मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैर कानुनी काममा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिएका छन् । प्रहरीका अनुसार ६ ग्राम ७५० मिली ग्राम लागुऔषध खैरो हिरोईन सहित सहित ३ जना व्यक्ती नियन्त्रणमा लिएको छ ।
प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. २ संगमचोक स्थित सडकमा जांच गर्ने क्रममा ना ४३ प ८६५१ नं. को मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । हेटौडा उप महानगरपालिका वडा नं. १५ बस्ने २३ बर्षिय राजेश खाती र सोही मोटरसाईकलको पछाडी सवार मकवानपुर राक्सिराङ्ग गाउँपालिका वडा नं. ३ बस्ने २० बर्षिया आयुषा ठकुरीले लुकाई छिपाई ल्याएको २ ग्राम ७५० मिली ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो । दुबैलाई लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा सवारी चेकजाँच गर्ने क्रममा खैरो इरोइन बरामद गरेको छ । बिरगञ्जबाट हेटौडा तर्फ आउदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटर साईकलबाट धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं.१४ बस्ने २९ बर्षिय बलराम गुरुङ्गले लुकाई छिपाई ल्याएको ४ (चार) ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । गुरुङको साथबाट लागू औषध नाईट्राभेट १३ ट्याब्लेट फेला परेको रिमालले बताए ।
मकवानपुर । लागु औषध गाँजाको कारोवारमा संलग्न भएको पाइएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७० वर्षीय एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ५ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ७० वर्षीय गणेश रायलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा उपमहानगरपालिका १९ नेवार पानी पूर्व पश्चिम राजमार्ग सडकखण्डबाट रायलाई पक्राउ गरिएको हो ।
भारतको छाप्रा जिल्ला सबलपुर बस्ने रायले लागुऔषध गाँजा ५ किलो ५०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
निकुञ्जले घरमा आगो लगाएपछि सडक अन्दोलनको तयारीमा चेपाङ संघ
Tags: No Comments
मकवानपुर । अनिकालको समयमा बस्ने बास गुमाएर विचल्ली भएका चितवन जिल्ला माडि नगरपालिका वडा नम्बर ९ का चेपाङहरु न्यायको लागि सडक आन्दोलमा आउने भएका छन् ।
गत आइतबार राती चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको २० घरमा आगजनी गरिदिएपछि उनीहरुको बास उठेको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीयको घरमा आगो लगाइ दिएको थियो । जसमा १७ घर पूर्ण रुपमा ध्यस्त भएको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा पूर्व सांसद गोविन्दराम चेपाङले बताए ।
उनका अनुसार निकुञ्जले आगो लगाएपछि अहिले झण्डै एकसय जना चेपाङहरु बास विहीन भएका छन् । ओत लाग्ने ठाँउ नभइरहेको बेला हिजो (मंगलबार) साँझ परेको असिना पानीले झनै समस्या भएको उनले बताए । असिना पानी परेपछि उनीहरु अहिले छिमेकी बस्ति भालुखोला भन्ने ठाउँ आश्रमय लियर बसेका छन् ।
“सरकारले घर दिएको छ भनेर एउटै कुरा गर्छ, घरले खान दिंदैन, के खाने ?” उनले भने । राजनीति र राष्ट्रिय निकुञ्ज बिचकै कुरा नमिल्दा चेपुवामा चेपाङ परेको उनले बताए । राजनीति (सरकार) ले घर बनाएर राखें भन्छ, अहिले सारेको क्षेत्र पनि बफर्जुन क्षेत्र नै हो आर्मीले फेरी लखेट्छ” उनले भने “२ दशकदेखि यहि समस्या भोग्दै आएका छौ, कहिलेसम्म भोग्ने ?” चेपाङलाई सधैंभरी दुखै मात्रै दिएको तर, काम गरेर खाने व्यवस्था नगरेको उनले बताए । अन्न उब्जाउने, मेलापात र ज्यालादारी गर्ने ठाउँ पनि चाहियो, ओत लागेर मात्रै त बाचिन्न नी, हामी पनि मान्छे नौ हौ” पूर्व सांसद चेपाङले भने ।
सरकारले चेपाङको समस्या नसुन्ने पीडामात्रै दिने गरेपछि नेपाल चेपाङ संघले सडक आन्दोलनमा जाने तयारी गरेको उनले बताए । “सुरुमा हामी धादिङ, चितवन मकवानपुर केन्द्रीत आन्दोलन गर्ने तयारीमा छौं” उनले भने । चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएको नेपाली सेना सहितको टोलीले आइतबार राती स्थानीयको घरमा आगो लगाएका थिए। एकपटक स्थानान्तरण गरिसकेपछि पुनः पुरानै स्थानमा पुगेर घर बनाउने र बस्ने गरेको कारण घर जलाएको निकुञ्जले जनाएको छ ।

माडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीका अनुसार माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि गत साउनमा पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो। उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा पनि स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी नै गरेको थियो।
यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सयभन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो। त्यसयता यहाँका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ।
यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद पनि हुँदै आएको छ । पछिल्लो समय सरकारले भूमीहीनहरुलाई बसोबास गरिरहेको स्थलको जमिनको निस्सा वितरण गरिरहेकोले बसोबास स्थानान्तरण गरिएकाहरू पनि पुनः कुसुमखोला फर्किएर घर निर्माण गरेको निकुञ्ज स्रोतको दाबी छ।
आगलागी विरुद्ध विरोधको विज्ञप्ती
माडी नगरपालिकाको वडा नम्बर ९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगोलागि गराइएको प्रति मानव अधिकारवादीहरुले विरोध जनाएका छन् ।
नेपाल चेपाङ संघ चितवन र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले विज्ञप्तिमार्फत अति सिमान्तकृत चेपाङ समुदायमाथि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको घटनाको निन्दा गरेका छन् ।
घरबारविहीन भएका चेपाङ परिवारलाई तत्काल गास, बास र कपासको व्यवस्थापन गर्न सरकारसमक्ष माग गरिएको छ।
घटनाको नेकपा एमाले चितवनले पनि विरोध जनाएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा घरभित्र भएका अन्नपात, लत्ताकपडा समेत झिक्न नपाई नष्ट गर्ने कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य भएको उल्लेख छ ।
यसै गरी नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले माडी कुसुमखोलामा रहेका चेपाङवस्तीमा गरिएको आगजनी घटनाको छानविन गर्न माग गरेका छन् । सरकारभन्दा ठुलो भएको दम्भ राख्दै चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायमाथि दुव्र्यवहार वर्षेनी दोहोर्याउनु गलत भएको पूर्व सांसद समेत रहेका चेपाङले इकाजसँगको कुराकानीमा भने ।
गत १० चैतमा कुसुमखोलाका चेपाङलाई बस्नको लागि राइडाँडामा बनाइएको नमुना वस्तीमा सार्नको लागि बस्तिको उद्घाटन गरिएको थियो। राइडाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट ४१ घरहरु बनाइएका छन् । तर, माडी–९ कुसुमखोलामा अझैपनि चेपाङ वस्ती रहेको छ । २४ वर्षयता सो ठाउँमा चेपाङ समुदायको बसोबास रहेको छ ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले स्थानीयको गास र बासको लागि नगरपालिकाले पहल गरिरहेको बताए । मेयर ढकालका अनुसार चेपाङ बस्तिको एक पुरानोसहित केही १९ वटा नयाँ घरमा आगजनी गरिएको छ । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि पुरानै बस्तिमा गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।
मेयर ढकालले चेपाङ बस्तिमै पुगेर आफूहरुले स्थानान्तर गरेको बस्तिमा सर्नको लागि समन्वय गरिरहेको बेलामा एक्कसी गएर निकुञ्जले रातको समयमा घरघित्रको सामान समेत झिक्न नदिइ आगो लगाएको बताए । “हामीले स्थानीय चेपाङहरुलाई समन्वय गर्दै, सार्ने काम गरिरहेका थियौ, निकुञ्जले हामीसँग समन्वय नै नगरी बस्तिमा आयो लगाएछ” उनले भने ।
सरकारले स्थानान्तरण गरेको स्थामा उनीहरुको लागि २ कोठाको घर मात्रै छ, तर चेपाङहरुले आफूहरुलाई कम्तिमा ६ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने अडान राख्दै आएका छन् ।
मकवानपुर । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रही रहेन छ । प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभरका गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ ।
मकवानपुर/गरिब बस्ति हात्ति गौडा । सबै घरको छाना फुस र स्याउलाले छाइएको । सबैको पेशा भट्टी सञ्चालन । साँझ पर्दै थियो, सबैजसो भट्टीहरुमा सेवाग्राहीको चाप बाक्लिदै थियो ।
बस्तिको एक भट्टी (चम्सुरीको घर) मा नाचगान सहितको कार्यक्रम चलिरहेको थियो । सबैजसोको चहलपहल चम्सुरीकै भट्टीमा थियो । नजिकैको भट्टीमा रक्सि बनाउँदै गरेको चुल्होबाट आगोको झिल्का टहरामा पुग्यो । सानो झिल्को आगोले टहरो दन्दनी बल्न थाल्यो । बस्तिमा हाहाकार मच्चियो । चौधरी निवास, भट्ट निवास र कान्छीको भट्टी नष्ट भए । भागदौडकै क्रममा लडेर केहीको हात भाँचियो त केहीको खुट्टा । सुरक्षा निकायलाई खबर गरियो ।

नेपाली सेना, सशस्त्र प्रहरी बललगायतको अग्नी नियन्त्रण टोली, नगरपालिकाको बारुणयन्त्र, रेड्क्रसको प्राथमिक स्वास्थ्य उपचार टोली सबै आइपुगे । आगो निभाउने, प्राथमिक उपचार गर्ने आ–आफ्नो भूमिकमा सबै लागिपरे । बस्तिको २ घर बाहेक सबै जलेर नष्ट भए । आगो नियन्त्रणपछि स्थानीय वडा अध्यक्षको रोहबरमा प्रहरीले मुचुल्का सहित क्षेति विवरण संकलन गरेर फर्कियो ।
कुनै पनि समय सत्य बन्न सक्ने यो एउटा नाटकीय प्रस्तुती थियो । जिल्ला विपत् व्यवस्थापन समितिको नेतृत्वमा देखाइएको नाटक कुनै पनि बेला कुनै पनि स्थानमा सत्य सावित हुन सक्छ । यसको पूर्व तयारी गर्नको लागि सचेतना अभिवृद्धि गर्ने उद्दश्यका साथ नाटक मन्चन गरिएको थियो ।
एउटा घरमा लागेको आगोले सहजै बस्ति सखाप पार्न सक्छ । चैत बैशाखको समयमा बिशेषगरी हावाहुरी तथा आगलागी हुने संभावना बढी हुने गर्दछ । सुख्खा मौसमका बेला यस्ता विपदले कहिले र कतिबेला समस्यामा पार्छन त्यो भन्न सकिन्न । यसैले सचेतनाको लागि यस्तो प्रस्तुती गरिएको प्रमुख जिल्ला अधिकारी भरतमण्ी पाण्डेले बताए ।
विपदबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति (डेमो) परिक्षण प्रदर्शन गरेको हो ।

खासगरी आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरख बहादुर गण सुपारेटार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरका तालिमप्राप्त सुरक्षा सुरक्षाकर्मीहरुले ससाना घरहरुलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनी नमुना प्रदर्शन गरिएको सशस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपनिर्देशक पप्पुशर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, शिक्षक, विद्यार्थी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।