मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १९ मचुनडाडाँ स्थित निर्माणाधिन दाना फ्याक्ट्रीमा काम गर्ने कामदारहरु र स्थानीय बिच विवाद भएको छ ।
विवाद हुंदा स्थानीय २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार राती ८ बजे मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा भनाभन भएको थियो ।
सामान्य बिषयमा बिबाद हुदा कुटपिटगरी घाईते बनाएपछि प्रहरीले कुटपिट गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको हेटौंडा स्थित चुरेहिल हस्पिटलमा उपचार हुंदैछ ।
इलाका प्रहरी कार्यालय हेटौंडा १९ नेवारपानी बाट ४ किमि. पुर्ब उत्तर पर्ने मुचनडांडामा भएको यो घटनापछि स्थानीय बर्ष१९ को दिनेश देबकोटा र बर्ष २३ को सुजन मोक्तान घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको छ ।
कुटपिटमा संलग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर भिमफेदी ८ बस्ने बर्ष २३ को कृष्ण तामाङ,भिमफेदी ३ बस्ने बर्ष २० को एकलाल बजु, बर्ष २२ को महेन्द्र घलान, बर्ष २० को सुदिप बजु, भिमफेदी २ भैसे बस्ने बर्ष २२ को पृथ्वी केपछाकी मगर, बर्ष २७ को सुजन केपछाकी मगर, भिमफेदी १ बस्ने बर्ष १८ को बिबेक पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

