लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुभारम्भको अवसरमा हेटौँडाको बुद्ध चोकमा दिप प्रज्वलन गरिदै । ‘सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा बिरुद्धको अभियान’ नाराका साथ यस वर्षको लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वयमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जालका सदस्य संस्थाहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । यस बर्षको नारा महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको निर्माण गरौँ भन्ने रहेको छ । तस्बिरहरू : सहीखबर




मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरिटारस्थित धरान–चतरा सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएकोमा एक जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हेटौडा-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने बर्ष २८ को आशिस ढकाल रहेका छन । उनको दिउसो १६:१२ बजे डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ढकाल र हेटौंडा १८ हर्नामाडीका २९ वर्षीय दीपु लामा घाइते भएका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार घाइते दुबै जनाको शरिर र टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको थियो । घाइते दुबै जनालाई हेटौंडा अस्पतालमा ल्याइएकोमा ढकालको उपचारको क्रममा मृत्यु भएको कार्कीले बताए ।
दुर्घटना पछि फरार बस चालक प्रहरीको सम्पर्कमा आएको र दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । विहीबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्थानीय भू–उपयोग परिषद्को असोज ३० गतेको बैठकबाट जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश भएको थियो । प्रतिवेदन स्वीकृतसंगै विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद्मा पठाइने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन कानूनबमोजिम स्थानीय पत्रपत्रिका र पालिकाको वेभसाइटमा समेत राखिने उनले बताए ।
नयाँ वर्गीकरण अनुसार अब उपमहानगरको वडाहरुको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकतासमेतको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रमा वर्गीकरण हुने प्रवक्ता न्यौपानेले बताए ।
भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धमा स्थानीय भू–उपयोग परिषद्को २०७९ असार ४ गते बसेको बैठकबाट हेटौंडा उपमहानगरपालिका सीमा क्षेत्रभित्रको भू–उपयोग क्षेत्र वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । निर्णय बमोजिम गत असार २० गतेको नगरप्रमुख स्तरको निर्णयबाट जग्गा बर्गीकरणको कार्यलाई सहजीकरण गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यदलले नगरका सबै वडाहरुको समन्वयमा भेला राखी प्रतिवेदन तयार पारी भदौ ८ गते नगरमा पेश गरेको थियो । प्रतिवेदनमाथि सम्बद्ध शाखा र महाशाखाले अध्ययन गरी थप परिमार्जन गरेको थियो ।
कार्यदलले पेश गरेको प्रतिवेदनमाथि सरोकारवाला नगरबासीहरुको राय प्रतिक्रिया वा पृष्ठपोषण लिनका लागि भदौ १७ गते १५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । यसैगरी, असोज २६ गते नापी कार्यालय मकवानपुर र मालपोत कार्यालय मकवानपुरलाई प्रतिवेदनमाथि राय प्रतिक्रियाको लागि पत्राचार गरिए थियो । दुबै कार्यालयबाट असोज २८ गते रायसुझावसहित प्रतिवेदन प्राप्त भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रतिवेदनमाथि छुटपुट राय प्रतिक्रिया वा समावेश गर्नुपर्ने विषय भए पेश गर्ने प्रयोजनको लागि तीन दिनको समयावधि तोकी पुनः वडा कार्यालयहरुलाई पत्राचार गरिएको उनले बताए । तीन दिनको सुझावपछि असोज ३० गते बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकबाट जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश गरेको थियो ।
मकवानपुर । मकवानपुर क्षेत्र २ प्रदेश सभा २ बाट निर्वाचित ईन्द्रबहादुर बानियाले जीत घाेषणा पछी विजय जुलुस निकालेनन् । मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य २ जना तथा प्रदेशसभा सदस्य ३ जनाले जीतकाे घाेषणा पछि विजयी जुलुस निकाले पनि नेपाली काँग्रेस प्रदेश सभापति बानियाले भने पत्रकार सम्मेलन आयाेजना गरे ।
विजय पश्चात विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भने न्यायमुखी, सेवामुखी र जनतामुखी भएर काम गर्नाले जीत हासिल भएकाे बताए । सत्ता गठबन्धनप्रति सम्मान व्यक्त गर्दै बानियाले आस्था र विश्वासगरी मतदान गरेका जनताप्रति आफू पाँच वर्ष सेवामै तल्लीन हुने बताए ।
बानियाँ निर्वाचित भएकाे क्षेत्र राक्सिराङ्ग कैलाश र मनहरी गाउँपालिका चेपाङ जातीकाे बसाेबास बाहुल्य क्षेत्र रहेकाे छ । उनले ती समूदाय प्रति लक्षित गर्दै भने ‘चेपाङ समुदाय भगवान हुन घरदैलोमा नपुग्दा पनि आफूलाई मतदान गर्नुभएकाेले विजयी भएको छु ।’ जब सम्म जनताको सेवा गरी जनताको काम गर्दै जनतामा खुसी ल्याउँछु जनताको काममा सफलतामा पुग्छु अनी मात्रै आफूले विजयी जुलुस निकाल्ने उनले बताए ।
कांग्रेसकै उम्मेदवार किन पारिजत भए भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता बानियाँले भने ‘जनताले व्यवस्था फेर्न सक्छन्, मन परिवर्तन गर्न सक्छन्, जनता मनको परिवर्तनको बहाक हुन् ।’ उनले गठबन्धन हुँदा पनि सिद्धान्त फरक हुने भएकाेले त्यसलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो कमजोरी रहेको समेत बताए ।
लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रिनु भएका प्रतिस्पर्धीलाई उनले धन्यवाद दिएका छन् । नेता बानियाँले आफू प्रदेशको सभापति भएको नाताले प्रदेशका केही स्थानहरुमा गठबन्धनका उम्मेदवारहरु पराजित हुनुमा हाम्रो गठबन्धनको कमजोरी रहेको समेत स्वीकार गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले प्रदेशभित्र ३५ सय पर्ने गरि स्वास्थ्य विमा कार्यक्रम, आर्थिक कमजोरीहरुको लागि १० हजार घर निर्माण, १२ सम्म गरिब, जेहेन्दार विद्यार्थीलाई निशुल्क पठाउने, प्रदेश राजधानी हेटौंडामा एयरपोर्ट बनाउने, जनताप्रति सेवाभावका साथ काम गर्ने लगायत प्रतिवद्धता समेत गरेका छन् ।
बाँनिया बाहेक काँग्रेसका कसैले पनि मकवानपुरमा जीत हासिल गर्न सकेका छैनन् । बामपन्थीहरुकाे गढ मानिएकाे मकवानपुरमा काँग्रेसकाे विउ राेपेका बानियाकाे याे तेस्राे जीत हाे । उनले २०७० सालकाे संविधान सभामा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेका थिए । २०७४ सालकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुर २ काे २ बाटै निर्वाचित उनी मुख्यमन्त्रीकाे दाबेदार समेत बनेका थिए । सत्तागठबन्धन कायम रहे र बागमती प्रदेश सभामा गठबन्धनकाे सरकार बन्ने निश्चित भए उनलाई मुख्यमन्त्रीकाे दाबेदारकाे रुपमा हेरिएकाे छ ।

निर्वाचन आयोग प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम छिटोभन्दा छिटो घोषणा गर्न आतुर छ । मतगणनास्थलमा उम्मेदवारहरू तथा देशभरिका मतदाता नतिजाको प्रतीक्षामा छन् । यो निर्वाचनमा प्रतिनिधिसभातर्फ विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी २ हजार ४ सय १२ तथा प्रदेशसभाका लागि ३ हजार २ सय २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
त्यस्तै प्रतिनिधिसभामा समानुपातिकका लागि २ हजार १ सय ९९ र प्रदेशसभातर्फ ३ हजार ७ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा प्रतिनिधिसभाका लागि २७५ र प्रदेशसभाका लागि ५५० सांसद चयन हुनेछन् ।
मतदान सम्पन्न भई मत बाकसहरू निर्वाचन अधिकृतको कार्यालयमा आउनेबित्तिकै गणना सुरु गरिन्छ । र, यो प्रक्रिया अत्यन्तै संवेदनशील र जटिल छ । सदर मतलाई दल वा उम्मेदवारको विजयी सिटमा रूपान्तरण गर्न गणितीय सूत्रलाई प्रयोग गरिन्छ, खास गरी समानुपातिक प्रणालीका लागि । निर्वाचन प्रणालीको प्रकार र प्रकृतिका आधारमा सूत्रहरूको निर्क्योल गरिन्छ । यहाँ देशलाई एउटै निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने अर्थात् समानुपातिक प्रणाली अन्तर्गतको मतलाई सिटमा रूपान्तरण गर्ने सूत्रहरूको चर्चा गरिएको छ ।
हेयर कोटा विधि
सन् १८५१ मा बेलायती विद्वान् थोमस हेयरले प्रतिपादन गरेको यो सिद्धान्त सर्वप्रथम डेनिस मन्त्री आन्ड्रेले सन् १८५५ मा प्रयोग गरेका थिए । कुनै निर्वाचन क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतलाई पूर्ति गरिनुपर्ने स्थान (सिट संख्या) ले भाग गरिन्छ । यसले शेष विधि बढीभन्दा बढी प्रयोग गर्छ ।
ड्रुप कोटा विधि
सन् १८६८ मा गणितज्ञ तथा कानुनविद् हेनरी आर ड्रुपले विकास गरेका हुन् । यो समानुपातिक प्रणालीमा प्रयोग गरिने फरक खालको कोटा विधि हो, जसले पनि अधिक शेष विधि नै प्रयोग गर्छ । कुल सदर मतलाई पूर्ति गर्नुपर्ने सिट संख्याले भाग गरी थप एकको हिसाबमा सिट निर्धारण गरिन्छ । यो सूत्र प्राथमिकीकरण भोटिङमा बढी प्रयोग हुन्छ— मत संख्या / (निर्वाचित हुने सिट + १) + १
इम्पेरियाली कोटा विधि
कुल सदर मतलाई निर्वाचन क्षेत्रमा पूर्ति गर्नुपर्ने स्थानले भाग गरी थप दुईको हिसाबमा परिभाषित समानुपातिक प्रणालीमा प्रयोग गरिने फरक कोटा विधि हो यो, जसले अधिक शेष विधि नै प्रयोग गर्छ— सदर मत संख्या / (निर्वाचित हुने सिट + २)
उच्च औसत विधि
उच्च औसत विधिले सूचीमा आधारित समानुपातिक प्रणालीमा मतलाई सिटमा रूपान्तरण गर्छ । एक निर्वाचन क्षेत्रमा कुल सदर मतको सबैभन्दा बढी मत ल्याउने दल वा समूहलाई एक स्थान छुट्ट्याई दलले जितेको सुरुको मत विभाजन गरेर घटाइन्छ । विभाजकहरूको प्रयोग गरी स्थान बाँडफाँट गर्ने सबैभन्दा सामान्य विभाजक डी हरेन्ट सेन्ट लगको सूत्र हो । यसमा दल वा समूहले पाएको सदर मतलाई १.४, २, ३, ४… गरेर क्रमशः भाग गरी स्थानमा बाँडफाँट गरिन्छ ।
यसै गरी सेन्ट लगको सूत्रमा दल वा समूहले पाएको मतलाई क्रमशः १.४, ३, ५, ७… ले भाग गरेर विभाजन गरी स्थानमा बाँडफाँट गरिन्छ । मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलले पाएको सदर मतलाई शृंखलाबद्ध रूपमा भाग गरिन्छ । यसरी निस्कने नतिजालाई भागफल भनिन्छ । सिट संख्याहरूलाई ठूलो भागफलबाट सानोमा नसकिँदासम्म बाँडफाँट गरिरहिन्छ ।
उदाहरणका लागि, तेह्र सिट पाँचवटा राजनीतिक दललाई भाग लगाउनुपरेमा तिनले पाएको मत परिणामका आधारमा तालिकामा देखाए बमोजिम बाँडफाँट गर्नुपर्नेछ । नेपालमा संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सेन्ट लग सूत्र प्रयोग गरिएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७४ को समानुपातिक निर्वाचनतर्फका विजयी सिटहरूको निर्धारण पनि यसै विधिबाट गरिएको देखिन्छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका–२०७९ मा व्यवस्था गरिएको मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलका लागि खसेको मतलाई शृङ्खलाबद्ध रूपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले पाएको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ; उदाहरणका लागि १, ३, ५, ७, ९ आदि । यसबाट प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल पाएपछि सिट सङ्ख्याहरू ठूलो भागफलबाट सानोमा नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसो गर्दा कुनै दलले जतिसुकै मत पाएको भए पनि, सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही पाउने सिट बाँडफाँट गरिन्छ । यसमा कानुन बमोजिमको कोटा कडाइका साथ लागू गरिन्छ ।
सिट बाँडफाँटको कानुनी व्यवस्था
सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना भएपछि निर्वाचन अधिकृतले सदर मत जोडी दलविशेषले पाएको कुल मत संख्या यकिन गर्नुपर्ने हुन्छ । र, निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रका आधारमा दलले पाउने सिट संख्या निर्धारण गरी आयोगसमक्ष पेस गर्नुपर्नेछ । यस्तो सिट संख्या निर्धारण गर्दा दलले पाएको सिट संख्याका आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ । र मतपरिणाम विभाजक सूत्रका आधारमा कोटा निर्धारण गरिनेछ । विज्ञहरूका अनुसार डिहरेन्ट सूत्रबाट ठूला दललाई र सेन्ट लग सूत्रबाट साना दललाई फाइदा पुग्छ । फिजीमा खुला सूची समानुपातिक प्रणालीमा सिट बाँडफाँट गर्न डिहरेन्ट सूत्र प्रयोग गरेको पाइन्छ, त्यहाँ राष्ट्रिय पार्टी हुन न्यूनतम ५ प्रतिशतको थ्रेसहोल्ड तोकिएको छ । नेपालमा भने यस्तो थ्रेसहोल्ड ३ प्रतिशत छ ।
प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा मत खेर जाने, जित्नेले सम्पूर्ण पाउने, मतदातामा नैराश्य आउनेजस्ता अवगुण हन्छन् भन्ने तर्क राख्दै पूर्ण समानुपातिकताको वकालत गर्नेको संख्या धेरै छ । राज्यले अपनाएको शासकीय स्वरूप तथा निर्वाचन प्रणाली अनुरूप निर्वाचनका सूत्र तथा मत गणना विधि प्रयोगमा ल्याइएको हुन्छ । इकान्तिपुरबाट
