मकवानपुर । बागमती प्रदेश सरकारले आवधिक योजना स्वीकृत गरेकाे छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको दोस्रो आवधिक योजना ०८१/०८२ देखि ०८५/०८६ स्वीकृत गर्ने निर्णय गरेको हाे ।
बैठकले स्वास्थ्य तर्फ प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने निर्णय गरेकाे छ । यस्तै मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने तथा आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११, थानाभर्याङमा नवनिर्मित विद्युत प्रशारण लाइन सवस्टेशनको उद्घाटन गरेका छन् ।
नेपाल प्राधिकरणकाे ४००/२२०/१३२/११ केभी सवस्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन ठुलाे हबकाे रुपमा रहकाे बताए । नेपालकाे प्राविधिक क्षमता विकास हुँदै गएकाेले हामीले नकारात्मक साेचलाई परिवर्तन गर्न जरुरी रहेकाे उनले बताए ।
‘नेपालका तीन ठुला सबस्टेसन प्रणालीहरु मेरुदण्ड र व्याक बाेण्डकाे रुपमा रहेका छन्’ प्रधानमन्त्रीले भने ‘देशकाे विकासका लागि उत्पादित विधुत वितरण संजाल अभियानकाे रुपमा अघि बढिरहेकाे छ ।’ हाल करिव ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रणालीकाे विद्युत पुग्नु महत्वपूर्ण उपलव्धी भएकाे उनले बताए । एक बर्ष भित्र भरपर्दाे सुरक्षित विद्युत सेवा प्रसारणका लागि कार्य गरिने बताउँदै प्रधानमन्त्रीले प्रचन्डले भने ‘४० मेगावाट विद्युत वंगलादेशमा निर्यात गरिनुका साथेै नेपाल भारत र बंलादेश बिच विद्युत व्यापारमा त्रिपक्षिय सम्झाैतामा हस्ताक्षर हुनेछ ।’
आवश्यक पूर्वाधारकाे अभावमा विद्यतकाे पूर्ण खपत हुन नसकेकाेले खपतकाे क्षमता बढाउनु जरुरी रहेकाे उनले बताए । नेपालमा जलविद्युत विस्तारका लागि थप प्रक्रिया अघि बढेकाे छ तर सबस्टेसन निर्माण कार्यमा स्थानीयले बाधक पैदा गर्ने गरेकाे उनकाे भनाई थियाे । ‘आम नागरिक विद्युत विस्तारमा बाधक नभै साधक बनिदिनु पर्छ’ उनले भने । एक अर्काे प्रसंङ्गमा हेटौंडाकाे बटाे विस्तारका सम्बन्धमा चुनाैति रहेकाेले सरकारले समेत ध्यान दिइरहेकाे उनले बताए ।
देशकै तेस्रो ठूलो उक्त सवस्टेशनको उद्घाटनपछि पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार आउने भएकाे छ । सवस्टेशनले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।
हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माण कार्य पूरा भइसकेको छ । हेटौंडा सवस्टेसनबाट इनरुवा सवस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरुमा ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै हेटौंडा–ढल्केबर खण्डको १३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन रहेको उनले बताए । हेटौंडा–ढल्केबर खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १७ मा निर्माणको काम केही बाँकी रहेको छ ।
नेपाल बिधुत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सभाध्यक्षता तथा प्रधानमन्त्री प्रचण्डकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री तथा नेपाल बिधुत प्राधिकरणका सन्चालक समिती अध्यक्ष शक्ति बहादुर बस्नेत, बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमकट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्ग नारायण श्रेष्ठ, मकवानपुरका संघीय सांसद दिपक कुमार सिंह, महेश बर्तौलालगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । प्रतिनिधि सभा सांसद महेश कुमार बर्तौलाले हेटौडा सिमेन्ट उद्योग संचालनमा राजनीति गर्न नहुने बताएका छन् ।
बिहीबार उद्योगको निरीक्षण गर्दै बर्तौलाले जिल्लाका सबै राजनीतिक दलका नेतृत्वले उद्योग सञ्चालनका लागि एक भएर प्रयास गर्नुपर्ने बताए ।‘राजनीतिक दलहरु हेटौंडा सिमेन्ट उद्योग संचालनको मुद्दामा एकतावद्ध हुनु पर्छ’ बर्तौलाले भने । ‘उद्योग संचालन र उत्पादनमा राजनीति गर्न हुन्न’ उनले भने ‘उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी छ ।’
‘सिमेन्ट उद्योग नियमित सञ्चालन तथा उत्पादन पुरानो मेसिनबाट सम्भव हुदैन’ नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने ‘पुरानो मेसिन हटाएर नयाँ मेसिन जडान गरेपछी मात्र उद्योग सञ्चालन गर्न सकिन्छ ।’ उनले उद्योगकाे लागि नयाँ मेसिन खरिद गर्ने फाइल उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको जानकारी दिए ।
उद्योग दीर्घकालीन रुपमा संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उनकाे भनाई थियाे । उद्योग संचालनको मोडल तयार भइरहेको बताउँदै उनले भने ‘उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानी सहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको छ ।’ अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ मागसहित दीर्घकालीन सोंचसहित योजना बनाइएको उनले बताए ।
बर्तौलाले उद्योग संचालनका लागि राज्यले अभिभावकत्व लिएर काम गर्नुपर्ने बताए । ‘तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्छ’ उनले भने । उपलब्धी हुनेगरी उद्योगको विकास र संरक्षणमा काम गर्नुपर्छ’ उनले भने ’उद्योग संचालनका लागि पहल गर्छु ।’ उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उनले बताए ।
उद्योग नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीकाे निमन्त्रणामा उद्योग निरीक्षण गर्न बर्तौला उद्योग परिसर पुगेका हुन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११ सिमलटारमा खेल मैदान निर्माण भएकाे छ । सिमलटारमा निर्माण भएको खेलमैदानको बुधबार उद्घाटन गरिएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले नब निर्मित खेल मैदानको उद्घाटन गरेका हुन् । १० नम्बर वडा र ११ नम्बर वडाकाे १०/१० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
सिमलटारमा खेलमैदानको काम सम्पन्न पनि बस्ति बाक्लो भएका कारण बाल उद्यानको काम हुन नसकेको मेयर लामाले बताइन् । बाल उद्यानकाे कामलाई छिट्टै अघि बढाइने उनले जानकारी दिइन् । । उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले काम गर्ने बताए । उउनले खेलकुदको विकासका लागि उपमहानगर लागि रहेको बताए ।
उद्घाटन कार्यक्रममा खेलमैदान निर्माणमा भूमिका निर्वाह गर्ने र स्थानीय महिला बाजा समुहलाई सम्मान गरिएको थियो । सिमलटारक्षेत्रमा करिब १७ सय घरघुरी बसोबास गर्छन् ।
मकवानपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय महाधिवेशन प्रतिनिधि राजेन्द्र सिम्खडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट चयन गरिनु पर्ने बताएका छन् । पार्टीकाे आठाैँ स्थापना दिवसकाे अवसरमा जिल्ला कमिटिले हेटौडामा बुधबार गरेकाे पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सिम्खडाले उक्त कुरा बताएका हुन् ।
उनले नयाँ विचार, नयाँ दृष्टिकोणकाे मुद्दा स्थापित गर्न याे धारमा लागेकाे बताउँदै जबसम्म राजनीतिमा खाने दाँत र देखाउने दाँतमा फरक हुन्छ लाेकतान्त्रिक धारबाट अघि बढ्न नसकिने भनाई व्यक्त गरे । पार्टी जिल्ला संयाेजक तेजराज उप्रेती रमेशले जिल्लामा ५१ सदस्यीय महाधिवेशन आयाेजक कमिटि गठन गरिएकाे जानकारी दिए ।
उप्रेतीकाे संयाेजकत्वमा समिति गठन गरिएकाे हाे । पार्टीले आगामी माघ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने भएकाे छ । जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गरिसक्ने तयारी गरेकाे उप्रतीले जानकारी दिए । पार्टी जिल्ला ईन्चार्ज ईजहार आलमकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
यसैबीच नेसपा (नयाँ शक्ति) ले आठौं स्थापना दिवसको अवसरमा बुधबार बिहान रक्तदान कार्यक्रम गरेकाे छ । पार्टी मकवानपुर जिल्ला कमिटीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।