मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ‘हेटौंडा फन पार्क’ सञ्चालनमा आएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा २ संगमचोक नजिकै आश्री इन्टरनेस्नल प्रालिले फन पार्क सञ्चालनमा ल्याएकाे हो ।
विहीबार पत्रकार सम्मेलन गर्दै पन पार्ककाे जानकारी दिएकाे हाे । पार्क सञ्चालक रमेश सापकोटाले बेबी फन पार्क,स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालन ल्याइएको बताए । सापकाेटासहित युवराज भण्डारी र जागृत चौरेलको संयुक्त लगानीमा पार्क सञ्चालनमा आएकाे हाे ।
साँढे तीन कठ्ठा जग्गामा २ करोड ७० लाख लगानीमा पार्क सञ्चालनमा ल्याइएको सापकाेटाले बताए । ‘पार्कमा अहिले १२ जनाले रोजगार पाएका छन्’ संचालक चौरेलले भने ‘अन्य केही संरचना निर्माण सकिएपछि २० जनालाई रोजगारी दिने लक्ष्य रहेकाे छ ।’
मकवानपुर । वर्षे धान रोपाइको मौसम सकिदा पनि यस वर्षको रोपाई सकिएको छैन । राम्रो वर्षा नभएको कारण पानीको मुल राम्ररी नफुटेपछि बागमती प्रदेशमा झण्डै ७ हजार ९५० हेक्टर जमिनमा धान रोपाई बाँकी रहेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छ विकास मन्त्रालयका अनुसार यहाँको कुल १ लाख १३ हजार ५२३ जमिनमा वर्षे धान हुने गरेकोमा ७ प्रतिशत भूभागमा रोपाई बाँकी रहेको छ । बागमती प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइ सकिएको मन्त्रालयका कृषि अर्थ विज्ञ अनुप अधिकारीले बताए ।
सिंचाइ सुविधा भएका जमिनमा थोरै वर्षा हुँदा पनि नदिको पानी खेतसम्म पु-याउन सहज भएपछि रोपाई सकिएको छ । यि क्षेत्रमा रोपो गोडेर समेत सकिएको छ, तर जहाँ सिचाइ सुविधा छैन र वर्षाको भर पर्नुपर्छ ति क्षेत्रहरुमा रोपाइ बाँकी रहेको अधिकारीले बताए ।
तथ्याङ्क अनुसार प्रदेशको रामेछाप जिल्लामा सबैभन्दा कम रोपाइ भएको छ। यहाँ हालसम्म ७५ प्रतिशतमात्रै रोपाई सकिएको छ । यसैगरी सिन्धुपाल्चोकमा ८९, काभ्रेपलाञ्चोक र मकवानपुरमा ९० प्रतिशत रोपाई सकिएको छ । सिन्धुली र चितवन जिल्लामा ९५ र धादिङ जिल्लामा ९६ प्रतिशत रोपाई भएको छ ।
नुवाकोट र रसुवामा ९९ प्रतिशत रोपाई सकिदा प्रदेशको उपत्यकाको ३ जिल्लामा भने सतप्रतिशत रोपाई सकिएको छ ।
बागमती प्रदेशमा हालसम्म कुल १ लाख ५ हजार ९६४ हेक्टर जग्गामा रोपाइ सकिएको अधिकारीले बताए ।
“कतिपय जमिनमा अझै सिचाइ सुविधा पु-याउन सकिएको छैन, प्रदशे सरकार यसको लागि लागिपरेको छ” अधिकारीले भने ।
रोपाइ सकिएको धानबालीमा रासायनिक मल दिने बेला भएकोले मलको माग पनि बढेको छ, तर मल बजार सहज उपलब्ध नहुँदा किसान आजित छन् । रोप्ने बेलामा बल्लबल्ल पाएको मल अब दोहोरो गोड्दाको बेलासम्म अर्को पटक दिनुपर्छ, मल पाउनै समस्या छ” मकवानपुर हेटौंडाकी रमा चौलागाईले भनिन् ।
बागमती प्रदेशमा ९३ हजार ८३ मेट्रिकटन युरिया मलको माग छ । यसैगरी डिएपी मल ३८ हजार ७८५ मेट्रिक टन र पोटास मलको माग २३ हजार २७१ मेट्रिकटन रहेको मन्त्रालयले जनाएको छ । रासायनिक मल प्रयोगलाई कमी गर्दै प्राङगारीक मल प्रयोग बढाउन मन्त्रालयले पहल जारी रहेको बताएको छ ।
बागमती प्रदेशको १३ जिल्लाहरु मध्ये चितवन जिल्लामा सबैभन्दबढी २४ हजार २४७ हेक्टर जमिनमा धान खेती हुन्छ । यसैगरी नुवाकोट, सिन्धुली, धादिङ जिल्लाहरुमा ११ हजार ५ सय हेक्टरको हाराहारीमा धान खेती हुन्छ । प्रदेशमा ५ लाख १३ हजार ७१८ हेक्टर खेतीयोग्य जमिन मध्ये १ लाख ५९ हजार ७८२ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । यद्यपि ३ लाख ८८ हजार ९८५ हेक्टर जग्गामा विभिन्न प्रकारको खेती भइरहेको प्रदेशको कृषि मन्त्रालयका सूचना अधिकारी कृषि अर्थ विज्ञ अधिकारीले बताए ।
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा विहीबार विहानै भएको बस दुर्घटनाका मृतकहरुको ठेगाना खुलेको छ ।
राति तीर्थयात्री बोकेको बस मकवानपुर र बाराको सिमानामा दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा परेर ६ भारतीय नागरिक र एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरीको लोहारपटी नगरपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय बिजय लाल पण्डित रहेका छन् ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा घाइते भएकोहरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको हेटौंडा अस्पतालमा, एक जना चुरेहिल अस्पताल हेटौंडामा, एक जनाको सन्चो अस्पताल हेटौंडा र एक जनाको चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरीका अनुसार, घाइतेमध्ये चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका एक जनाको अवस्था गम्भीर रहेको र हेटौंडा अस्पतालमा उपचारत दुई जनाको डिस्चार्ज भएको छ ।
घाइतेहरुको मकवानपुर हेटौंडा स्थित चुरेहिल, सहकारी र सञ्चाे हस्पिटलमा उपचार भइरहेकाे छ ।
चुरेहिलमा उपचाररत
१, भारतको राजस्थान बस्ने अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी ९खुट्टा र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम
मकवानपुर हेटौंडा स्थित सरकारी अस्पतालमा उपचाररतः
१ धनुषाको मौवा गाउँपालिका वडा नम्वर १८ जनकपुर बस्ने अन्दाजी ४१ वर्षीय घुरन मण्डल बाया घुडा, कम्मरमा चोट, अवस्था मध्यम० डिस्चार्ज
२ महोत्तरीको लोहारपति नगरपालिका वडा नम्वर ५ बस्ने अन्दाजी २६ वर्षीय जसबेन्दर पासवान ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम डिस्चार्ज
३ भारतको राजस्थान बस्ने अन्दाजी ५३ वर्षीयन माया देबी दाहिने कुममा चोट, अवस्था मध्यम
४ सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय अनिल कुमार टाउकोमा चोट, अवस्था मध्यम
५ सोही स्थान बस्ने अन्दाजी ५० वर्षीया तारा वती चतुरबेदी निधार कम्मरमा चोट, अवस्था मध्यम
६ सोही स्थान बस्ने अन्दाजी ९ वर्षीया क्रितिका चतुरबेदी अवस्था सामान्य
७ सोही स्थान बस्ने ४८ वर्षीय श्याम लाल माली बाया खुट्टा छातिमा चोट, अवस्था मध्यम
८ सोही स्थान बस्ने ४७ वर्षीय हरवारी माली टाउकोमा ढाडमा चोट, अवस्था मध्यम
९ सोही स्थान बस्ने ७० वर्षीया चौथी देबी दाहिने खुट्टारछातिमा चोट, अवस्था मध्यम
१० सोही स्थान बस्ने ७२ को सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा बाया कुममा चोट, अवस्था मध्यम
११ भारतको राजस्थान बस्ने ६३ वर्षीय धरम सिंह निधार छाति बाया खुट्टा फ्याक्चर, अवस्था मध्यम
१२ सोही स्थान बस्ने ६० वर्षीया ईन्दु धाकद निधार छातिमा चोट, अवस्था मध्यम
१३ सोही स्थान बस्ने १६ वर्षीया गर्बिदा चतुरबेदी ढाड छातिमा चोट, अवस्था मध्यम
१४ सोही स्थान बस्ने ५४ वर्षीय राम कुमार चतुरबेदी बाया घुडा छातिमा चोट, अवस्था मध्यम
हेटौंडाको सन्चो अस्पतालमा उपचाररत
१ महोत्तरीको जलेश्वर नगरपालिका बस्ने ३८ वर्षीय बिहारी मुखीया मुखमा चोट बाया खुट्टा भाचिएको, अवस्था मध्यम
चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत
१ भारतको राजस्थान बस्ने ७३ वर्षीय रामप्रसाद पिं छाति पेटमा चोट, अवस्था गम्भीर ।
दुर्घटनापछि बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ८ जनाकाे मृत्यु भएकाे छ भने १७ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये २ जनाकाे नाम थर खुल्न नसकेकाे प्रहरीले बताएकाे छ ।
काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई बुधबार धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
एक जना बेपत्ता भएको आशंकामा खोजीकार्य जारी छ । घाइते मध्ये १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको १ जनाको राजमार्ग अस्पताल मलेखु र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । प्रदेश प्रहरीका कार्यालय बागमतीका अनुसार अनुसार विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको वा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएकाे जानकारी दिएकाे छ ।
मृतक तथा घाइतेकाे विवरण
मृत्यु हुनेको संख्याः ८ जना ( २ जना महिला ६ जना पुरुष) ६ जनाको नामथर
खुलेको २ जनाको खुल्न बाँकी
१. जिल्ला म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु
भएको ।
२. जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु
भएको ।
३. जिल्ला धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २० को शुसिल रम्तेल मृत्यु भएको
।
४. जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं. २४/२५ को सुमन थापा मृत्यु भएको
।
५. जिल्ला पर्वत जलजला गा.पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा मृत्यु
भएको
६. जिल्ला पर्वत मोदी गा.पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्री मृत्यु भएको
७. नाम थर नखुलेकाे
८. नाम थर नखुलेकाे
काठमाडाै रिफर गरिएका घाईतेहरुकाे विवरणः
काठमाण्डौं ट्रमा सेन्टर रिफर
१) जि.म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा
चोट- अबस्था गम्भिर ।
२) देश बंगलादेश बस्ने बर्ष अं.३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट
अबस्था गम्भिर ।
३) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट
४) जिल्ला म्याग्दी बेनि नगर पालिका ३ बस्ने २९ वर्षिय गौतम छन्त्याल, टाउको र हातमा
चोट अबस्था गम्भिर ।
५) जिल्ला बाग्लुङका १९ वर्षीय शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।
६) बस चालक जिल्ला म्याग्दी बेनी नगर पालिका ६ का ३० वर्षिय दिपक थापा टाउकोमा
चोट-मध्यम ।
८) जिल्ला म्याग्दी बेनी नगर पालिका ३ का २४ वर्षिय पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था
मध्यम ।
९) जिल्ला पर्वत मोदी गाँउपालिका १ का ४१ वर्षिय गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट-
मध्यम
१०) जिल्ला काठमाडौ कृतिपुर नगर पालिका ९ का ५२ वर्षीय खड्क कुमार श्रेष्ठ दाहिने
खुट्टामा चोट-सामान्य काठमाडौ रिफर BNB ।
१०) जिल्ला म्याग्दी रघुगंगा ६ का २३ वर्षिय रिना रानामगर टाउको र ढाडमा
चोट अबस्था मध्यम, काठमाडौ रिफर मेडिसिटी
बयोधा अस्पताल बल्खु काठमाण्डौं:
११) जिल्ला म्याग्दी अन्नपूर्ण गाँउपालिका १ का १९ वर्षीय कुशल अधिकारी शारिरको
भित्री भागमा चोट-मध्यम-icu
१२) जिल्ला पर्वत फलेवास नगरपालिकाका ६३ वर्षिय हरिकला गौडेल घाँटीमा चोट
अबस्था मध्यम- icu
१३) जिल्ला म्याग्दी अन्पुर्ण गाँउपालिका ३ का २२ वर्षिय अञ्जु राना मगर, टाउकोमा
चोट अबस्था गम्भिर-icu
१४) जिल्ला म्याग्दी गरुङ्गंगा गाँउपालिका ७ का २९ वर्षिय प्रविन पुन टाउकोमा चोट
मकवानपुर । कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोभ भएको छ । यो ठेकी बन्ने काठ चाही के को हो भनेर सोध्यो भने यो दार हो भन्ने हामी मध्ये धेरैलाई थाहा छैन । मकवानपुर जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ ।
यसै तथ्यलाई मध्यनजर गरेर डिभिजन वन कार्यालय मकवानपुरले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । अभियान अन्तरगत मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा दारको संरक्षणको लागि वृक्षारोपण गरिएको हो ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै दार प्रजातीको विरुवाको संरक्षण गर्न सबैसँग आग्रह गरे । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको दाहालले बताए । ‘दार, विजय साल, सादन लगायतका प्रजातीहरु लोप हुदै गएको र यसको संरक्षण गरि भावी पुस्तालाई उपहार दिनु पर्छ’ सचिव दाहालले भने ‘लोप हुन लागेका प्रजातीको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधी, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गर्दछु ।’ लोपोन्मुख प्रजातीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नु पर्ने उनले बताए ।
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताए । बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले दारको संरक्षणमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा डिभिजवन वन कार्यालय राप्ती, मनहरी प्रमुख विष्णुप्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै दारको संरक्षण गरी लोप भएको दारको ठेकीको पहिचान बचाउन सबैलाई आग्रह गरे ।
१ हजार दारको विरुवा रोपण गरिएको कार्यक्रममा बकैया गाउँपालिका–१२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुरगढीका प्रमुख डटेन्द्र गोले, शिवम सिमेन्टका अच्युत अधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो । दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रम गरिएको हो ।
दार के हाे ?
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने छ ।
उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।
यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।
