मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हेटौडा-४ स्थित क्वीक २० होटल करेन्ट लागेर शनिबार साँझ १ जनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा बारा जितपुर-सिमरा उपमहानगरपालिका घर भई होटलमा काम गर्दै आएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार साँझ पार्टी प्यालेसको छतमा सुकाएको कपडा उठाउने क्रममा लामिछाने करेन्ट लागेर गम्भीर घाईते भएका थिए ।उनको उपचारको क्रममा गएराति हेटौंडा स्थित संचो अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

