मकवानपुर । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा आगामी पुष ५ गतेबाट हुने लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवकाे तयारी सुरु भएसँगै आयोजनास्थल सरसफाई गरिएकाे छ । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरुले महोत्सव आयोजना स्थल टीसीएन चौरको सरसफाई गरेका छन् ।
खेलकुद र खेलाडीको हितको लागि आयोजना गर्न लागिएको महोत्सवकाे तयारीकाे लागि चौरको झाडी तथा फोहोर सरसफाई गरेका हुन् । खेलकुद विकास समितिका अध्यक्ष बेश खड्गीले विभिन्न संघका पदाधिकारी एवम् खेलाडीहरुको साथ र सहयोगले नै खेलकुद महोत्सव सफल हुने धारणा राखे । ‘मकवानपुरको खेलकुदको विकासमा लागि केही रकम जोहो गरौं भन्ने पवित्र उद्देश्यले महोत्सव गर्न लागेका हौं । हाम्रो एउटै उद्देश्य छ यहाँको खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने’, अध्यक्ष खड्कीले भने, ‘सबै खेलकुद संघका पदाधिकारी र खेलाडीको सहयोगले थप उर्जा मिलेको छ ।’
१३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने
महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । यस्तै कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
मकवानपुरकाे हेटौडामा पुस ५ गतेदेखि हुने वृहत् खेलकुद तथा व्यापार महोत्सवमा १५ वटा खेलका प्रतिस्पर्धा हुने भएको छ ।मकवानपुर जिल्ला खेलकुद विकास समितिकाे आयोजना १७ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न १५ वटा खेलका प्रतियाेगिता सञ्चालन गरिने भएकाे हाे ।
महोत्सव उद्घाटनकाे दिन पुस ५ गते प्रभाकर पाण्डेको संयोजकत्वमा एथलेटिक्स खेल हुने भएको छ । सोही दिन सुनिल खड्कीको संयोजकत्वमा कराँते खेल हुने आयाेजकले जनाएकाे छ । पुस ९ गते मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव बिक्रम लामिछानेको संयोजकत्वमा तेक्वान्दो खेल हुनेछ ।

केवल बानियाँको संयोजकत्वमा ब्याडमिन्टन खेल हुनेछ भने विश्वनाथ पाठकको संयोजकत्वमा पुस ११ र १२ गते राष्ट्रियस्तरको उसु खेलको आयोजना गरिने भएकाे छ । यस्तै, प्रकाश माझीको संयोजकत्वमा आइटीएफ हुनेछ भने आशीष थापाको संयोजकत्वमा फुटबल हुने भएको छ ।
सुनिल लोप्चनको संयोजकत्वमा रेस्लिङ, सन्तोष श्रेष्ठको संयोजकत्वमा भलिबल, मनोज शर्माको संयोजकत्वमा आठवटा नगरपालिकासहित अन्तरपालिका हक्की खेल आयोजना हुनेछ । अनिल दहालको संयोजकत्वमा बक्सिङ, किशोर श्रेष्ठको संयोजकत्वमा फुल कन्ट्रयाक्ट कराँते, सुमन नेपालीको संयोजकत्वमा कबड्डी र करन महत्रा क्षेत्रीको संयोजकत्वमा क्रिकेट आयोजना गरिने निर्णय गरिएको छ ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक र खानाखाजाका स्टलसमेत रहनेछन् । यस्तै, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरीसमेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको खड्कीले जानकारी दिए ।
हेटौडाबाट १४ किलो गाँजा सहित २ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट लागुऔषध गाँजा सहित २ जना महिला पक्राउ गरेकाे छ । हेटौडा ११ थानाभर्याङबाट ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका वडा नं.४ वस्ने ३० बर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट महोत्तरी गौशालातर्फ जादै गरेको बा.प्र.०१–००६ ख ४४८९ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार लिम्बुद्वयको साथबाट १४ किलो ९ सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार उनीहरु हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीवाट दुई वटा कालो झोला लिएर उक्त बसमा चडेका थिए । अस्थायी प्रहरी पोष्ट थानाभर्याङकाे टोलीले चेक गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणकाे लागुऔषध सहित पक्राउ गरिएकाे हो । लागुऔषध सहित दुबै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० ले घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । वडाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीसहितकाे प्रतियाेगिताकाे जानकारी दिएकाे हाे ।
वडाअध्यक्ष फुर्वा दोर्जे तमाङले आउँदो पुस २ र ३ गते हेटौंडा बसपार्क परिसरमा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिए । स्थानीय उत्पादनहरुलाई प्रबर्द्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुऱ्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको अध्यक्ष तमाङले बताए । उनका अनुसार प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा किसान तथा व्यवसायीहरुले उत्पादन तथा निर्माण गरेका वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिनेछ ।
दुई दिनसम्म सञ्चालन हुने प्रर्दशनी मेलामा घरेलु उत्पादनका विभिन्न ३० वटा स्टलहरु राखिने छ । स्टलहरु निःशुल्क उपलब्ध गराईने छन् भने स्टल राख्ने व्यवसायी वा सहभागीलाई यातयातको व्यवस्था गरिएको उनले बताए । त्यस्तै स्थानीय जातजातिका भेषभुषा, संस्कृतिको संरक्षणमा सहयोग पुऱ्याउन कला तथा संस्कृति झल्कने गरि नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको वडाअध्यक्ष लामाले बताए । प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाका ईच्छुक कलाकारहरुले सहभागिता जनाउन सक्नेछन् ।
नृत्य प्रतियोगितामा प्रथम, द्वतीय र तृतिया हुनेले क्रमशः ५० हजार, ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना हुने चार जनाले नगद ५–५ हजार प्राप्त गर्नेछन् । प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन एक मूल समिति र ६ वटा उपसमितिहरु निर्माण गरिएको बताईएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, उद्योग बाणिज्य संघ, जाल्पा देवी महिला उधमी केन्द्र स्थानीय क्लव, आमा समुह, विद्यालय लगायत विभिन्न संघ संस्थाहरुको प्रदर्शनीमा सहकार्य रहने अध्यक्ष तमाङले बताए । पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली वडा सचिव प्रशान्त श्रेष्ठ तथा सराेकारवालालगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गर्ने खेलाडी र क्लबलाई कारबाही गरेकाे छ । सोमबार जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा पञ्चसिल र दि रिभाइबल क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात सहित अभद्र व्यवहार गरिएको भन्दै जिल्ला फुटबल संघले दि रिभाइबल क्लबलाई कारबाही गरेकाे छ ।
यसैगरी क्लबका गोल रक्षक, कप्तान, खेलाडी र टिम म्यानेजरलाई ३ वर्षसम्मको प्रतिबन्धको निर्णय गरेको मकवानपुर जिल्ला फुटबल संघले जनाएकाे छ । खेल सकिएर रेफ्री ग्राउन्ड बाहिर निस्कदा दि रिभाइबल क्लबका खेलाडी, अफिसियल सहित टिम मेनेजरले रेफ्रीमाथि हातपात, अभद्र व्यवहार गरेको जिल्ला फुटबल संघले जनाएको छ ।
संघको मंगलबार बिहान बसेको बैठकले दि रिभाईबल क्लबलाई ३ वर्षको प्रतिबन्ध लगाउने, क्लबका गोलरक्षक तथा कप्तान अनिल लोप्चनलाई २ बर्षको प्रतिबन्ध गर्ने, खेलाडी सुनिल खड्कीलाई ३ वर्षको प्रतिबन्ध लगाउने र क्लबका टिम म्यानेजर कृष्ण बहादुर ठकुरीलाई ३ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यस्तै घटनामा संलग्न रहेको भन्दै क्लबका ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।
प्रतिबन्धमा परेको खेलाडी तथा अफिसियल एन्फाद्धारा आयोजित फुटबल प्रतियोगिता र एन्फा रेफ्री आबद्ध प्रतियोगितामा सहभागी हुन नपाईने गरि प्रतिबन्ध गरिएको जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव हुदैछ । खेल क्षेत्रको विकासका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना पौष ५ गेते देखि १७ गतेसम्म हुने बृहत् खेलकुद तथा व्यापार महोत्सवको लागि मूल आयोजक समिति गठन भएको छ ।
समिति अध्यक्ष वेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो ।खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका पदाधिकारी रहने गरी खेलकुद संयोजक समिति गठन गरिएको छ भने पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिति निर्माण भएको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीको महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।
यस्तै कराँतेको जिल्लास्तरी प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुनेछ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट भएको आम्दानीको करिब २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य रहेको अध्यक्ष खड्कीले बताए ।
‘मकवानपुर खेल क्षेत्रको उर्वरभूमी हो । आर्थिक अभावकै कारण धेरै खेलाडीले बीचमै खेल छोड्नुपरेको छ । आर्थिक अभावमा उपचार हुन नसकेको अवस्था छ’, अध्यक्ष खड्कीले भने, ‘यो सबै समस्याको समाधानका लागि आर्थिक जोहो गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागेका हौं । हाम्रो उद्देश्य पवित्र छ, तसर्थ सबै संघसंस्था र आम जिल्लाबासीबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छौं ।’ महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने अध्यक्ष खड्कीले जानकारी दिए ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशिल खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।