मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ‘हेटौंडा फन पार्क’ सञ्चालनमा आएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा २ संगमचोक नजिकै आश्री इन्टरनेस्नल प्रालिले फन पार्क सञ्चालनमा ल्याएकाे हो ।
विहीबार पत्रकार सम्मेलन गर्दै पन पार्ककाे जानकारी दिएकाे हाे । पार्क सञ्चालक रमेश सापकोटाले बेबी फन पार्क,स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालन ल्याइएको बताए । सापकाेटासहित युवराज भण्डारी र जागृत चौरेलको संयुक्त लगानीमा पार्क सञ्चालनमा आएकाे हाे ।
साँढे तीन कठ्ठा जग्गामा २ करोड ७० लाख लगानीमा पार्क सञ्चालनमा ल्याइएको सापकाेटाले बताए । ‘पार्कमा अहिले १२ जनाले रोजगार पाएका छन्’ संचालक चौरेलले भने ‘अन्य केही संरचना निर्माण सकिएपछि २० जनालाई रोजगारी दिने लक्ष्य रहेकाे छ ।’

