मकवानपुर । गैरकानूनी गतिविधिमा संलग्न रहेकाे कारण कैद ताेकिएकाे व्यक्ति कति समय फरार रहन सक्ला ? ६ वर्ष कैद छल्नका लागि ७ दशकभन्दा बढी समयदेखि फरार रहने व्यक्ति पनि मकवानपुरमा छन् ।
वि.स २००२ माघ २३ मा चोरीडकैती मुद्दामा दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिवाना तोक्यो ।
६ वर्ष कैद तोकिएका उनीहरु कैद तोकिएको ७७ वर्ष नाघ्दासम्म पक्राउ परेका छैनन् । उनीहरु एउटा उदाहरण मात्रै हुन् । अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार नै छन् । फरार सूची लम्बिने क्रम जारी छ, तर प्रहरी प्रशासनले फरार अभियुक्तलाई खोजि तथा नियन्त्रणमा खासै चासो देखाएको छैन ।
उनीहरूको ज्यूँदो रहेको वा नरहेको भन्ने बारेमा समेत प्रहरी प्रशासन तथा अदालत जानकार छैन । तत्कालिन पीडितहरुको अवस्था र उनीहरुको मनोदशाको अवस्थाबारे त झन् चासो राखिदैन ।
स्वेदशीमात्रै हैनन्, विदेशीहरु पनि फरार सूचीमा छन् । फरार सूचीमा ९५ जना विदेशी नागरिक छन्रु। दोषी ठहर भएर पनि फरार रहेकाहरूको सूची जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइने गरे पनि अझै धेरै अभियुक्त पक्राउ नपरेका जिल्ला अदालतका श्रेस्तेदार तीर्थराजभट्टराईले बताए ।
केही वर्षयता दोषी ठहर भई फरार भएकाहरूको सेवा सुविधा रोक्का गर्न अदालतले जिल्लास्थित विभिन्न सरकारी निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै आएको छ । सोही आधारमा गत वर्ष मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले लागूऔषध सम्बन्धी मुद्दामा फरार ४ जनाको सेवा सुविधा रोकेको थियो ।
फैसलाअनुसारको दण्ड जरिवाना संकलन नहुँदा जिल्ला अदालतले उठाउनु पर्ने जरिवाना रकम पनि बढ्दो रहेको छ । हालसम्म ३२ करोड ६२ लाख ३४ हजार १ सय ८२ रुपैयाँ बक्यौता रहेको । त्यस्तै, कैद लगत ३ हजार ७ सय ६६ वर्ष १ महिना ९ दिन पुगेको छ । यो आँकडा पछिल्लो एक वर्षमा १ सय ११ वर्ष थपिएको हो।
“कैद र जरिवाना तोकिएकाहरु कति राधी लुकीछिपी हिँडिरहेकै छन्” अधिवक्ता ईश्वर ढकाल भन्छन् “अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ ।” थोरै जनशक्ति कामको चाप धेरै भएको कारण पनि निगरानी गर्न नसकिएको सम्बन्धित पक्षको दाबि छ । प्रहरीले दैनिक काम गर्न नै जनशक्ती अपुग गभएको बताउँदै आएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा मकवानपुर प्रहरीले १ सय २६ जना फरार अभियुक्तलाई पक्रेर कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले कसुर प्रमाणित भइसकेका र फरार रहेका व्यक्ति पक्राउ गर्न सबै क्षेत्रका प्रहरीलाई अनुरोग गर्दै परिपत्र गरेको बताए । “दोषीलाई पक्रेर सजाय दिलाउन सके मात्र पीडितलाई न्यायको अनुभूति मिल्छ, त्यसमा प्रहरीको ध्यान रहन्छ नै” कार्कीले भने ।
न्यायको अन्तिम आशाको केन्द्र अदालत हो, अदालतको फैसला कार्यान्वन नहुँदा पीडितको आशा र भरोसा टुट्दै जान्छ । “बर्सेनि जरिवाना र कैदको बक्यौता वृद्धि हुनु र दोषीहरू फरार भइरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन, फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ” अधिवक्ता अप्सरा बस्नेत भन्छिन् “पीडितको हौसला बढाउँदै, न्यायको सम्मानार्थ पनि फैसला कार्यान्वन अनिवार्य छ ।”
जरिवाना र कैदको बक्यौता उठाउन अदालतले डोर पठाउने मात्र नभई प्रहरी प्रशासनसँग सहकार्य गर्दै आएको श्रेस्तेदार भट्टराईले दाबी गरेरु। केही वर्षयता स्थानीय तहसँग पनि सहकार्य अघि बढाइएको उनको भनाइ छरु। यसैबीच, जिल्ला अदालतले गत आवमा ६० प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरेको छरु। अदालतमा एक वर्षमा ३ हजार २३ वटा मुद्दा दर्ता भएका थिएरु। तीमध्ये १ हजार ८ सय १ थान मुद्दा फर्स्यौट भएको श्रेस्तेदार भट्टराईले जानकारी दिए।
अदालतको फैसलापछि फैसला कार्यान्वन नहुँदा समाजका गैरकानूनी गतिविधिमा रोकावट आउने अपेक्षा गिर्दै आउँछ । पीडितलाई न्यायको अनुभुति हुन्न भने अपराधमा संलग्न रहनेहरुको मनोवल उच्च हुने अधिवक्ता तथा अधिकारकर्मी जगन्नाथ सुवेदी बताउँछन् ।
“पिडित आफूले पूर्ण न्यायको आभाष गर्नको लागि पनि फैसलाको कार्यान्वन अनिवार्य छ” सुवेदीले भने “अपराध गर्ने र फरार रहने हो भने, समाजमा यस्ता गलत गतिविधिको नियन्त्रयण संभव छैन ।”
मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हेटौडा-४ स्थित क्वीक २० होटल करेन्ट लागेर शनिबार साँझ १ जनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा बारा जितपुर-सिमरा उपमहानगरपालिका घर भई होटलमा काम गर्दै आएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार साँझ पार्टी प्यालेसको छतमा सुकाएको कपडा उठाउने क्रममा लामिछाने करेन्ट लागेर गम्भीर घाईते भएका थिए ।उनको उपचारको क्रममा गएराति हेटौंडा स्थित संचो अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पदमपोखरी र जिल्लाप्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १२ सोल्टी चोक बस्ने बर्ष २४ को गोरे भाई भन्ने अमित लामाको घरमा तलासी गर्दा ONEREX फेला पारेको हो ।
दानाको बोरा भित्र प्लाष्टिकको झोलामा लुकाई राखेको अबस्थामा लागु औषध ONEREX सहित लामालाई नियन्त्रणमा लिएको हो । उनको घरबार १०० मिलीको १४८ बोतल फेला पारेको प्रहरीले बताएको छ । उक्त लागु औषध र लामा माथि अनुसन्धान भईरहेको प्रहरी प्रहक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
यसैगरी प्रहरीले लागु औषध ONEREX काे १३ बोतल सहित ४ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा ४ चिल्ड्रेनपार्क स्थित चौतारी होटलबाट ४ जनालाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा २ बस्ने ४९ वर्षिय राजेश श्रेष्ठ, हेटौंडा ४ बस्ने ५४ वर्षिय रामकाजी श्रेष्ठ, हेटौंडा १३ बस्ने २६ वर्षिया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा १२ घर भई हेटौंडा ११ मा डेरा गरी बस्ने २५ वर्षिया ईशा घलानलाई नियन्त्रणमा लिएको हो । उनीहरु मध्ये राजेश श्रेष्ठको साथबाट लागु औषध ONEREX को १३ बोतल फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त लागु औषधको बारेमा सोधपुछ गर्दा उनीहरु चारै जना मिलि ल्याएको भन्ने बयान दिएपछि सबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

यसैगरी प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा र व्यक्ति नियन्त्रणमा लिएको छ। प्रहरीले हेटौंडाको रातोमाटे चौकीमा जाँच गर्दा अबैध कपडा फेला पारेको हो । हेटौंडा १५ रातोमाटे चेक पोईन्ट सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आंउदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी जांच गर्ने क्रममा बसको डिकी र छतमा ७ बोरा विभिन्न प्रकारको कुर्ता सुरुवाल तथा साडीहरु फेला पारेको हो ।
कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस फेला परेको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार कपडा ल्याउने व्यत्ति भने पहिचान भएको छैन ।
महिला र बालबालिका क्षेत्र प्राथमिकतामा राख्छु: प्रनामनि बज्राचार्य
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।
लागू औषध दुर्ब्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने उनले बताएका छन् । हाल बागमती प्रदेशमा ट्राफिकको समस्या देखिएको भन्दै यसको समाधानमा जनप्रतिनिधिलगायत सर्बसाधारणको पनि साझेदारी हुनुपर्ने उनले बताए ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले आज आयोजना गरेको स्वागत कार्यक्रम प्रहरी नायब महानिरीक्षक बज्राचार्यले यस्तो बताएका हुन् ।
आपराधिक क्रियाकलाप समाजमा देखिएमा प्रहरीलाई जानकारी दिन पनि उनले आग्रह गरे । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने पनि प्रदेश प्रहरीको योजना रहेको उनले बताए ।
कार्यक्रम हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुलीले सामुदायिक सेवा केन्द्रले धेरै राम्रा राम्रा काम गरेको भन्दै प्रसंशा गरे । समाज सुधार्न सबै तयार हुनुपर्ने पराजुलीले बताए । सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले प्रहरी नागरिक साझेदारीमा काम गर्ने बताए ।
भुकम्प, कोभिड १९ को महामारीमा सामुदायिक सेवा केन्द्रले विशेष अभियान चलाएर काम गरेको जानकारी दिए । प्रहरीको सकारात्मक सहयोगले भएरहित समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरीरहेको बताए । अहिले संस्थाले आपतकालिक सामुदायिक उद्दार केन्द्र तथा एम्बुलेन्स सन्चालनमा ल्याएको बताए । यसैगरी सोही कार्यक्रममा कार्यालय परिसरमा बृक्षरोपण गरीको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौंडा क्यापसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुव्र्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।
विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै ताला लगाएका छन्। विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दूव्र्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका हुन्।
परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आारेप छ । तस्बिर समृद्व समाज
याे पनि चिट ल्याएको आशंका गर्दै छात्रामाथि दुर्व्यवहार गरेको आरोप