मकवानपुर । मकवानपुरमा भएको ट्याक्टर दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
आज मनहरी गाउँपालिका ३ कालिदमार भित्री सडकबाट मिलडांडातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदा ३ जनाको मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मधेश प्रदेश ०३-००१ त ७१८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो । ट्याक्टरमा सवार ५ जनामध्य ३ जनाको ज्यान गएको हो । २ जना घाइते छन् ।
घाइते भएका अन्दाजी २४ बर्षिय राजकुमार प्रजालाई चुरेहिल अस्पतालमा उपचारको लागि ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । यस्तै हेटौंडा अस्पतालमा उपचारको क्रममा मनहरी ३ हाँडिखोला बस्ने अन्दाजी ३० बर्षको बिरमान रुम्बालाई डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यस्तै सालघारी बस्ने अन्दाजी २० बर्षको प्रबिण प्रजा उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी दुर्घटनामा घाइते भएका मनहरी हांडिखोलाका अमृत प्रजा चुरेहिल अस्पतालमा उपचारत छन् । उनको अवस्था मध्यम रहेको बताईएको छ । यसैगरी अर्का घाइते ठेगाना नखुलेका अन्दाजी ४५ उमेरको जोखलाल प्रजाको शरिरका बिभिन्न भागमा चोट लागेकोमा चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

