आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिनको लागि हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार ज्ञानबहादुर थापासँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
हेटौंडा ५ वडाका मतदातहरुसँग एक चरणको घरदैलो अभियान सकेका छौ । यो अभियानले हामीलाई साह्रै उत्साही पनि बनाएको छ । उहाँहरुलाई घरभेटमा आफ्नो प्रतिबद्धताबारे जानकारी गराएका छौ । उहाँहरुले पनि एकदम राम्रो रेस्पोन्स गर्नु भएको छ ।
विगतमा पनि उहाँहरुको माया पाएकै हौं, यस पटक झनै धेरै माया र सहयात्राको लागि साथ पाउनेमा हाम्रो टीम ढुक्क छ । नेकपा एमालले विगतमा गरेको काम नै उहाँहरुले अहिले हाम्रो टीमलाई विश्वास गर्ने दरीलो आधार हो । हामी हिजो पनि वडावासीसँगै उहाँहरुको दुख सुखमा साथै थियौ, आज पनि छौं, र भोली पनि उहाँहरुकै साथमा रहने छौ ।
हेटौंडा ५ को वडावासीहरु एमालेसँग एकदमै सकारात्मक हुनुहुन्छ । एमाले जनताको पार्टी हो, एमालेले जित्दा मात्रै जनताको भलाई र वडाको विकास संभव छ भन्नेमा वडावासीहरु जानकार हुनुहुन्छ । निर्वाचनमा मतदान गर्ने समय अझै बाँकी छ । हामी यो बाँकी समय मतदाता शिक्षा बारे सचेतना कार्यक्रम गर्दैछौ । हामीलाई अझै केही मतदाताहरुले घरघरमा बोलाउनु भएको छ, आफ्नो प्रतिवद्धता बारे अझै प्रष्ट हुनको लागि बोलाइराख्नु भएको छ । हामी यो बाँकी समयमा उहाँहरुको सल्लाह सुझाव लिनेछौ । वृद्धवृद्धाहरु, महिलाहरु, बालबालिकाहरुको लागि हाम्रो टीमले गर्ने र गर्नुपर्ने योजना तथा कामबारे उहाँहरुको सल्लाह र सुझावको लागि हामी घरघर जाँदैछौ ।
वडालाई विभिन्न क्लस्टरमा विभाजन गरी सामाजिक अमनचयन र सुरक्षाका लागि निगरानी समुहहरु बनाई परिचालनदेखि भौतिक पूर्वाधारको कार्यक्रम हामीले ल्याएका छौं । वडाका सुरक्षार्थ मुख्यमुख्य स्थानहरुमा सिसिटिभिबाट निगरानी गरिने ब्यवस्था गरिनेछ, वडाका वासिन्दाहरुको रोजगारी, विदेशमा रहेको संख्या, महिला पुरुष, बालबालिका, जेष्ठ नागरिक, श्रमिक, कृषकहरुको लगायत सम्पुर्ण जानकारीहरुको डिजिटल रेकर्ड राख्यो योजना हामीले बनाएका छौ । जसले गर्दा वडाको तथ्यगत वस्तुस्थिती पत्ता लगाउन सकिन्छ ।
प्रविधिमैत्री वडा बनाउने योजनाहरु पनि हामीसँग छ । वडाको प्रत्येक टोलमा फ्रि वाईफाईको व्यवस्था गरिनेछ, सार्वजनिक स्थानमा शौचालयको व्यवस्था गरिनेछ । वडा भित्र पर्यापर्यटन विकासको लागी साईकल ट्रयाक निर्माण तथा कर्रा खोलामा करिडोर निर्माण गर्ने कार्यक्रम पनि हाम्रो टीमको योजनामा छ । वडामा रहेका भएका बाटोहरु सार्वजनिक गरिने छ भने, सार्वजनिक भवनहरू मन्दिर, सामुदायिक भवन, पुस्तकालय, वन समितको सभाहल, प्रतिक्षालय, कृयापुत्री भवन मर्मत सुधार, रंगरोगन गरिनेछ । शान्ति पार्कको निर्माण र विस्तार गरिनेछ ।

अन्तमा मतदाताहरुलाई भन्न चाहन्छु कि, तपाईहरुले हाम्रो क्षमता र योग्यतालाई चिन्नु नै भएको छ । हाम्रो नेतृत्वलाई जिताउनको लागि तपाईको अमुल्य मत दिएर हामीलाई अवसर दिनुहोस् भोलीको काम तपाइहरुकै सल्लाह र निर्देशन अनुसार नै हुने छ । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु रामबहादुर राई, रञ्जिता सिलवाल र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । हामीले निर्वाचनको संघारमा प्रतिनिधिको उम्मेदवार बनेकोहरुसँग प्रतिवद्धता लिनको लागि हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका सुशिल घिमिरेसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
वडाको भौतिक पूर्वाधारसँगै समाजिक तथा वातावरणीय सवालमा हाम्रो टीमले धेरै राम्रा राम्रा कार्यक्रहरु अघि सारेको छ । उपयुक्त स्थान पहिचान गरी ज्येष्ठ नागरिक पार्क स्थापना गरिने, उहाँहरुको निुशल्क स्वास्थ्य जाँच गरिने योजनाहरु हामीसँग छन् । यसैगरी ज्येष्ठ नागरिकको अनुभव र कथा बालबालिकालाई सुनाउने र बालबालिकाको प्रश्न र जिज्ञासा ज्येष्ठ नागरिकलाई सोध्न पहिलो पुस्ता र तेस्रोबीच माया, सम्मान र हार्दिकता बढाउन विशेष प्रकारको कार्यक्रमका योजनाहरु हामीसँग छन् ।
दुर्घटना, आगलागि वा अन्य विपद् वा संकटको बेला आकस्मिक उद्वार एवम् प्राथमिक उपचारको कार्य गर्न आकस्मिक उद्वार वा रेस्पोन्स टिम तयार गर्ने, वडालाई वातावरण मैत्री हरित वडा बनाईने, सार्वजनिक जमिनको खोजी एवम् पहिचान गरि संरक्षण गर्ने, शहरी सौन्दर्य वृद्धिका लागि अस्तब्यस्त तारहरुको व्यवस्थापन गर्ने, जोखिममा रहेका जिर्ण विद्युतका पोलहरुको सट्टामा नयाँ पोलहरुको व्यवस्था गर्ने, वडाभित्र रहेका मठमन्दिर, पाटी पौवाहरुको संरक्षण गर्ने धेरै महत्वपूर्ण र दुरगामी महत्व राख्ने योजनाहरु हामीले अघि सारेका छौ ।
हामीले हाम्रो वडाको लागी ५ वर्षे योजना बनाएका छौ । छरपस्ट रुपमा रहेको वस्तिलाई प्लानिङ गरेर व्यवस्थित बस्ति बनाउने योजना हामीमा छ । अपार्टमेन्ट जस्तो बसाउन सकियो भने, बस्तिहरुको जमिन अनावश्यक रुपमा दुरुपयो हुँदैन, बस्तिको विकासमा सहजता हुनेछ, कृषि भूमिहरु रहने छन्, प्रयाप्त खालि ठाउँहरु रहने छन् । बस्तिमा सबै पूर्वाधार पुरा गर्न सकिन्छ ।
यि त भए केही प्रतिवद्धता तथा योजनामा रहेका कुराहरु । अब मतदानको लागि केही समय मात्रै बाँकी छ । अबको हाम्रो अभियान भनेको मतदाता शिक्षाको हो । बितेको घरदैलोमा छुटेका घरघरहरुमा हामी जाने छौ ।
वडावासीहरुलाई मेरो आग्रह, हामीलाई एक चान्स दिनुस्, हामी तपाईको आशालाई निराशा हुने मौका दिने छौनौ, वडामा आउँदा तपाईलाई आफ्नो घरको वातावरण प्राप्त हुनेछ, तपाईहरुको आग्रह, आदेश र निर्देशन अनुसार नै हाम्रो टीमले सिङ्गो वडाको विकासमा लाग्ने छौ ।

तपाईहरुको साथ बिना यो संभाव छैन । हर जनताको दुख सुखमा हामी साथ हुने विश्वास दिलाउन चाहन्छौ, हाम्रो चाहानालाई व्यवहारमा उतारेर देखाउने सुनौलो अवसर हाम्रो टीमलाई मतदान गरेर बाटो खुल्ला गरिदिनुहोस । मसंगै मेरो टीममा रहनु भएका ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाल र भगवती बिकलाई जिताइदिनु हुन मेरो अनुरोध छ ।
मकवानपुर । नेपाल विवेकशील पार्टी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं १७ मा वडा समिति गठन गरिएकाे छ । सुरज थोकरको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरिएकाे हाे ।
गठित वडा समितिमा उपाध्यक्ष कमला विश्वकर्मा, सचिव रविन संजेल र कोषाध्यक्षमा सविना बर्तौला पुजारी रहेका छन् । समिति सदस्यहरूमा रन्जित थोकर, दिपेश बजू, रामप्रसाद गजुरेल, भावना लोप्चन, आयुशा भण्डारी, सुदिप तामाङ, मनिता राई, अपेक्षा राई, र संजिता थोकर रहेका छन् ।
हेटौंडा नगर समितिको अध्यक्ष रविभक्त दाहालको अध्यक्षतामा भएको भेलामा नेपाल विवेकशील पार्टी बागमती प्रदेश अध्यक्ष सिंह बहादुर मोक्तान, संघीय समिति सदस्य कृष्णदेव भण्डारी र मकवानपुर जिल्ला अध्यक्ष नविन विष्टको आतिथ्यता रहेको थियो ।
प्रदेश अध्यक्ष मोक्तान तथा जिल्ला अध्यक्ष विष्टले हेटौंडा १७ का वडाध्यक्षको उम्मेदवार कृष्णदेव भण्डारीलगायतकाे टिमलाई विजयको शुभकामना दिंदै नवगठित वडा समितिलाई संगठन विस्तारकाे लागि पर्न आग्रह गरेका थिए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बैशाख २५ गते हेटाैडामा आमसभा गर्ने भएकाे छ । पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर २५ गते हेटौंडाको हुप्राचौरमा आमसभा गर्ने भएको हाे ।
आमसभालाई राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएकाे छ । अध्यक्ष लिङ्देनले उम्मेदवारहरु र कार्यकर्ताको हौसला बढाउने गरी आमसभा गर्न लागेकाे बताइएकाे छ ।
सभामा राप्रपाका केन्द्रीय नेताहरु,जिल्ला नेता तथा कार्यकर्ता,मकवानपुरको १० वटै स्थनाीय तहको राप्रपाका उम्मेद्वारहरु सहभागिता रहने राप्रपा मकवानपुरले जनाएको छ । लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भएयता दोस्रो पटक हेटौंडा आउन लागेका हुन् । लिङ्देन यसअघि गत चैत २७ गते हेटौंडा आएका थिए ।
मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले आफू विरुद्ध गलत प्रचार गरेको बताएका छन् ।
निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेद्वार बाँनियाले निर्वाचन नजिकिदै गर्दा कांग्रेसले पराजितको मानसिकताले गलत प्रचार गरेको बताए ।
हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बाँनियाले आफू वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समिति मार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरुलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए ।
‘कांग्रेसले अतिरंजित गरेर गलत प्रचार गर्यो,हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्यौ,फागुनमा उपभोक्तासंग सम्झौता गरेका थियौ । जेठसम्म सम्झौता अवधि रहेको थियो । बाँनियाले भने,समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो,खेदजनक छ ।’
उनले आफू वडा अध्यक्ष रहँदा उक्त कार्यक्रमको लागि वडाले ५ लाख, उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरेको बताए । उनले आफूले वडाको गाउँगाउँमा विकासका लहरहरु ल्याएको र काम गरेको बताउँदै बैशाख ३० गते हुने निर्वाचनमा पुनः निर्वाचित हुनेमा विश्वास व्यक्त गरे ।