मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ ।
गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा काँग्रेसका शिव प्रसाद खनाल १ हजार ९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।
त्यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएका छन । उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकाे वडा अध्यक्षमा गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सोमबहादुर स्याङतान विजयी भएका छन् ।
१ नम्बर वडाकाे मत गणना सम्पन्न पछीकाे मत परिणाम अनुसार कांग्रेसका वडाध्यक्ष उम्मेद्वार स्याङतानले ९ सय १० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ प्राप्त गरेकी छिन् । वडा नंबर १ मा १ हजार ६ सय ४१ मत खसेको थियो । ७२ मत बदर भएको बताइएकाे छ ।
मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।
मेयर
अनन्तप्रसाद पौडेल : ४३ (एमाले)
मिनाकुमारी लामा : ४१ (ए.समाजवादींगठवन्धन)
दिपकबहादुर सिंह : २४ (राप्रपा)
उपमेयर
सुमित्रा काफ्ले : ५२ (एमाले)
राजेश बानीयाँ : ५१ (कांग्रेसंगठवन्धन)
इन्दीरा न्यौपाने :०५ (राप्रपा)
मकवानपुर । मकवानपुरको सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाको अनुसार निर्वाचन आयोगले तोकेको अवधिमा मकवानपुरमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिृकत डिल्लिरत्न श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको बताउँदै जिल्लामा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको बताए ।
यसैगरि हेटौंडा उपमहानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।
हेटौंडा-२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भएपछी मतगणनाको काम सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले हेटौंडाका विभिन्न वडाहरुबाट मतपेटीका संकलनको काम भइरहेको छ ।
