वनमा लागेको डढेलो गोठमा सल्कदा जनावर जलेर मरे
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका २ तीनथुम्के स्थित वनमा लागेको डढेलो गोठमा सल्कदा गोरु र बाच्छाहरू जलेर मरेका छन् ।
तिनथुम्के बस्ने ३८ बर्षीया सरस्वती अधिकारीको गोठमा सुन्दरी सामुदायिक वन निजगढबाट सल्किदै आएको डडेलोको कारण खरको छानो भएको गोठमा आगो सल्कदा २ वटा गोरु र एउटा बाच्छाको जलेर मृत्युु भएको हो ।
गोठमा लागेको आगो स्थानीयले नियन्त्रणमा लिएपछि मानवीय क्षेती नभएको अस्थायी प्रहरी पोस्ट फापरबारी धियांलले जनाएको छ । घटनाबाट २ लाख बराबर क्षती भएको अधिकारीले बताइन् ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुर नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
संघले शनिबार गरेको शुभकामना कार्यक्रममा निर्माण क्षेत्रका समस्याहरुको बारेमा छलफल समेत भएको छ ।
कार्यक्रममा अहिले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधान गरिनु पर्नेमा जोड दिइएको छ ।
निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा निर्माण क्षेत्रमा देखिएको समस्या समाधान हुने समेत बताइएको थियो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समयमा काम सम्पन्न नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै निर्माण व्यवसायीका समस्यमा समाधानमा तीनै तहको सरकार सकारात्मक रहेको बताईन । सरकारबाट हेर्दा काम नभएको देखिन्छ, तीन पटक म्याद थप्दासमेत काम नभएको पाइन्छ भन्दै निर्माण क्षेत्रका समस्या समाधानमा पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरिन ।
बागमती प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री एकालाल श्रेष्ठले जिम्मेवारी लिएपछि काम समयमा पूरा गर्नुपर्ने भन्दै सबै व्यवसायमा अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताए । निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले कतिपय स्थानीय तहले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान नगर्ने गरेकाले निर्माण व्यवसायीले आफ्नो काम सहज रुपमा गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे ।
टेण्डर निकाल्दा बजेट सुनिश्चिततासँगै सबै तयारी गरेर आव्हान गर्नुपर्ने, बैंक व्याजदरको समस्या समाधान हुनुपर्नेलगायतका धारणा कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा, नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण कटुवाल, निर्माण व्यवसायी सङ्घ मकवानपुरका पूर्व अध्यक्ष आनन्दराम पराजुली, संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललगायतको उपस्थिति रहेको थियो ।
अवैध भन्सार छलेर ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा बरामद
Tags: No Comments
मकवानपुर । अवैध भन्सार छली ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज हेटौडा उप महानगरपालिका वडा नं १५ रातोमाटे र वडा नं १० बसपार्कको सडकमा सवारी जाँच्ने क्रममा उक्त कपडा बरामद गरिएको हो ।
पर्सा जिल्लाको गौरबाट काठमाडौ लैजादै गरिएको तर्फ जादै गरेको ना ५ ख १७३८ र सर्लाही मलंगवाबाट काठमाडौ तर्फ जादै गरेको ना ६ ख १२३३ नं को यात्रुबाहक बसबाट कपडा बरामद गरिएको हो ।
कपडाको अनुमानित मुल्य ५ लाख ७५ हजार ४०० रहेको प्रहरीले जनाएको छ । भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी ल्याएको बिभिन्न किसिमको कपडा र पाउडर दुधको प्याकेटहरु फेला परेको हुदाँ आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानसिक स्वास्थबारे प्रदेश स्तरीय कार्यशाला
Tags: No Comments
मकवानपुर । मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गता विषयक एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोशिसको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले अपाङ्गताबारे कानुनी व्यवस्थापन तथा परिचयपत्र वितरण प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
कार्यशालामा दृश्य विहिन, श्रवण सम्बन्धी समस्या भएका, ह्विल चेयर प्रयोगकर्तालगायत विभिन्न प्रकारका अपाङ्गता भएका क्षेत्रबाट प्रतिनिधित्व रहेको कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
सहभागीहरूले सम्बन्धित सरोकारवाला निकायबाट अपाङ्गता परिचयपत्र लिने क्रममा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका थिए ।
अपाङ्गताको क्षेत्रमा मनोसामाजिक अपाङ्गताको उत्थान गर्न सबै सरोकारवालाहरुले एक साथ काम कसरी गर्न सक्छन भन्ने विषय माथि छलफल गर्ने, सबै प्रकारका अपाङ्गताको हक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायमा पैरवी बढाउने, परिचय पत्रका लागी सहजता दिलाउन सहजीकरण गर्ने, आगामी दिनमा पैरवी के कसरी गर्न सकिन्छ भन्ने बारे योजना तर्जुमाका लागी कार्यशाला गरिएको लामाले बताइन् ।
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा ४ लाई शिक्षित वडा बनाउने अभियानमा आफूहरु लागि परेको वडा अध्यक्ष प्रकाश थापाले बताएका छन् । शिक्षामा पीछडीएको यो वडामा हाल प्रमाणपत्र तह उर्तिण जनशत्ति औलामा गन्न सिमित छन् ।
चेपाङ र वनकरीया बस्ति रहेको यो वडामा दलित वस्ति पनि अधिक छ जुन सबैभन्दा ठुलो चुनौती हो । यसैगरी खहरेको कारण आजित स्थानीयको धनसम्पत्ति तटबन्धन मार्फत जोगाउँन वडा अध्यक्ष थापा लागी परेका छन् ।
प्रस्ततु छ वडा अध्यक्ष थापासँग गरिएको कुराकानीको सार: