मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा इन्चार्ज विशालराज महतले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्ररूपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य समेत रहेका सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा मालेको तर्फबाट हेटौंडा–५ मा वडाध्यक्षमा चुनावी मैदानमा थिए । महत एमाले प्रवेश गरेसँगै सामाजिक काममा क्रियाशील हुँदै आएका थिए ।
एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडामा सुशील घिमिरेलाई आधिकारिक उम्मेदवार बनाएको छ । घिमिरे सहितको टिमले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइ सकेका छन् ।


