मकवानपुर । मकवानपुरमा भरूवा बन्दुक पड्किदा १ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नं. ६ का २२ बर्षिय जिवन घिसिङ साेही वडकाे सृजना सामुदायिक वनमा सिकार खेल्न गएकोमा उनले बोकेको अबैध भरुवा बन्दुक पड्कदा घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
गत बैशाख ३० गते करिब १ बजेको समयमा सिकार खेल्न गएकोमा अवस्थामा बन्दुक अचानक पड्कन गई घिसिङकाे दाहिने कोखामा गोलि लागि घाईते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घिसिङका आफन्तले उनलाइ हेटौडा स्थित अस्पतालमा उपचार गराउन ल्याएकोमा अवस्था गम्भिर रहेकोले थप उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन पठाएको प्रवक्ता रिमालले बताए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई अबैध भरुवा बन्दुक बरामद गरिएको र घटना बारे थप अनुसन्धान भईरहेको रिमालले जानकारी दिए ।
- सम्झना घिमिरे
मकवानपुर । बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा काेराेना संक्रमितकाे ज्यान जोखिममा परिरहेको अबस्थामा अक्सिजन सिलिण्डर संकलन गरी वितरण गर्दै आएकाे छ । हालकाे जाेखिमकाे अवस्थालाई मध्यनजर गर्दै अक्सिजन संकलन कार्य अभियानको रुपमा संचालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हाल सम्म ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरी वितरण गरिएकाे छ । विभिन्न उद्योग, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिएकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट हालसम्म १ सय २९ थान भरी र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी उपरीक्षक सिलवालले बताए । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएको छ भने अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत सहयोग गर्न सकिने केही सिलिण्डरहरु उपलब्ध गराउने गरिएको छ । संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको सिलवालले जानकारी दिए ।
हालसम्म कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाडाैंलाई १० थान भरी र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ । स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरी तथा ९० थान खाली अक्सिजन सिलिण्डर उपलब्ध गरिएकाे प्रहरी उपरीक्षक सिलवालले बताए ।
अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गरी वितरण कार्य गरिएको हो । बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको सिलवालले जानकारी दिए ।
मकवानपुर जिल्लाभर आज राति १२ बजेबाट निषेधाज्ञा
Tags: No Comments
मकवानपुर । बैशख ३१ गते शुक्रबार राति १२ बजेबाट मकवानपुर जिल्ला भर निषेधाज्ञा जारी हुने भएको छ । मकवानपुर प्रशासनले जिल्लामा कोरोना संक्रमणकाे संख्या बढेसंगै संक्रमणको जोखिमलाई कम गर्न यस अघी बैशाख १९ गते राती १२ वजेबाट ३१ गते राती १२ बजेसम्म मकवानपुरका ४ स्थानीय तहमा निषेधाज्ञा लागु गरेकाे थियाे ।
हाल जिल्लामा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएकाेले जिल्लाका १० वटै स्थानीय तहमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज बैशाख ३१ गते राति १२ बजेबाट जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
विहीबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले यसअघि हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरेर जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेाज्ञामा के गर्न पाइने के गर्न नपाइने
१. औषधी उपचार र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन, मर्निङ तथा इभनिङ्ग वाकमा जान र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्रीवितरण गर्ने पसल विहान ५:०० बजेदेखि विहान ८:०० बजेसम्म मात्र खोल्न पाइने, औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने । फलफूल तथा तरकारीको थोक बजारबाट खुद्रा विक्री वितरण गर्न नपाइने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
तर, हेटौडा उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्र उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पा डाँडाभित्रका औषधी र अक्सिजन सिलिण्डर विक्री वितरण गर्ने पसल बाहेक अन्य अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू हप्तामा मंगलबार र शुक्रबार मात्र विहान ५:०० बजेदेखि विहान ८:०० बजेसम्म खोल्न पाइने । खोपेगल्लीस्थित रहेको तरकारी तथा फलफूल पसल र बसपार्कस्थित खुद्रा तरकारी बजार र माछामासु पसल सम्पूर्ण समयमा बन्द रहने ।
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक (मयुरी, अटो, ट्यामेपो समेत) वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।
४.सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५.पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने । औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा उपमहानगरपालिकाको तोकिएको शहरी क्षेत्रभित्र विहान १०:०० बजेदेखि दिनको ३:०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने र सोही समयमा मात्र सवारी साधन मर्मत गर्ने वर्कसपहरू खोल्न सकिने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक चौथाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
७. बैंकबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक चौथाई कर्मचारीहरूबाट मात्र हप्तामा मंगलबार र शुक्रबार २ दिन विहान ९:०० बजेदेखि दिनको १:०० बजेसम्म मात्र सञ्चालन गर्ने । अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्णरूपमा बन्द रहने ।
८.मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
९.विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिने ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई सम्बन्धित उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।


मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञ उल्लङ्घन गर्ने ८० वटा सवारीकाे कागजपत्र नियन्त्रणमा लिएकाे छ ।
२९ प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ टोलिले मकवानपुर जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/ स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
साथै निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरीएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर / मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा ७ मा भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन् । वडा ७ कोगटे बस्ने २८ वर्षीय गगनबहादुर सिंजाली घाइते भएका हुन् ।
सोही स्थानको भालेडाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकोमा उनी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिंजालीलाई घाइते अवस्थाबाट उद्वार गरी आफन्तले हेटौडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ । सिंजालीको दाहिने साईडमा कम्मरको भागमा लागेको चोट गोली लागेको जस्तो देखिएपछि प्रहरीले घटना स्थलमा अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा घाईते गगन बहादुर सिंजालीले आफैले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई घाईते भएको खुल्न आएको प्रहरी नायव उपरीक्ष जयश्वर रिमालले बताए ।
घटना स्थलबाट भरुवा बन्दुक थान १ समेत बरामद गरिएको तथा घाईतेको हाल प्रहरीको निगरानीमा उपचार भईरहेको घटना बारे थप अनुसन्धान भईरहेको रिमालले बताए ।