मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन ।
१५ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर भोम्जनले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन जनाएका हुन। नेकपा एसका नेता भोम्जनले १५ नम्बर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनका आधिकारिक उम्मेदवार नवराज घलानलाई समर्थन गरेका जनाएका छन।
“मेरो समर्थन गठबन्धनका उम्मेदवारलाई दिएको छु । वहाँहरुको जित नै मेरो जित हुनेछ”, भोम्जनले भने, “म अहिल्यैबाट वहाँहरुलाइ जिताउन लागिपर्नेछु । १५ नम्बर वडाबासीलाई गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।” गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नवराज घलानले साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भोम्जनका योजनालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार मीनाकुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँलगायतको उपस्थिति थियो । गठबन्धनको तर्फबाट हेटौंडा १५ नम्बरको वडा अध्यक्षमा नवराज घलान तथा सदस्यहरुमा लिलाकुमार घलान, बिमला सिन्तान, तुलसी विक र बीरमान घलान उम्मेदवार रहेका छन् ।
In: राजनीति, राष्ट्रिय, स्थानीय खबर/समाज
Tags: No Comments

