मकवानपुर । मकवानपुर प्रहरीले स्राेत नखुलेकाे १ लाख ५२ हजार सहित १ जनालाई हेटाैडामा पक्राउ गरेकाे छ । बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित शुक्रबार हेटाैडा उपमहानगरपालिका वडा नं. ६ का भीम राउतलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
५९ बर्षीय राउतलाई उक्त बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको रकम १ लाख ५२ हजारसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा शंकाष्पद अवस्थामा हिंडिरहेका बेला राउतको खानतलासी गर्दा १ थान बाघको दाँत जस्तो देखिने वस्तु र नगद १ लाख ५२ हजार रुपैयाँ फेला पारेको रिमालले बताए । पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

