मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट बकैया गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष सहित सबै १२ वटै वडामा वडाध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका छन् ।
नेकपा एमाले बकैयाको पार्टी कार्यालय हात्तिसुडेबाट र्याली सहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर अध्यक्षको लागि सरला बोलखे तथा उपाध्यक्षको लागि लालबहादुर स्याङ्तानले उम्मेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष,उपाध्यक्ष सहित १२ वटै वडाका वडाध्यक्षहरुले पनि उम्मेद्वारी दर्ता गराएका हुन् ।
एमाले बकैयाले अध्यक्ष÷उपाध्यक्ष दुबै उम्मेद्वार ३५ वर्ष उमेर नकटेका युवालाई बनाएको छ । गाउँपालिका अध्यक्षकी उम्मेद्वार बोलखे यस अघिको निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकि थिईन् । गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको अवस्थामा उपाध्यक्षमा भने एमालेकी बोलखे विजयी भएकि थिईन् । कांग्रेसले नेतृत्व जितेको गाउँपालिका भएपनि उपाध्यक्ष बोलखेले महत्वपूर्ण कार्य गरेको भन्दै काम गरेकै आधारमा उनलाई अध्यक्षको टिकट दिईएको हो ।
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा इन्चार्ज विशालराज महतले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्ररूपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य समेत रहेका सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा मालेको तर्फबाट हेटौंडा–५ मा वडाध्यक्षमा चुनावी मैदानमा थिए । महत एमाले प्रवेश गरेसँगै सामाजिक काममा क्रियाशील हुँदै आएका थिए ।
एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडामा सुशील घिमिरेलाई आधिकारिक उम्मेदवार बनाएको छ । घिमिरे सहितको टिमले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइ सकेका छन् ।

मकवानपुर। मकवानपुरको हेटौंडामा सक्ताधारी गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरीएको छ । हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट बाहिरीदै जसपाले आफ्नै उम्मेदवारी दर्ता गरेको हो ।
हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
आफूहरुले लामा र बानियाँसँगै अब प्रतिष्पर्धा हुने जसपाबाट मेयरको उम्मेदवार दर्तापछि दीपा लामाले बताइन् ।
मकवानपुर / आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनले साझा उम्मेदवारको रूपमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीको मिनाकुमारी लामा र उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो रस्साकस्सिपछि काँग्रेसले बानियाँलाई हेटौंडाको उपमहानगरको उम्मेदवार बनाउने निर्णय आज गरेको थियो । गठबन्धनमा सहभागी दलहरूले आ आफ्नो पार्टी कार्यालयबाट र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनमा बिभाजन गरिएको भाग अनुसार हेटौंडा नगरको १९ वडामा पनि अध्यक्ष तथा सदस्यहरूको उम्मेदवारी दर्ता भैरहेको छ ।