मकवानपुर । हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले विद्यार्थीलाई चण्डीपाठ गराउँदै दशैंको मौलिकता बारे ज्ञान दिलाएको छ ।
किताब घोकेर मात्रै सिकाइ जीवन्त नहुने भन्दै विद्यालयले विद्यार्थीलाई व्यवहारीक ज्ञान दिने जमर्को गरेको हो । हेटौंडा, ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा फरक तरीकाले आयोजना गरिएको हो । कार्यक्रममा उक्त विद्यालयका १३ जना विद्यार्थीले एक एक अध्याय चण्डी पाठ पढेका थिए । साथै बडा दशैको विभिन्न तिथीमा गरिने क्रियाकलापहरु कार्यक्रममा गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले दुर्गा पूजा गरिएको स्थानमा कुभिन्डोको बलि दिएका थिए ।
विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले मुल पण्डितको भूमिका निर्वाह गर्दै दशैं पर्वमा दुर्गा पूजाको विधिबारे जानकारी गराएका थिए । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको आफूले पनि नवरात्र व्रत बसेको र पूजाको कार्य गरेको बताए ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेको थियो । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशी र पुरनबहादुर जोशीले शिक्षक कर्मचारीलाई टीका लगाउँदै आशीर्वाद प्रदान गरेका थिए ।
कक्षा शिक्षकले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद र दक्षिणा प्रदान गरेका थिए । धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको रिमालले बताए ।
चाडपर्वको मौलिकता लोप हुँदै आएको बेला विद्यालयतहबाट यस्ता व्यवहारीक ज्ञान दिनुलाई सकारात्मक पाटोको रुपमा लिइएको छ ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा पुर्व विद्यार्थीद्वारा शिक्षकलाई पुस्तक उपहार प्रदान गरिएकाे छ । महेन्द्र किरण माध्यामिक विद्यालय मनहरीका प्रध्यानाध्यापकलाई साेही विद्यालयका पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् पुस्तक उपहार दिइएकाे हाे ।
विद्यालय प्रधान्याध्यापक शिवबहादुर रिमाललाई पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् लेखक छवि अनित्यकाे पुस्तक शिक्षकको भाषा उपहारस्वरुप हस्तान्तरण गरिएको हाे । विजया दशमीकाे उपलक्ष्यमा विद्यालयले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व विद्यार्थी संप्रस पौडेलले उक्त पुस्तक प्रध्यानाध्यापक रिमाललाई उपहार प्रदान गरेका हुन् ।
पाैडेल सहित विद्यालयका पूर्व विद्यार्थीहरू हरिप्रसाद अधिकारी, जयराम अधिकारी, योगेन्द्र चालिसे, प्रदीप बर्तौला, उत्तम ढकाल, सुष्मा भुजेल, धर्मराज ईटनी, कल्पना अर्याल, रामकृष्ण राना र रामशरण इटनीले पुस्तक सहयोग गरेका हुन् । यस अघी यो पुस्तक बंशगाेपाल माध्यामिक विद्यालय चौघडा जनप्रीय माध्यामिक विद्यालय हटिया तथा महेन्द्र माध्यामिक विद्यालय पदमपाेखरी लगायतका विद्यालयमा उपहारस्वरूप हस्तान्तरण गरिएका छन् ।
मकवानपुर । मकवानपुरका २ विद्यालयमा पूर्व विद्यार्धीहरुले शिक्षककाे भाषा पुस्तक हस्तान्तरण गरेका छन् । आकृति क्रिएसनले प्रकाशनमा ल्याएकाे पुस्तक शिक्षकमाझ पुर्याउने अभियानअन्तर्गत शुक्रबार २ विद्यालयमा पुस्तक हस्तान्तरण गरिएको छ ।
हेटौंडा–१६ स्थित जनप्रिय मावि र हेटौंडा १३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सोही विद्यालयका पूर्व विद्यार्थीको प्रायोजनमा पुस्तक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी तथा नेशनल लाइफ इन्स्योरेन्स हेटौंडाका प्रबन्धक शर्मिला बलामीको प्रायोजनमा जनप्रियका सहप्रधानाध्यापक राम आशिष मण्डललाई पुस्तक हस्तान्तरण गगरिएको हो । बलामीले विद्यालयका ४८ शिक्षक कर्मचारीका लागि ‘शिक्षकको भाषा’ पुस्तक हस्तान्तरण गरेकी हुन् ।
यस्तै हेटौंडा १३ पदमपोखरीमा रहेको महेन्द्र माविमा पनि पूर्व विद्यार्थी समूहले सबै शिक्षकहरूका लागि पुस्तक उपहार दिएका छन् । पूर्व विद्यार्थीहरू फेन्चु लामा, राम मिजार, गुणराज थिङ, मङ्गलबहादुर स्याङ्तान र रामकृष्ण वाइबाले विद्यालयका ३५ शिक्षकलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ गत शनिबार हेटौंडामा विमोचन भएको थियोे । यस अघी वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका थिए । हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् ।
मकवानपुर । मकवानपुरे लेखक छवि अनित्यद्वारा लिखित पुस्तक ‘शिक्षकको भाषा’ पुर्व विद्यार्थीहरूले उपहारस्वरूप शिक्षकहरूलाई प्रदान गरेका छन् ।
वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका हुन् । हेटौंडा – ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् ।
आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी हुन् । पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए ।
शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक ‘शिक्षकको भाषा’ शनिबार हेटौंडामा विमोचन भएको थियो ।
अभिभावक शिक्षक तथा विद्यार्थीहरूको लागि पठनीय सामग्री समाबेश गरेर तयार गरिएको लेखक अनित्यले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा ‘शिक्षकको भाषा’ पुस्तक विमोचन गरिएको छ । कवि छवि अनित्यको ‘शिक्षकको भाषा’ पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो ।
पुस्तकमा अहिलेको समयमा शिक्षकको प्रस्तुती, कस्तो शिक्षा अब्बल हुनुपर्ने, शिक्षण संस्थालाई कसरी अगाडि लैजान सकिन्छ लगायत छन । बिगत दुई दशक शिक्षण तथा संचार पेशामा संलग्न अनित्यको यसअघि ‘हल्ला’ र ‘तुइनको बाटो’ कृतिहरु प्रकाशित छन् ।
आकृति क्रिएशनले प्रकाशन गरेको पुस्तक अहिले ३ हजार थान प्रकाशन गरिएको लेखक अनित्यले जानकारी दिए ।
पुस्तक विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीबहादुर पाठक, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेश हुमागाई, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
