मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसंगको गठबन्धन गरेको प्रती असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला लगाएका छन् ।
मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएको प्रति असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले जिल्लाको राजनीतिक अवस्था नबुझेको र पार्टीप्रतिको लगानीलाई बेवास्ता गरेको भन्दै आक्रोसित कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो । केन्द्रको निर्णयका विरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै आफूहरुले ताला लगाएको आन्दोलित पक्षले जनाएको छ । जिल्ला अध्यक्ष एकालल श्रेष्ठले आफू पार्टी कार्यालयभन्दा बाहिर रहेकाे र यसबारे पार्टी अफिस पुगेपछिमात्रै प्रतिक्रिया दिने बताए ।
मकवानपुर । मकवानपुरको राक्सिराङमा भिरबाट लडेर जनाकाे मृत्यु भएको छ ।
मृत्युु हुनेमा मनहरी गाउँपालिका-६ घर भई हाल राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राईको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रवार साँझ राक्सिराङ ९ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखुसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए ।
राई शनिवार विहान ससुराली घरदेखि करिब २ किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भई रहेको छ ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेले मकवानपुरबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ ।
राप्रपा नेपालसंग गठबन्धन गरेर सूर्य चिन्हमा कमल थापाको उम्मेदवारी पक्का भएको बहस चल्दै गर्दा एमाले मकवानपुरले निर्वाचनमा उम्मेदवार हुनेकाे आधिकारिक नाम सार्वजनिक गरेको हो । एमाले मकवानपुरका अनुसार मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना नाममा टिकट टुंङ्गिएकाे छ । प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तरगत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठकाे नाम टुंङ्गाे लागेकाे हाे ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा महेश बर्तौलाको नाममा टिकट पक्का भएकाे एमाले मकवानपुरले जनाएकाे छ । प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्तरगत प्रदेश सभा ‘क’ मा विष्णु प्रसाद ढकाल तथा प्रदेश सभामा ‘ख’मा लालबहादुर थापाकाे उम्मेदवारीकाे लागि नाम टुंङ्गिएकाे हाे । एमालेबाट टिकटको फाईनल लिष्ट आएको बताउँदै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी अब चुनावी अभियानमा लाग्ने बताए ।
बडादशै मनाउंदै गर्दै पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । यसैबीच पर्व मनाउने सन्दर्भमा गाउँघर पुगेका नेताहरूले मतदाता घरभेट कार्यक्रमलाई तिव्रता दिएका छन् । दशै सकिना साथ २३ असोज अर्थात् कोजाग्रत पुर्णिामा कै दिन उम्मेदवारी दर्ता भएकोले पनि नेताहरू चुनावीको चटारोले छोएको छ ।
मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नंबर ६ मा घर नजिकैको ढिस्को खसेर पुरिदा ४७ वर्षका तोकबहादुर चेपाङको मृत्यु भएको छ । वडा नंबर ६ मागेनीमा रहेको घरमा एक्लै बसेको अवस्थामा एक्कासी ढिस्को खसेर पुरिदा उनको ज्यान गएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका वडा नंब ३ मा रहेको कालिखोलाले बगाउँदा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको ज्यान गएको प्रहरीको भनाई छ ।
मकवानपुर । पछिल्लो २४ घण्टादेखि निरन्तर परेको झरिको कारण मकवानपुरको हेटौंडा हुंदै काठमाडौ ओहोरदोहोर गर्ने छोटो मार्ग अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित घिसिनी खोल्सामा पहिरो गएको हो । पहिरोको कारण हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने छोटो मार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बर्षाको कारण हेटौंडा उपमहानगरपालिका ५ को केही भाग डुवानमा परेको छ । दशै रमझम मनाईरहदा घरमा पानी पसेपछि समस्या भएको स्थानीयले बताएका छन् ।
