मकवानपुर । नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराई मकवानपुरको मनहरीमा आउने भएका छन । बिहीबार नेकपा एमाले मनहरी गाउँ कमिटीको सपथ ग्रहणको लागि भट्टराई बुधबार नै मनहरीमा आउने कार्यक्रम तय भएको हो ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक्साभेटरमा आगजनी तथा ताेडफाेड गरिएकाे छ । मकवानपुरकाे पश्चिम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकामा एउटा एक्साभेटरमा आगजनी गरिएकाे तथा दुइवटा एक्साभेटरमा तोडफोड गरिएको हाे ।
हेटौंडा १५ मा रहेकाे ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा रहेको राक्सिराङ गाउँपालिका वडा ४ गिंगुमा १ वटा एक्साभेटरमा आगजनी भएको तथा २ वटा एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। म
ोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ। त्यसैगरी पार्किङ गरेको बा २ क ५८९ र बा ३ क ६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको मकवानपुर प्रहरीले जनाएको छ । आगजनी र तोडफोड कस्ले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती’ भएकाे बताएका छन् । कार्तिक २९ गते साेमबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले प्रदेशमा नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप लगाएका छन् ।
‘सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौं रुपैयाँ बचाउँने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहित र आक्रान्त बनाएको’ पाैडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘पेट्रोलीयम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुने गरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्धा मजाक पनि हो । यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको यस्ता राष्ट्रविरोधी निर्णयको तिव्र र सशक्त विरोध जनाउन म आमनागरिकसँग हार्दिक अपिल गर्दछु ।
‘यो केवल राजनीतिक बेइमानी मात्र हैन राष्ट्रप्रतिको गद्धारी पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरु बनाउनुपर्ने सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेका विदेशी ब्यापारीहरुको दास बनेर देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत यस्ता राष्ट्रघाती निर्णय सच्याउन र दीर्घकालीन रुपमा देशलाई फाइदा हुने यस्ता कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु’ पाैडेलले जारी गरेकाे उल्लेख छ ।

मकवानपुर । स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधी हटिया स्पोर्टले जितेको छ । आइतबार भएको फाइनल खेलमा थाहा नगरको विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–२ सेटले पराजित गर्दै आयोजक हटिया स्पोर्टस ऐकेडेमीले उपाधी चुमेको हो ।
हेटौंडामा जारी प्रतियाेगिताकाे विजयी हटिया स्पोर्ट एकेडेमीले नगद ६० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको विनयबाबु स्मृति प्रतिष्ठानले नगद ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मकवानपुर । मातृभूमि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं साधरण सभा भएको छ ।
संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका आर्थिक विकास महाशाखाका अधिकृत दुर्गाप्रसाद न्यौपानेको प्रमुख आतित्थ्यता साधारणसभा भएकाे हाे ।
कार्यक्रमकामा असल ऋणी उर्मिला गोले र असल वचतकर्ता शिवराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरी संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष इन्दिरा न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन, घनस्याम नेपालले लेखा समितिको प्रतिवेदन र रामहरी तिमल्सिनाले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वनविज्ञान अध्ययन संस्थानका सहप्राध्यापक कृष्णप्रसाद दहाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।