‘मकवानपुर । नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले सामाजिक रूपान्तरणमा युवाहरूकाे महत्वपूर्ण भूमिका हुने बताएका छन ।
राष्ट्रिय युवा संघ, नेपाल हेटाैँडा १३ नं. वडाकाे भेलामा उनले भने युवा समुदाय सचेत समुदाय भएकाेले सामाजिक रूपान्तरणद्वारा विकास र समृद्वि हासिल गर्न सकिने भएकाेले युवाहरू उत्पादनसंग जाेडिदै राजनीति र सामाजिक अभियानमा संलग्न हुनु पर्ने बताए । नेकपा एमाले जिल्ला सचिवालय सदस्य ईन्द्रप्रसाद नेपालले पार्टी नेता र कार्यकर्ता एकताबद्व भए नेकपा एमालेले देश र जनताकाे हित हुने र हरेक परिवर्तनमा युवाकाे महत्वपूर्ण भूमिका रहेकाे बताए ।
भेलाले संयाेजक राजेन्द्र घिसिङ्ग, सचिव जग्गनाथ पाैडेल रहेकाे १७ सदस्यीय वडा सम्मेलन आयाेजक कमिटी गठन गरेकाे छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य सानू लामा, सुनिल लाेप्चन, १३ नं. वडा निर्वाचित अध्यक्ष पेम्बा लामा, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य दिलकुमारी घर्ती, प्रकाश लामा, जिल्ला युथ फाेर्स प्रमुख प्रकाश सुवेदी, जिल्ला सचिवालय सदस्य सविन लामा, पार्टी नगर सचिवालय सदस्य अभिजित श्रेष्ठ, नगर सदस्य केदार गाैतम, पार्टी वडा अध्यक्ष भीमबहादुर थिङ्गलगायत उपस्थिति रहेकाे थियो ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुर नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
संघले शनिबार गरेको शुभकामना कार्यक्रममा निर्माण क्षेत्रका समस्याहरुको बारेमा छलफल समेत भएको छ ।
कार्यक्रममा अहिले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधान गरिनु पर्नेमा जोड दिइएको छ ।
निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा निर्माण क्षेत्रमा देखिएको समस्या समाधान हुने समेत बताइएको थियो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समयमा काम सम्पन्न नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै निर्माण व्यवसायीका समस्यमा समाधानमा तीनै तहको सरकार सकारात्मक रहेको बताईन । सरकारबाट हेर्दा काम नभएको देखिन्छ, तीन पटक म्याद थप्दासमेत काम नभएको पाइन्छ भन्दै निर्माण क्षेत्रका समस्या समाधानमा पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरिन ।
बागमती प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री एकालाल श्रेष्ठले जिम्मेवारी लिएपछि काम समयमा पूरा गर्नुपर्ने भन्दै सबै व्यवसायमा अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताए । निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले कतिपय स्थानीय तहले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान नगर्ने गरेकाले निर्माण व्यवसायीले आफ्नो काम सहज रुपमा गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे ।
टेण्डर निकाल्दा बजेट सुनिश्चिततासँगै सबै तयारी गरेर आव्हान गर्नुपर्ने, बैंक व्याजदरको समस्या समाधान हुनुपर्नेलगायतका धारणा कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा, नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण कटुवाल, निर्माण व्यवसायी सङ्घ मकवानपुरका पूर्व अध्यक्ष आनन्दराम पराजुली, संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललगायतको उपस्थिति रहेको थियो ।
मिरा बोम्जन लामा
सम्झिदा ती पल-पलहरु रुन्छ नि मन
तिम्रा हरेक ती शब्दहरुले छुन्छ नि मन
दुख्छ नि धेरै यो मुटु,कहाँ छर पत्थरको,
सक्दिन समाल्न बिचलित हुन्छ नि मन।
हिजो जस्तै लाग्छ खु:सी छरेको दिन
जन्म घर छोडेर पराई घर सरेको दिन
जिन्दगीभर साथ हाम्रो छुट्ने छैन भन्दै,
खालि त्यो सिउदोमा सिंदुर भरेको दिन।
गासिएको सम्बन्धहरु कहिले टुटाउन नपरोस
बेदनाहरु बिर्सनलाई अन्तकतै रमाउन नपरोस
जस्तै दु:ख र पिडा भए पनि जिन्दगीभर मलाई,
सहज बनाउन अर्काको हात समाउन नपरोस।
सुखदुःखमा दिएको हात छोड्नु भन्दा
हिडिरहेको बाटो अन्तैतिर मोड्नु भन्दा
आफ्नो गल्ती सुधार्ने कोसिस गर्नु मित्र,
बर्सौ देखि जोडेको नाता तोड्नु भन्दा।
उदयपुर, गाईघाट
हाल: साइप्रस
अवैध भन्सार छलेर ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा बरामद
Tags: No Comments
मकवानपुर । अवैध भन्सार छली ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज हेटौडा उप महानगरपालिका वडा नं १५ रातोमाटे र वडा नं १० बसपार्कको सडकमा सवारी जाँच्ने क्रममा उक्त कपडा बरामद गरिएको हो ।
पर्सा जिल्लाको गौरबाट काठमाडौ लैजादै गरिएको तर्फ जादै गरेको ना ५ ख १७३८ र सर्लाही मलंगवाबाट काठमाडौ तर्फ जादै गरेको ना ६ ख १२३३ नं को यात्रुबाहक बसबाट कपडा बरामद गरिएको हो ।
कपडाको अनुमानित मुल्य ५ लाख ७५ हजार ४०० रहेको प्रहरीले जनाएको छ । भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी ल्याएको बिभिन्न किसिमको कपडा र पाउडर दुधको प्याकेटहरु फेला परेको हुदाँ आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशमा सुरक्षाको मुख्य चुनौतीको रूपमा सवारी दुर्घटना रहेको पाईएको छ ।
प्रदेश सुरक्षा समितिको बैठकमा सवारी दुर्घटनापछि आत्महत्याको चुनौती बढी रहेको बताईएको हो ।
प्रदेशको सुरक्षा चुनौतीको रूपमा सवारी दुर्घटना, आत्महत्या, विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू प्रदेशको सुरक्षा चुनौती रहेको र त्यसलाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्न वाधक बनिरहेका कतिपय पञ्चायतकालीन ऐन, कानून समयानुकूल संशोधन गर्ने र आवश्यकता अनुसार नयाँ ऐनकानुन निर्माण गर्दै जानेमा प्रदेश सरकार लागिरहेको उनले बताए ।
प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा
आज हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समितिको बैठकमा यस्तो सवाल उठाईएको हो ।
यस अघि १३ वटा जिल्लाको सुरक्षा समितिको समन्वयात्मक बैठक भएको थियो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकाहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने त्यस्तै साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामाग्रीको स्वनियमन, नियमन गर्ने कानुन बनाउने, महिला हिंसा र आत्महत्या हुनबाट जोगाउन समुदायलाई सचेत गराउन सचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेश सुरक्षा समितिको बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट सुरेन्द्र कार्की, नेपाली सेनाका मध्यपृतनापति होमनाथ दवाडी, नेपाल प्रहरी बागमती प्रदेश प्रमुख प्रहरी नायव महानीरिक्षक किरण राणा, बागमती प्रदेश सशस्त्र प्रहरी बल प्रमुख प्रहरी नायव महानीरिक्षक लक्ष्मण बहादुर सिंह, राष्ट्रिय अनुसन्धान बिभाग प्रदेश प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी गराएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैंडा, बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौलाले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको समेत उपस्थिति थियो ।
