मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन् । बानियाँले आगामी मंसिर १६ र १७ गते हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका हुन् ।
कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए । ‘केवल निर्वाचनको लागि मात्र मेरो एजेण्डा होइन, बागमती प्रदेशलाई समृद्ध बनाउन ‘मास्टरप्लान’ बनाएर अघि बढ्ने छु ।’ उनले भने । एकपटक प्रदेश सभापति भएर काम गर्ने मौका दिन उनले प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा अनुरोध गरेका छन् । उनले भने ‘नेपाली कांग्रेसको इतिहासको सम्मान गर्दै नेताहरुको त्याग धैर्यता र निष्ठालाई शीरोपर गर्दै संविधानको रक्षा एवम् समृद्ध प्रदेश निर्माणका लागि मेरो उम्मेदवारी हो ।’
उनले आफु मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको उनले सुनाए । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले स्राेत नखुलेकाे १ लाख ५२ हजार सहित १ जनालाई हेटाैडामा पक्राउ गरेकाे छ । बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित शुक्रबार हेटाैडा उपमहानगरपालिका वडा नं. ६ का भीम राउतलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
५९ बर्षीय राउतलाई उक्त बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको रकम १ लाख ५२ हजारसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा शंकाष्पद अवस्थामा हिंडिरहेका बेला राउतको खानतलासी गर्दा १ थान बाघको दाँत जस्तो देखिने वस्तु र नगद १ लाख ५२ हजार रुपैयाँ फेला पारेको रिमालले बताए । पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता मंसिर १६ गते विहीबारबाट हुने भएको छ ।
प्रतियाेगिताकाे आयोजक बसामाडी जेसीजले विहीबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता आगामी मंशिर १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित नेपालचौरमा हुने मुल कार्यक्रम संयाेजक जेसी करण महत्राले जानकारी दिए ।
स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यकाे प्रायोजन रहेकाे प्रतियोगितामा १२ देखि १६ टिमले भाग अनुमान आयाेजकले दिएकाे छ । प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १२ देखि १६ टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको १८ औं संस्करण हेटौंडा–१२ ले जितेको थियो ।
महिला हिंसा विरुद्धकाे १६ दिने अभियान सुरु
Tags: No Comments
घरबाट सुरु गराैं महिला हिंसा अन्त्य गराैं भन्ने नाराका साथ विहीबारबाट महिला हिंसा विरुद्धकाे १६ दिने अभियान सुरु भएकाे छ । अभियानकाे सिलसिलामा मकवानपुरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशकाे समन्वयमा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला संजाल तथा हेटाैडा उपमहानगरपालिकाकाे समेतकाे संलग्नतामा अभियानकाे पहिलाे दिन सचेतना र्याली, सचेतना मुलक सडक नाटक र दिप प्रज्वलन कार्यक्रम गरिएकाे छ ।







तस्विरहरुः सहीखबर
मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नं ४ गिङ्गुस्थित रिद्धिसिद्धि सिमेन्टको खानी क्षेत्रमा भइरहेका गतिविधिहरुले मानवीय क्षति समेत हुनसक्ने भन्दै सहज वातावरण नभएसम्म कुनै पनि गतिविधि गर्न नदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरिएको छ ।
राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र लेख्दै स्थानीय स्तरमा शान्तिपूर्ण वातावरण सिर्जना नभएको, स्थानीय युवा र व्यवसायीहरु आपसी झै झगडा र द्वन्द्व सिर्जना गराइएको भन्दै प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएका छन् । काेइरालाले समस्याको हल नभएसम्म खानी सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग समेत गरेका छन् ।
वडाध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गरेकाे ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिए पनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको स्थान अर्थात सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गरेका छन् । स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४.५ किलोमिटर उक्त सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वन सम्बन्धी मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण गराएका छन् ।
वडाध्यक्ष कोइरालाले २०७८ साल कात्तिक २८ गतेका दिन रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्ट्रक्सन प्रा.लि.को प्र–०३–०१–००३ नंको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुईवटामा क्षति पु¥याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले उक्त घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्ट्रक्सन प्रा.लि. ले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडाध्यक्ष कोइरालाले आरोप लगाएका छन् ।
जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी वातावरण असहज भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अबस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासहितको बैठकले मनहरीदेखि खैराङसम्म बाटो बनाउने निर्णय भए अनुसार बाटो बनाउँदा जैविक विविधतामा असर परेको, खोलाको बहावलाई परिवर्तन गरी कुलोजस्तो बनाइँदा जैविक विविधता र वातावरणमा असर परेकाले सोको सुधारका लागि पनि उनकाे माग छ ।
विभिन्न ढंगका समस्याहरु एकपछि अर्काे गर्दै कानून विपरित, सम्झौता र सहमति बिपरित क्रियाकलापहरु गरी खानी सञ्चालन गर्ने मनशाय सिमेन्ट उद्योग र उत्खनन्कर्ता ठेकेदार कम्पनीहरुको देखिएको भन्दै त्यस्ता क्रियाकलापले मानवीय,भौतिक र वातावरणीय क्षति हुनसक्ने भएकाले तत्कालका लागि खानी सम्बन्धी काम कारबाही बन्द गरी सहज वातावरण निर्माणका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

