मकवानपुर । मकवानपुरकाे मनहरीमा पुर्व विद्यार्थीद्वारा शिक्षकलाई पुस्तक उपहार प्रदान गरिएकाे छ । महेन्द्र किरण माध्यामिक विद्यालय मनहरीका प्रध्यानाध्यापकलाई साेही विद्यालयका पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् पुस्तक उपहार दिइएकाे हाे ।
विद्यालय प्रधान्याध्यापक शिवबहादुर रिमाललाई पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् लेखक छवि अनित्यकाे पुस्तक शिक्षकको भाषा उपहारस्वरुप हस्तान्तरण गरिएको हाे । विजया दशमीकाे उपलक्ष्यमा विद्यालयले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व विद्यार्थी संप्रस पौडेलले उक्त पुस्तक प्रध्यानाध्यापक रिमाललाई उपहार प्रदान गरेका हुन् ।
पाैडेल सहित विद्यालयका पूर्व विद्यार्थीहरू हरिप्रसाद अधिकारी, जयराम अधिकारी, योगेन्द्र चालिसे, प्रदीप बर्तौला, उत्तम ढकाल, सुष्मा भुजेल, धर्मराज ईटनी, कल्पना अर्याल, रामकृष्ण राना र रामशरण इटनीले पुस्तक सहयोग गरेका हुन् । यस अघी यो पुस्तक बंशगाेपाल माध्यामिक विद्यालय चौघडा जनप्रीय माध्यामिक विद्यालय हटिया तथा महेन्द्र माध्यामिक विद्यालय पदमपाेखरी लगायतका विद्यालयमा उपहारस्वरूप हस्तान्तरण गरिएका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा आइतबार भएको खेलमा हुप्रचौरमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।
पहिलो सेट २४–२६ ले गुमाएको १७ नम्बर वडाले पछिल्लो तीन सेट २५–१३, २५–९ र २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ जितेको छ भने ५ नम्बर वडाले २५ हजार रुपैयाँ पाउने भएको छ । पुरुषतर्फको फाइनल खेल भने अनिर्णित बनेको छ ।
१७ नम्बर वडा र १९ नम्बर वडाबीच भएको फाइनल खेलमा अँध्यारो भएपछि अनिर्णित बनेको हो । ४ सेटको खेल सकिँदा २–२ को बराबरी भएपछि फाइनल खेल अनिर्णित बनेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको १९ नम्बर वडाले दोस्रो र तेस्रो सेट १९–२५ र १७–२५ ले गुमाएको थियो । चौथो सेट १९ नम्बर वडाले २५–२१ ले आफ्नो पक्षमा परेपछि खेल बराबरीमा सकिएको हो ।
पुरुषतर्फको फाइनल खेल सोमबार बिहान ८ बजेबाट खेलाइने उपमेयर कप भलिबल प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिए । उपमेयर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ १२ टिम र महिलातर्फ १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । आफ्नो टोल र समुदायमा सामुदायिक कुकुरको कारण रेबिज फैलने त्रासमा हुनुहुन्छ ? रेबिज उन्मुलनको लागि यस्ता कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने अभियानमा पशुस्वास्थ्यकर्मीहरुलाई सहायता गरौं ।
विश्व रेबिज दिवस २०७९ को अवसरमा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप अभियान हेटौंडामा जारी छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको सहकार्यमा रेबिज सप्ताह कार्यक्रम अन्तरगत कुकुरलाई खोप लगाउने अभियान सुरु गरिएको हो ।

विज्ञकेन्द्रले असोज ६ गतेदखि १२ गतेसम्म यो अभियान जारी राख्ने जनाएको छ । कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वार्ड नं २, र १० वडामा सामुदायिक रुपमा छाडिएका ५० वटा कुकुरहरुमा रेबिज रोग बिरुद्वको खोप लगाइएको केन्द्रका सहायक स्तर पाँचौ प्रदीप सापकोटालगायतको बताए ।
आफ्नो टोलमा सामुदायिक कुकुरहरु नियन्त्रण्मा लिएर कसैले बोलाएमा हामी त्यहीँ पुगेर कुकुरलाई रेबिज विरुद्ध खोप लाउने छौ” सापकोटाले भने । “खोप लगाएको कुकुरलाई विशेष चिन्ह लगाउँछौ, ताकी त्यो कुकुरले टोकीहालेमा रेबिज विरुद्धको खोप लगाएको कुकुर भनेर ढुक्क हुने अवस्था बनोस्।”
छाडा कुकुरहरुद्धारा रेबिज रोग फैलन सक्ने संभावनालाई मध्य नजर गर्दै यो खोप लगाइएको उनले बताए । ६ गतेबाट सुरु गरिएको अभियान अन्तरगत हालसम्म ११० वटा कुकुरमा रेबिज विरुद्धको खोप लगाइएको छ ।
खोप लगाउने समूहले सामुदायिक कुकुरहरुलाई डग क्याचरको सहयताले नियन्त्रण्मा लिएर खोप रेबिज विरुद्धको खोप लगाउने गरेको सापकोटाले बताए । हामलसम्म हेटौंडाको बसपार्क, हेटौंडा ४ कर्रा, बसस्खण्डी मन्दिर परीसरमा खोप लगाइएको केन्द्रले जनाएको छ । रेजिब रोग उन्मुलन अभियान अन्तरगत यो कार्यक्रम गरीएको हो ।
मकवानपुर । साहित्य संगम मकवानपुरकाे ३ सय २३ औं साहित्य सन्ध्यामा खुला निबन्ध प्रतियोगिता भएकाे छ । विश्व मुटु दिवसकाे अवसरमा संगमकाे आयोजना भएकाे सन्ध्यामा विजया दशमीको शुभकामना आदानप्रदान एवम् खुला निबन्ध प्रतियोगिता भएको हो ।
शनिबार भएको खुला निबन्ध प्रतियोगितामा मकवानपुरे कवी चिरञ्जीवी लामिछाने प्रथम भएका छन् । सय पूर्णाङ्क रहेकाे प्रतियोगतामा ७८ अंक प्राप्त गर्दै लामिछाने प्रथम भएका हुन् । यस्तै ७६ अंक प्राप्त गर्दै प्रतिमा पौडेल द्वितीय, ७४ अंक प्राप्त गर्दै गरिमा थापा तृतीय र ७३ अंक प्राप्त गर्दै गौरी कँडेल सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य भगिरथ शर्मा खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रममा प्रायोजन गरेको थियो ।
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंबर २ भैसेंबाट बरामद गरिएकाे मांगुर माछा नष्ट गरिएकाे छ । अस्थाई प्रहरी पोष्ट भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बरामद भएको नेपालमा प्रतिबन्धित मांगुर माछा ५० केजी र खानका लागि अयोग्य अन्य माछा १ सय २० केजी नष्ट गरिएको हो ।
वीरगंजबाट भन्सार छलेर ल्याईएको माछा मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ७ गते शुक्रवार राती ११ बजे बरामद गरेकाे थियाे । नेपाल र भारतको माछा मिसावट गरि खानको लागि अयोग्य र प्रतिबन्धित माछा काठमाडौं लैजाने क्रममा भैंसेबाट बरामद गरिएको थियो । बरामद गरेको १ सय ७० किलो माछा भैंसेमा खाल्डो खनी नष्ट गरिएको हाे ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्र किशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महत्तो, बरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने, स्थानीय सरोज चौलागाई, प्रहरीसमेतकाे उपस्थितिमा बरामद गरिएकाे उक्त परिणामकाे माछा नष्ट गरिएको थियो ।
