मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई वटा घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
मंगलबार बिहान ११ बजेको समयमा राक्सिराङ ५ का गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले २ वटा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा जलेर नष्ट हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घरमा लागेको आगो स्थानीयको सहयोगमा दिउँसो ४ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबई जहाजको १ इञ्जिनमा समस्या देखिए पनि अवतरण नगरी गन्तव्य तर्फ गएको छ ।
सोमबार राती उडेको केहिवेरमै १ वटा इञ्जिन फेल भइ झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो। पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाजमा उडेको केहीबेरमै समस्या देखिएको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’
अहिले त्रिभुवन विमानस्थलकाे अवस्था सामान्य भएकाे र विमान सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको बताइएको छ । जहाज अहिले भारतकाे आकाशमा पुगेकाे बताइएकाे छ । दुवै इन्जिन नर्मल भनेर पाइलटले जानकारी गराएको विमानस्थलले जनाएको छ।
मकवानपुर । मकवानपुरमा भएको ट्याक्टर दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
आज मनहरी गाउँपालिका ३ कालिदमार भित्री सडकबाट मिलडांडातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदा ३ जनाको मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मधेश प्रदेश ०३-००१ त ७१८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो । ट्याक्टरमा सवार ५ जनामध्य ३ जनाको ज्यान गएको हो । २ जना घाइते छन् ।
घाइते भएका अन्दाजी २४ बर्षिय राजकुमार प्रजालाई चुरेहिल अस्पतालमा उपचारको लागि ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । यस्तै हेटौंडा अस्पतालमा उपचारको क्रममा मनहरी ३ हाँडिखोला बस्ने अन्दाजी ३० बर्षको बिरमान रुम्बालाई डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यस्तै सालघारी बस्ने अन्दाजी २० बर्षको प्रबिण प्रजा उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी दुर्घटनामा घाइते भएका मनहरी हांडिखोलाका अमृत प्रजा चुरेहिल अस्पतालमा उपचारत छन् । उनको अवस्था मध्यम रहेको बताईएको छ । यसैगरी अर्का घाइते ठेगाना नखुलेका अन्दाजी ४५ उमेरको जोखलाल प्रजाको शरिरका बिभिन्न भागमा चोट लागेकोमा चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुललेलाई बताए ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । बिस्तृत बिवरण आउन बाकी छ ।
चट्याङले लागेर चौपायको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ३ घोप्टे भन्ने स्थानमा चट्याङ पर्दा ४ वटा चौपायको मृत्यु भएको छ ।
घोप्टे बस्ने मदन सापकोटाको घर नजिक रहेको गोठमा चट्याङ पर्दा खसी, बाख्रा गरी ४ वटा मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट धादिङबाट खटिएका प्रहरी सहायक निरीक्षक गोकर्ण थापाका अनुसार पशुचौपायको मृत्यु हुँदा अन्दाजी पैसठ्ठी हजार बराबरको क्षती भएको छ ।