मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा माओवादीले जित हासिल गरेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी एमालेका कमल विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
युवा नेता पुलामीले ४ हजार २८७ मत मतान्तरमा नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई पराजित गरेका हुन् । पुलामीले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४३३ मत प्राप्त गरेका थिए ।
पुलामी यसअघि पनि बागमती प्रदेश सभाका सदस्य हुन् । कुल ४६ हजार २३० मत खसेको मकवानपुर १ को १ मा १ हजार ६६३ मत बदर भएको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको बिकटमा पर्ने नामटार गाबिस (हाल भिमफेदी गाउँपालिका ९ ) मा जन्मेका महेश बर्तौला । आमा सानुमाया बर्ताैला र बुबा गोविन्द बर्तौलाका सन्तान महेश सानै देखि नरम स्वभावको ब्यक्ति हुन् । सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका महेशको पढाई गाउँकै स्कुलमा भएको थियो ।
वि.सं. २०५३ सालमा कालीका माध्यमिक विद्यालय नामटारबाट आफ्नो राजनीतीक यात्र सुरु गरेका बर्ताैलाले २०५४ र २०५५ सालमा अनेरास्ववियु ईलाका कमिटी तथा निर्वाचनको कमिटीको पदाधिकारीको जिम्मेवारी बहन गरेका थिए । वि.सं.२०५६ सालमा अनेरास्ववियु मकवानपुर जिल्ला कमीटीको सदस्य जिम्मेवारी पाएका उनी वि.सं.२०५८ सालमा मकवानुर जिल्ला कमीटीको सचिव हुदै वि.सं.२०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटीको सदस्य भएका थिए ।
विद्यार्थी राजनीतीसँगै युवा विद्यार्थी माझ लोकप्रियता भईसकेको उनको नामलाई अझ लोकप्रिय बनाईदियो वि.सं २०६० सालमा भएको स्ववियु निर्वाचनले । जति बेला उनी मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य बने । त्यसपछि उनले गरेका कामसँगै विद्यार्थीमाझ अझ लोकप्रिय बन्दै गए सोही लोकप्रियताको जगतमा उनी वि.सं २०६२ र २०६५ मा गरी दुई कार्यकाल मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा निर्वाचित बने ।
वि.सं.२०६५ सालमा विद्यार्थी युनियन काउन्सीलको केन्द्रिय संयोजकमा निर्वाचीत भई एक कार्यकाल काम गर्ने अवसर पाए । सो लगतै वि.सं२०६५ सालमा केन्द्रिय सदस्य निर्वाचीत भएका उनी दुई कार्यकाल केन्द्रिय सचिवालय सदस्य हुदै सचिव उपाध्यक्ष कार्यबहाक अध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका छन् ।
राजनीतीलाई सेवासँग जोडेर व्याख्या गर्ने बर्तौला २०७२ सालमा गएको भुकम्प प्रभावीत क्षेत्रका जनता समक्ष पुगे हातमा हथौडा बोकेर निर्माणकार्य जुटे, साथै केही राहतका सामान बोकेर पुगेका बर्तौला त्यो समयलाई अझ पनी सम्झदै त्यस्तै सेवा गर्नका लागी अव उम्मेद्वार बनेको र अब त्यो सेवाको मौका पाएको बताउँछन् ।
हाल बर्तौला नेकपा एमालेको बागमती प्रदेश कमीटी उपसचिव हुन् । तत्कालीन समयमा राजतन्त्र विरोधी आन्दोलनमा लाग्दा धेरै पटक गिरफ्तारीमा परेका उनले धेरै जनपक्षिय आन्दोलको नेतृत्व गरेका छन् ।हाल त्रिभुवन विश्व विद्यालयबाट विद्याबारीधी अध्ययनरत बर्तौला पहिलो पटक संसदीय अभ्यासमा आउने मौका पाएका हुन् ।
एमालेमा रहदा गुरूचेलाको रूपमा रहेका बिरोध खतिवडा र महेश बर्तौला नेकपा एमाले फुटेपछि फरक पार्टीका भए, र अहिले एकै कित्ताबाट चुनावी मैदानमा थिए । एमालेमा रहदा लगातार ४ पटक चुनाव जितेर ‘हार्न नजानेका नेता’ को पहिचान बनाएका खतिवडालाई अन्ततः उनैको चेलाले चुनावी मैदानमा पछारेका छन् ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ अन्तरगत प्रदेश सभा १ मा सत्ता गठबन्धन विजयी भएको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ कुमारी मोक्तानले नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई पराजित गरेकी हुन् ।
मोक्तानले ३२२ मतान्तरमा एमालेका उम्मेदवार ढकाललाई पराजित गराएकी हुन् । मोक्तानले १९ हजार ८७३ मत ल्याउँदा ढकालले १९ हजार ५५१ मत ल्याएका थिए । मोक्तान बागमती प्रदेशको पूर्व समाजिक विकास मन्त्री समेत हुन् । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर घलेले ३ हजार ७०० मत प्राप्त गरे । कुल ४६ हजार ५३ मत खसेको मकवानपुर २ को १ मा १ हजार ५९९ मत बदर भएको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ युवा नेता महेशकुमार बर्तौला विजयी भएका छन् ।
उनले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका उम्मेदवार बिरोध खतिवडालाई पराजित गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् ।
यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेकोमा ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उक्त मत पाएका हुन । मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ । आयोगले आधिकारिक बिजयि घोषणा गर्न बाकी छ ।
मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली काँग्रेसमा नेता आनन्दाराम पराजुलीलाई पराजित गरेका छन् । श्रेष्ठ १४ हजार २२५ मत सहित विजयी भएका हुन् । श्रेष्ठ नेकपा एमाले मकावानपुरका अध्यक्ष समेत हुन् ।
बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार रहेका युवा नेता एकालाले ८७१ मतान्तरमा पराजुलीलाई पराजित गरेका हुन् । पराजुलीले जम्मा १३ हजार ३५४ मत प्राप्त गरे । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरे । कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो ।
