मकवानपुर । लागु औषध गाँजाको कारोवारमा संलग्न भएको पाइएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७० वर्षीय एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ५ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ७० वर्षीय गणेश रायलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा उपमहानगरपालिका १९ नेवार पानी पूर्व पश्चिम राजमार्ग सडकखण्डबाट रायलाई पक्राउ गरिएको हो ।
भारतको छाप्रा जिल्ला सबलपुर बस्ने रायले लागुऔषध गाँजा ५ किलो ५०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
