मकवानपुर : नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले एमालेले जितेपछी नव विवाहिता दम्पतीले ३५ दिनभित्र विवाहदर्ता गरेमा १/१ हजार दिने बताउनु भएको छ । यसैगरी बालबालिकाको जन्म दर्ता गर्दा पनि ३५ दिनभित्र गर्दा १ हजार दिने उहाँले बताउनुभयो । बालबालिकाको उज्ज्वल भबिष्य बनाउने नीति निर्माण गरिने बताउनुभएको छ ।
हेटौंडा-६ र ७ नम्बर वडामा भएको चुनावी सभामा बोल्दै उपमहानगरपालिका भित्रका नागरिकको बच्चा जन्मिएपछी ३५ दिन भित्रमा जन्मदर्ता गरेमा बच्चाको उज्ज्वल भबिष्यको लागि उपमहानगरपालिकाले नै बैंक खाता खोलेर १ हजार रुपैयाँ जम्मा गर्ने नीति निर्माण गरिने उहाँले बताउनुभयो ।
उहाँले सामाजिक घटना दर्तालाई सहज बनाउनका लागि काम गरिने, नागरिकहरुलाई उपमहानगरपालिकासँग सहज रुपमा जोडिने माध्यम निर्माण गर्ने, वडागत रुपमा भएको शहरी स्वास्थ्य केन्द्रलाई सुदृढीकरण गर्दै लैजाने, विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न आवश्यक सहयोग गर्ने, युवा लक्षित कार्यक्रमहरु गर्ने जस्ता योजनाहरु एमालेले बनाएको जानकारी दिनुभयो ।
बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउन तथा उद्यमसँग जोड्न सिपबिकास कार्यक्रमका साथै सहुलियत ऋण उपलब्ध गराउने, कृषियोग्य जमिनमा कृषि गरेर आत्मनिर्भर बनाउन पहल गर्ने साथै आवश्यक सुबिधा प्रदान गर्दै आत्मनिर्भर बनाउनेतर्फ एमालेले काम गर्न प्रतिबद्ध भएको काफ्लेले बताउनुभयो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन ।
१५ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर भोम्जनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन जनाएका हुन। नेकपा एसका नेता भोम्जनले १५ नम्बर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनका आधिकारिक उम्मेदवार नवराज घलानलाई समर्थन गरेका जनाएका छन।
“मेरो समर्थन गठबन्धनका उम्मेदवारलाई दिएको छु । वहाँहरुको जित नै मेरो जित हुनेछ”, भोम्जनले भने, “म अहिल्यैबाट वहाँहरुलाइ जिताउन लागिपर्नेछु । १५ नम्बर वडाबासीलाई गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।” गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नवराज घलानले साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भोम्जनका योजनालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार मीनाकुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँलगायतको उपस्थिति थियो । गठबन्धनको तर्फबाट हेटौंडा १५ नम्बरको वडा अध्यक्षमा नवराज घलान तथा सदस्यहरुमा लिलाकुमार घलान, बिमला सिन्तान, तुलसी विक र बीरमान घलान उम्मेदवार रहेका छन् ।
मकवानपुर । आसन्न स्थानीय तहकाे सदस्य निर्वाचन २०७९ काे चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ ।
गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो । शुक्रबार मनहरी वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा झण्डै २ सयको उपस्थिति रहेको अध्यक्षका उम्मेदवार उप्रेतीले बताए ।
मनहरी १ को चकरी, मकरी, गोगनपानी लगायतको क्षेत्रमा घरदैलो गरिएको थियो । मनहरीको सम्मृद्धिको लागि उम्मेदवारहरुले दिर्घकालिन योजना प्रतिवद्धता सहित घरदैलो कार्यक्रम गरिएको उप्रेतीले बताए । घरदैलो कार्यक्रममा वडा नम्बर १ मा एमालेका अध्यक्षका उम्मेदवार भीमसेन अधिकारी सदस्यका उम्मेदवारहरु विनामाया गोले, तारा घिमिरे, पोषक वावु विष्ट (पुष्कर), विशाल लामा थिङ लगायतको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुरकाे कैलाश गाउँपालिकामा एमालेका उम्मेद्वारले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । कैलाशमा एमालेका उमेद्वारलाई जिताउन प्रचार–प्रसारसँगै कोणसभा समेत गरिएको छ ।
कैलाश—२ को ऐबुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कैलाश गाउँपालिका अध्यक्षका उम्मेद्वार नरेन्द्र लाल रिजालले गाउँको विकास एमालेको स्थानीय सरकारले मात्र गर्ने बताए । पाँच वर्षसम्म एमालेको स्थानीय सरकार हुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि भएका भन्दै अझै अधुरा कामहरु विकास गर्नको लागि अबको निर्वाचनमा एमालेको उमेद्वारलाई मत दिई जिताउनु पर्ने उन बताए ।
त्यस्तै कैलाश गाउँपालिकाकाे उपाध्यक्ष पदका उम्मेदवार सुकुमाया थिङले विजय प्राप्त गरेपछि ५ वर्षमा आफनो पार्टीले गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने भन्दै निर्वाचन पछि ती समस्याकाे समाधान गर्न लागि पर्ने बताईन् । सुर्य चिन्हमा एक पटक भोट दिएर विकास गर्ने मौका दिन उम्मेदवारहरुले आग्रह गरेका छन् ।
कैलाश गाउँपालिका नेकपा एमाले वडा कमिटीले वडा नम्बर १ को चामाखर्कमा पनि कोणसभा तथा घरदैलो कार्यक्रम गरेकाे युवा नेता तथा पूर्व जिल्ला कमिटि सदस्य महेश चेपाङले बताए । यसैगरी कैलाश ६ मा भएको कार्यक्रममा स्थानीय पार्वती आलेमगरले आफूले भोट दिएर जिताएका जनप्रतिनिधिले गाउँको बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरिन् । ‘हामीले मत दिन्छौँ, उनीहरुले हामीलाई विकास दिनुप¥यो ।’ उनले भनिन्
त्यस्तै कैलाश गाउँपालिकाका जिल्ला सदस्य सानुभाई बिष्टले नजिकिंदै जाँदा एमालेलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको बताए । नेता बिष्टको अनुसार पार्टीका आफ्ना उमेद्वारले कैलाशको वडा नम्बर १ ,२ , ५ र ६ को विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा दलहरु निर्वाचन प्रचारप्रसार र घरदैलाे अभियानमा छन् । दलका उम्मेदवारहरु घरदैलाे अभियान सँगै मतदाता शिक्षा समेत दिइरहेका छन् । निर्वाचनकाे मिति नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रम गर्दै छन् ।
गठबन्धनका उम्मेदवारहरुले गाउँपालिकाकाे १ नम्वर वडाको विभिन्न स्थानमा शुक्रबार घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रम गरेका छन् । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता पुर्याउन तथा बदर मत कम गर्न नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई मतदान गर्ने शिक्षा दिदै आएका छन । मतदाता शिक्षाको कार्यक्रमलाई प्रभावकारी पारिएको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले बताए ।
घरदैलो कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार आइत सिं लोले यस अघि उम्मेदवार बन्दा घोषणा गरेका कामहरु गरिएको र थप योजनाहरुलाई पूर्णता दिन आफ्नो पुनः उम्मेदवारी रहेको बताए । उनले वडामा आवश्यक रहेका पूर्वाधारदेखि स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार तथा वडालाई प्रविधिमैत्री बनाई जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गठबन्धनका प्रचारप्रसार समिति संयोजक यतिराज सापकोटा, महासमिति सदस्य सुवात सिं थिङ, क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, निवर्तमान संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, पूर्व जिल्ला सदस्य इन्द्र बहादुर गोले लगायतहरुको उपस्थिती रहेको थियो ।
वडा नम्वर एकको रानीसेरा, आँपटार, पिङडाँडा, फुलबारी क्षेत्रहरुमा घरदैलो गरिएको थियो । शनिबार वडा नम्बर ५ सिमलटार हुदैं धादिङ भालुखोलासम्म घरदैलो कार्यक्रमहरु गरिने जनाइएको छ ।