मकवानपुर । मकवानपुरको हेटौडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) क्लब फाइनल प्रवेश गरेको छ । सडनडेथमा धनकुटाको राजारानी क्लबलाई १७–१६ गोलअन्तरले पराजीत गर्दै एनआरटी फाइनल प्रवेश गरेको हाे । माेहित गुरुङकाे स्पाेर्ट किक व्याकअप ब्याटल गाेल मार्फत एनआरटी फाइनल प्रवेश गरेकाे हाे ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण अन्तरगत बुधबारकाे पहिलाे सेमिफाइनल खेलकाे निर्धारित समयमा दुबै टाेली तर्फबाट गाेल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । ट्राइबेकरमा समेत बराबरी भएपछी सडेन डेथमा एनआरटीले जीत निकालेकाे हाे । १८ औं पटककाे प्रहारबाट राजारानीलाई पराजीत गर्दै एनआरटी फाइनल प्रवेश गर्ने पहिलाे टाेली बनेकाे छ ।
टाइब्रेकरमा ५–५ गोल भएको थियो । सडनडेथमा दुवै टिमका ११/११ खेलाडीको प्रहारमा १०/१० गोल भएपछि पुनः दोहोर्याएर प्रहार गरेका थिए । टाइब्रकेर र सडनडेथमा गरी कुल ३८ वटा प्रहार भएको थियो ।
खेलमा एनआरटीका गाेलकिपर क्रिपाे म्यान अफ दी म्याच घोषित हुदै दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियाेगिता अन्तरगत विहीबार शसस्त्र पुलिसको एपीएफ र बागमती युबा क्लब सर्लाही बीच दाेस्राे सेमिफाइनल खेल हुने आयाेजकले जनाएकाे छ । एनआरटीले फाइनलमा बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यस संस्करणमा सहभागिता जनाएकाे छैन ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे सवारी दुर्घटना ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, सान्नानिटारमा यात्रुबाहक बस बोलेरो पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा सवार रहेका २३ जना यात्रुमध्ये ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरूकाे विवरण
१. चितवन माडी न.पा.५ बस्ने बर्ष ३१ को यम बहादुर दरै टाउको र खुट्टामा चोट ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने २१ की रमा सापकोटा, हात खुट्टामा चोट ।
३. बारा जितपुर सिमरा उ.म.ना.पा.२ बस्ने बर्ष २७ को जिवन लामा टाउकोमा चोट ।
४. बारा कलैया उ.म.न.पा.२६ महेसपुर बस्ने बर्ष ३० की मन्जुदेवी कपाली टाउकोमा चोट ।
५. मन्जुदेवी कपालीको छोरा बर्ष ३ को नितेश कपाली टाउकोमा चोट ।
६. मकवानपुर हेटौडा उ.म.न.पा.१९ नेवारपानी बस्ने बर्ष ३२ की बिमला श्रेष्ठ टाउकोमा चोट ।
७. मकवानपुर हेटौडा उ.म.न.पा.बस्ने बर्ष २९ कि कल्पना श्रेष्ठ टाउको र घुडामा चोट ।
८. बस चालक कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३८ को मौली राना टाउको र खुट्टामा चोट ।
९. बसको सहचालक कैलाली धनगढी उ.म.न.पा. ३ बस्ने बर्ष २४ को अबिशेक शर्मा हातमा चोट ।
१०.भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने बर्ष अ. ४५ को हिरालाल सर्मा टाउकोमा चोट ।
११. मकवानपुर हेटौडा उ.म.न.पा. १९ नेवारपानी बस्ने बर्ष ३४ को सुसिल श्रेष्ठ टाउकोमा चोट ।
स्थानीय तह शहीद स्मृती गोल्डकपः थ्रीस्टारलाई हराउँदै एपीएफ सेमिफाइनल प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । थ्रीस्टार क्लबलाई ४–० गोलअन्तरले हराउँदै एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण अन्तरगत मंगलबारकाे चौथो क्वार्टरफाइनलमा एपीएफले पहिलाे हाफमा हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो। आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औँ ४८ औं ५८ औं र ७९ औं मिनेटमा एकतर्फी गोल गरेकाे थियाे । मंगलबारकाे खेलसँगै प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे छ ।
खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित हुदै दश हजार रुपैयाँ प्राप्त गरे । यसअघि सर्लाहीको बागमती युवा क्लब, न्यु रोड टिम (एनआरटी) र राजारानी क्लब धनकुटा सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियाेगिता अन्तरगत बुधबारबाट सेमिफाइनलका खेल हुने आयाेजकले जनाएकाे छ । पहिलो सेमिफाइनल न्यूरोड टिम एनआरटी र राजारानी क्लब धनकुटाको बीचमा हुनेछ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा १ जनाकाे मृत्यु भएकाे छ । हेटौडा ११ भैरवडाँडामा घाइते अवस्थामा भेटिएका १ जना पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार बिहान भैरवडाँडास्थित पाथिभरा मन्दिर जाने बाटोमा अन्दाजी ३५ बर्षीय पुरुष घाइते अवस्थामा फेलाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइते उक्त पुरुषलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा मंगलबार दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिचान नखुलेको मृतककाे शव हेटौंडा अस्पतालमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको छ ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा भीरबाट लडेर १ जनाकाे मृत्यु भएकाे छ । कैलास ७ चाइरङडाँडामा भीरबाट लडेर टुर्डुङग् वस्ने ५० बर्षीय आइतराम चेपाङकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार चेपाङ कालिकाटार बजारबाट घर तर्फ फर्कने क्रममा गोरेटो बाटोबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ । सोमबार प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ ।