्रावति पनेरू, पुण्यवति घिमिरे र हर्करत्न लामा चयन भएका छन् । यसैगरी कोषाध्यक्ष पदामा गिता मैनाली र सहकोषाध्यक्षा विरोध मोक्तान चयन भएको महासचिव दाहालले जानकारी दिए ।
राती पौने दश बजे सकिएको मतदानपछि बिहान ४ बजे अन्तिम नतिजा सुनाईएको थियो । समितिको ३० जना सदस्य सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन भएको थियो । समाचार तयार पार्दासम्म सदस्यहरूमा मतदान जारी थियो । समितिमा १९ वटा वडाबाट १९ जना भूगोल सदस्य, पाँच जना खुल्ला सदस्य, २ जना महिला सदस्य र समावेशी ४ जना सदस्यमा निर्वाचन भएको हो ।
हेरौं अन्य सदस्यहरूको नामावली र प्राप्त मत



मकवानपुर । विज्ञान शिक्षक समाजको नगर समिति अध्यक्षतामा भुपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । शनिबार भएकाे विज्ञान शिक्षक समाजको प्रथम नगर भेलाबाट यादवकाे अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएकाे हाे ।
हेटौंडा–४ स्थित भुटनदेवी माविमा समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक भरतप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
यादवकाे अध्यक्षतामा गठन भएकाे समिति उपाध्यक्ष स्मृति लम्साल, सचिव सुदर्शन पौडेल, सहसचिव ऋतिक यादव, कोषाध्यक्ष रविन्द्र राउत, सहकोषाध्यक्ष राकेश कुमार लोहार र सदस्यहरु विपना खड्का, ईशाहाक राई, अशोक न्यौपाने, निर्मला काफ्ले, ईश्वर रिजाल, रित बहादुर श्रेष्ठ, धनप्रसाद सापकोटा, श्याम उप्रेती र रेश्मा गोले चयन भएको विज्ञान शिक्षक समाज मकवानपुर सचिव सुवास खनालले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका-१५ घर भई पर्सा बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विहीबार बिहान बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको यात्रुबाहक बसलाई हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा चेकजाँच गर्दा उक्त परिमाणमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । बसमा सवार रंजित शर्माले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको कार्कीले बताए ।
शर्माले बरामद लागूऔषध जटाशंकर सोनारले पठाएको बताएका थिए । ना २६ प ७९८० नम्वरको मोटरसाइलमा चितवनतर्फ जाँदै गरेकोमा हेटौंडा नारायणगढ सडकखाण्डको लोथरस्थित सडक किनारमा बसिरेहेको अवस्थामा सोनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने भएकाे छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएकाे हाे ।
रोट्रयाक्ट हेटौंडा र मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदाे भदौं २५ गते देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला जानकारी गराइएको हो । भेलाको स्थानीय संयोजन रोट्रयाक्ट हेटौंडा र मकवानपुरले गर्ने रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिए ।
अध्यक्ष राईले भेलामा देशभर रहेका १ सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सविच सहित झण्डै १ हजार रोट्रयाक्टहरुको सहभागिता रहने बताए । पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोट्रयाक्ट मकवानपुरका पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, रोट्रयाक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
