मकवानपुर । मकवानपुरको मनहरी नयाँबस्तीमा भएको सवारी दुर्घटनामा आगलागी हुँदा २ जना घाइते भएका छ्न ।
असार २३ गते राती १:४५ बजेको समयमा मनहरी ६ नयाबस्ति डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौडा तर्फबाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र बिपरीत दिशा तर्फ बाट आउदै गरेको ना ६ ख ६३१ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै ट्रकमा आगलागी भएको थियो ।
दुर्घटनामा आगलागी हुँदा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका ३ का ३५ वर्षीय बिबेक तमाङ र ६३१ नम्बरको ट्रक चालक मनहरी ३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको अवस्था मध्यम रहेकोमा उपचारको लागि भतरपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । हेटौडा उपमहानगरपालिकाको २ वटा दमकलले आगो निभाउने कार्य गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण राज ढकालले जानकारी दिए ।
दुर्घटना भएको दुबै ट्रक पूर्ण रुप जलेको बताइएको छ ।

