मकवानपुर । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १५ र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित मकवानपुर र बाराकाे सिमाना पुर्व पश्चिम सडक खण्डमा सेना बोकेको ट्रक दुर्घटना भएको छ।
२ नम्बर राजदल गण तनहुँबाट धनुषा तर्फ जाँदै गरेको सेनाको ट्रक दुर्घटना भएको हो। दुर्घटनामा परि ३ जना गम्भीर र १३ जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा २२ जना सेना सवार थिए ।
उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जादै गरेको ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नं.को ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेको थियो ।
घाइतेहरुलाई नेपाली सेनाकै सहयोगमा उद्दार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
मकवानपुर । अन्तरिम मन्त्रिपरिषदमा नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।
पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता भनिएका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने मौका पाएका हुन् ।
जेनजी आन्दोलन पछिको बदलिँदो राजनीतिक परिवेशमा अन्तरिम सरकारकाे प्रधानमन्त्री नियुक्ति भएकी सुशीला कार्कीले सोमबार बेलुका खनाल, घिसिङ र अर्याललाई मन्त्री नियुक्ति गरेकी थिइन् ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनु भएको छ । आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो ।
“उनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो” उहाँले सन्देशमा भन्नुभएको छ । यस वर्षको “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ आज आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाहरूको चौतर्फी विकास हुने उनीहरू जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य पनि हो । बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उहाँले उल्लेख गर्नु भएको छ ।
“विशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरूको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौं” उहाँले भन्नुभएको छ ।
जेनजी आन्दोलनपछी बन्ने अन्तरिम सरकारमा पुर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि बन्ने मन्त्री मण्डलमा यी व्यक्तिहरू आउने भएका छन् ।
सुशीला कार्की – प्रधानमन्त्री
ओम प्रकाश अर्याल – मन्त्री कानुन
सुदन गुरुङ – सूचना तथा संचार
कुलमान घिसिङ :- जलस्रोत उर्जा
चर्चामा हर्क साङ्पाङको समेत नाम चर्चामा रहेको छ, तर उनको भने टिङ्गो लागेको छैन।
सकेसम्म ३-५ सदस्यीय मन्त्री मण्डल गठन गर्ने तयारी भएको शित्तल निवास स्रोतले जनाएको छ।
यसमा मन्त्रालयको सबालमा केही हेरफेर समेत हुन सक्ने ,प्रधानमन्त्री बाहेक अरुलाई बिना बिभागीय मन्त्री बनाउन पनि सक्ने संभावना रहेको छ ।
मकवानपुर । मकवानपुर प्रहरीद्वारा जेन–जी आन्दोलनको समयमा चोरी र लुटपाट गर्नेहरुको फोटो र भिडियो पठाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राष्ट्रव्यापी आन्दोलनका क्रममा हेटौंडा तथा जिल्लाका अन्य स्थानहरूमा भएका चोरी, लुटपाट तथा डकैती गरिएका सामान फिर्ता गराउन सर्वसाधारणसँग सहयोगकाे आग्रह गरेकाे हाे । यसैगरी उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान भए प्रहरीलाई सम्पर्क गर्न समेत भनिएकाे छ ।
मकवानपुर प्रहरीका अनुसार जेन-जी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, स्टेशन तथा विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, व्यापारीक भवन, भाटभटेनी र व्यक्तिगत घर तथा पसलबाट विभिन्न नगद तथा जिन्सी वस्तु, प्रहरी पोशाक, सवारी साधन तथा अन्य सरकारी र निजी सम्पत्ति हराएको वा चोरी गरी लगिएकाे सूचना प्राप्त भएकोले तत्काल फिर्ता गर्नका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
चोरी गरिएका सामग्री जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहतका कार्यालय वा सम्वन्धित सरकार कार्यालय वा व्यक्तिलाई तुरुन्त फिर्ता गर्न प्रहरीकाे अनुरोध गरेकाे छ । प्रहरीका अनुसार फिर्ता नगर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने छ । साथै, चोरी तथा लुटपाटको प्रमाण फोटो र भिडियोको लिङ्क राख्ने जो कोहीले ती प्रमाणहरू dpomakwanpurcdr@gmail.com मा पठाउन अनुरोध गरिएको छ ।
प्रहरीले फोटो र भिडियो पठाउने व्यक्तिहरूको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण गोप्य राखिने र ती सूचनाहरू मात्र अनुसन्धानमा उपयोग गरिने जानकारी दिएको छ। प्रहरीकाे सूचनामा शान्ति, सुरक्षा र अन्याय विरुद्धको कानुनी प्रक्रियालाई अघि बढाउन जनताको सहयोग अनिवार्य रहेको भनिएको छ।