मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
असार २५ गते दिउँसो १२:५० बजेको समयमा मनहरी गाउँपालिका ६ नयाँबस्ती स्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप ८ घर भई चितवन खैरेनी ८ बस्ने अन्दाजी ५० वर्षीय नर बहादुर थापाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मनहरी ६ मा सडकको पोलमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए ।
थापालाई बेहोस अवस्थामै उपचारको लागि भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी नयाँबस्तीमा भएको सवारी दुर्घटनामा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न ।
असार २३ गते राती १:४५ बजेको समयमा मनहरी ६ नयाबस्ति डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौडा तर्फबाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नं.को ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा दुबै ट्रकमा आगलागी भएको थियो ।
आगलागीबाट दुबै ट्रक पूर्णरूपमा जलेको बताइएको छ । दुर्घटनामा ६६६७ नम्बर ट्रक चालक चितवन राप्ति नगरपालिका ८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, ट्रकको सहचालक गोरखा गण्डकी गाउँपालिका गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ६३१ नम्बर ट्रक सहचालक मकवानपुर मनहरी ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका ३ का ३५ वर्षीय बिबेक तमाङ र ६३१ नम्बरको ट्रक चालक मनहरी ३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
३ जना ब्यक्तिहरु सवारी साधनमै च्यापिएको घाइतेहरुले जानकारी दिएका थिए । घाइते दुबै जनाको अवस्था मध्यम रहेकोमा उपचारको लागि भतरपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
हेटौडा उपमहानगरपालिकाको २ वटा दमकलबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण राज ढकालले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको मनहरी नयाँबस्तीमा भएको सवारी दुर्घटनामा आगलागी हुँदा २ जना घाइते भएका छ्न ।
असार २३ गते राती १:४५ बजेको समयमा मनहरी ६ नयाबस्ति डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौडा तर्फबाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै ट्रकमा आगलागी भएको थियो ।
दुर्घटनामा आगलागी हुँदा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका ३ का ३५ वर्षीय बिबेक तमाङ र ६३१ नम्बरको ट्रक चालक मनहरी ३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको अवस्था मध्यम रहेकोमा उपचारको लागि भतरपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । हेटौडा उपमहानगरपालिकाको २ वटा दमकलले आगो निभाउने कार्य गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण राज ढकालले जानकारी दिए ।
दुर्घटना भएको दुबै ट्रक पूर्ण रुप जलेको बताइएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले झण्डै २ क्वीन्टल गाजाँ बरामद गरेको छ । मकवानपुरको हेटौंडाको रातोमाटेबाट १ सय ९० केजी गाँजा सहित १२ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा सहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र अरु ४७ किलो लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षाजाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला बीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय बिनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।
त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ।
मकवानपुर । मकवानपुरमा न्यायालयका कर्मचारीद्वारा पेन डाउन गरेका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीद्वारा आइतबार पेन डाउन गरेका हुन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमीका तामाङलाई कार्यकक्षमै सेवा प्रवाहको क्रममा कानून व्यवसायीद्वारा गरिएकाे अभद्र व्यवहार एवं कुटपिट गरी घाइते बनाएको कार्यको विराेधमा शनिबार दिउँसो १ः३० बजेसम्म पेन डाउन गरेका छन् ।
नायब सुब्बा प्रेमीका तामाङलाई कार्यकक्षमै सेवा प्रवाहको क्रममा कानून व्यवसायीद्वारा गरिएकाे अभद्र व्यवहार भएकोमा उच्च अदालत पाटन वार एशोसियसन र ललितपुर जिल्ला अदालत बार एशोसियसनबाट प्रकाशित विज्ञप्ति र विज्ञप्तिमा उल्लेखित व्यहाेराबाट पिहित कर्मचारीलाई अझै पिडा एवं पिडकलाई संरक्षण दिने कार्य भएकाेले कानूनी राज्यको नै उपहास भएकोले विराेध स्वरुप पेन डाउन गरिएकाे बताइएकाे छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुद्वारा शनिबार संयुक्त ऐक्यवद्धता जारी गर्दै पक्राउ गरिएका कानून व्यवसायीलाई हदै सम्मको कानूनी कारवाही गरी आगामी दिनमा यस्तो प्रवृद्धीकाे पुनरावृत्ती नहुने तर्फ सम्बन्धित निकायको ध्यानाकार्षण समेत गराइएकाे छ । पिडित घाइते कर्मचारी तामाङको शीघ्र स्वास्थ्यलाभले कामना गर्दै सर्वोच्च अदालतमा क्रियाशील ट्रेड युनियनहरुबाट जारी प्रेस विज्ञप्ति प्रति पूर्ण ऐकबद्धता प्रकट समेत गरिएकाे छ ।
यस घटनाप्रती सम्बन्धीत निकायहरु संवेदनशिल भएको नपाइएमा यस पछि हुने बिरोध कार्यक्रम प्रती समेत ऐकबद्धता गर्दछौ । उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी परिवारले गरेकाे छ ।
यसैबीच आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक छन् ।
१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।
