मकवानपुर । यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यतिको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौँबाट उडेको ६९N कल साइन भएको विमान दुर्घटना भएको हो । विमानमा क्रु मेम्बरसहित ७२ जना सवार रहेको बताइएको छ । प्राधिकरणका अनुसार विमान चालकदलका ४ जनासहित ८ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
यसै बिच मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । पोखरामा विमान दुर्घटनालगतै प्रधानमन्त्रीले प्रचण्डले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले ७ किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक केदार विकको टोलीले पुष २० गते बिहान हेटौंडा ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बस चेक जाच गर्दा उक्त परिणामको गाँजा सहित मानिस नियन्त्रणमा लिएको हो ।
प्रहरीले बसमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष ६० का डिल बहादुर चेपाङको साथबाट ५ किलो ७ सय ग्राम तथा सोही ठाँउ बस्ने वर्ष १९ का प्रकाश चेपाङको साथबाट १ किलो ३ सय ग्राम लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।
दुबैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइ रहेको प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
करेण्ट लागेर एक जनाको मृत्यु
Tags: No Comments
मकवानपुर । करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
हेटौडा १७ स्थित कर्रा जोडधारा खोला भन्ने ठाउँमा निवासी वर्ष १८ को अमृत तामाङले माछा मार्नको लागि करेण्ट मिलाउने क्रममा अचानक करेण्ट लागि घाईते भएका थिए ।
उपचारको लागि स्थानियले हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा राती साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो माछामार्न करेन्ट मिलाउदा घाइते भएका तामाङको ढिलोगरी उपचारमा ल्याइएको निजको श्रीमती कोपिला तामाङले जानकारी दिएको प्रहरीले जनाएको छ । अहिले शब हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १९ मचुनडाडाँ स्थित निर्माणाधिन दाना फ्याक्ट्रीमा काम गर्ने कामदारहरु र स्थानीय बिच विवाद भएको छ ।
विवाद हुंदा स्थानीय २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार राती ८ बजे मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा भनाभन भएको थियो ।
सामान्य बिषयमा बिबाद हुदा कुटपिटगरी घाईते बनाएपछि प्रहरीले कुटपिट गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको हेटौंडा स्थित चुरेहिल हस्पिटलमा उपचार हुंदैछ ।
इलाका प्रहरी कार्यालय हेटौंडा १९ नेवारपानी बाट ४ किमि. पुर्ब उत्तर पर्ने मुचनडांडामा भएको यो घटनापछि स्थानीय बर्ष१९ को दिनेश देबकोटा र बर्ष २३ को सुजन मोक्तान घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको छ ।
कुटपिटमा संलग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर भिमफेदी ८ बस्ने बर्ष २३ को कृष्ण तामाङ,भिमफेदी ३ बस्ने बर्ष २० को एकलाल बजु, बर्ष २२ को महेन्द्र घलान, बर्ष २० को सुदिप बजु, भिमफेदी २ भैसे बस्ने बर्ष २२ को पृथ्वी केपछाकी मगर, बर्ष २७ को सुजन केपछाकी मगर, भिमफेदी १ बस्ने बर्ष १८ को बिबेक पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
पुष २४ गते मनहरी बजारबाट बारा जितपुर ७ का वर्ष २९ का बिनोद सहनी र ४५ वर्षीय बुनी सहनीलाई लागूऔषध गाँजा १ किलो ६ सय ग्राम सहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
मनहरी ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक कृष्णराज ढकालसहितको गस्ती टोलीले मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजारस्थित पैदल हिडिरहेका सहनीद्वयलाई शंकालागि चेकजाच गर्दा उक्त परिणामको गाँजा फेला पारेको थियो ।
निजहरुले कम्मरमा प्लास्टिकले बेरी लुकाई ल्याएको गाँजा सहित सहनीद्वयलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।