मकवानपुर । संघीय अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज आइतबार हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने बताइएकाे छ ।
नेकपा एकता विभाजनपछि हुने भएको वाइसीएल हेटौंडा नगरकोे प्रथम सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लागेको केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । उनका अनुसार, शर्मासँगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा), संयोजक सुमन देवकोटा (अब्दुल) पनि हेटौंडा आउने भएका छन् ।
सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पार्टी मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख पाख्रिनले बताए । आइतबार हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको कमिटी निर्माण गर्ने जनाइएको छ ।
मकवानपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य वृद्धि गरी १ सय ३३ रुपैयाँ कायम गरेको छ भने डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर १ सय १६ रुपैयाँ पुर्याएको छ ।
आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा काठमाडौँको साबिक बिक्री मूल्यमा प्रति सिलिन्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५ सय रुपैयाँ प्रतिसिलिन्डर कायम गर्ने निर्णय गरेको छ ।
मकवानपुर । नेपाल बिधुत प्राधिकरणको कर्मचारी कल्याण परिषदले आज बागमती प्रदेश स्तरिय भेला, चियापान तथा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।
कर्मचारीहरुले आफ्नो पेशागत हितको संरक्षण गर्दै मुलुकमा भएको बेथिति र बिकृतिको बिरुद्ध लाग्नुपर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका पूर्व अध्यक्ष मधु अधिकारीले बताए । ‘परिषदले कर्मचारीको मर्यादालाई कायम राख्दै संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्छ उनले भने ‘उर्जा क्षेत्रको समुचित बिकास र व्यवस्थापन गर्न नसक्दा देशले लामो समय लोडशेडिंगको मार खेपेकाे छ ।’
कार्यक्रममा अथितिको रुपमा राप्रपा मकवानपुर जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा, जिल्ला प्रवक्ता बिशभ अधिकारी र जिल्ला सचिव सागर थापा लगायतका उपस्थिति रहेको थियो।
मकवानपुर । कार्तिक ११, हेटौडा सामुदायिकआँखा अस्पतालले तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा मुस्ताङमा निशुल्कआँखाशिविर संचालन गरेको छ ।
कार्तिकको पहिलो सातामाथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमाशिविर संचालन गरेको होे । लो घेकर दामोदरकुण्ड गाँउपालिका र चरागं स्वास्थ्य चौकी र आमा समुहको समन्वयमामाथिल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुखाङलगायतका स्थामाशिविर संचालन गरी मोतिविन्दु देखिएका विरामीहरुकाे शल्यक्रिया गरिएको थियो ।
जिल्ला अस्पताल मुस्ताङ, घरापजोड गाँउपालिका, मुस्ताङ कल्याणकारी समाज,नेपाल रेडक्रश सोसाईटी मुस्ताङको समन्वयमा तल्लो मुस्ताङको जोमसोम, फलाक, कागवेनी, कुञ्जु, कोबाङलगायतका स्थानमाशिविर संचालन गरी मोतिविन्दुको बिरामी पहिचान गरिएको थियो ।
हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनिल थकालीको नेतृत्वमा गएको टोलीले दुवै स्थान गरी ७ सय ९८ विरामीहरुको निशुल्कआँखा जाँच र आवश्यकऔषधि वितरण र ५० जना विरामीहरुको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरेको हाे।

मकवानपुर /बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डे सहित ३ जना मन्त्रीहरुले विहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र पाण्डेले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै ३ जान मन्त्रीहरुलाई पनि सपथ गराएका हुन् । यस पटकको मन्त्री मण्डलमा मकवानपुरले अर्की नेतृले पनि मन्त्री बन्ने अवसर पाएकी छिन् ।
अष्टलक्ष्मी शाक्यले १० कात्तिकमा राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेलाई र पाण्डेले मन्त्रीहरु कुमारी मोक्तान, कृष्ण खनाल र कृष्ण भडेललाई सपथ खुवाएका हुन्। कांग्रेसका तर्फबाट भँडेल, माओवादीका तर्फबाट मोक्तान र एकीकृत समाजवादीका तर्फबाट खनाल मन्त्री हुने भएका हुन् ।

भडेललाई भौतिक पूर्वाधार मन्त्रालय, मोक्तान सामाजिक विकास मन्त्रालय र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसका भँडेल भक्तपुर १ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। त्यस्तै, माओवादीकी मोक्तान मकवानपुर २ ‘ख’ बाट र एकीकृत समाजवादीका खनाल चितवन २ ‘ख’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् ।
यसअघि खनाल शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए। उनले मन्त्रीबाट राजीनामा दिएर एकीकृत समाजवादी रोजेका थिए ।
एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट ५९ सांसदको हस्ताक्षर सहित पाण्डेले बुधबार नै दाबी पेश गरिसकेका थिए ।