मकवानपुर । मकवानपुरमा न्यायालयका कर्मचारीद्वारा पेन डाउन गरेका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीद्वारा आइतबार पेन डाउन गरेका हुन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमीका तामाङलाई कार्यकक्षमै सेवा प्रवाहको क्रममा कानून व्यवसायीद्वारा गरिएकाे अभद्र व्यवहार एवं कुटपिट गरी घाइते बनाएको कार्यको विराेधमा शनिबार दिउँसो १ः३० बजेसम्म पेन डाउन गरेका छन् ।
नायब सुब्बा प्रेमीका तामाङलाई कार्यकक्षमै सेवा प्रवाहको क्रममा कानून व्यवसायीद्वारा गरिएकाे अभद्र व्यवहार भएकोमा उच्च अदालत पाटन वार एशोसियसन र ललितपुर जिल्ला अदालत बार एशोसियसनबाट प्रकाशित विज्ञप्ति र विज्ञप्तिमा उल्लेखित व्यहाेराबाट पिहित कर्मचारीलाई अझै पिडा एवं पिडकलाई संरक्षण दिने कार्य भएकाेले कानूनी राज्यको नै उपहास भएकोले विराेध स्वरुप पेन डाउन गरिएकाे बताइएकाे छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीहरुद्वारा शनिबार संयुक्त ऐक्यवद्धता जारी गर्दै पक्राउ गरिएका कानून व्यवसायीलाई हदै सम्मको कानूनी कारवाही गरी आगामी दिनमा यस्तो प्रवृद्धीकाे पुनरावृत्ती नहुने तर्फ सम्बन्धित निकायको ध्यानाकार्षण समेत गराइएकाे छ । पिडित घाइते कर्मचारी तामाङको शीघ्र स्वास्थ्यलाभले कामना गर्दै सर्वोच्च अदालतमा क्रियाशील ट्रेड युनियनहरुबाट जारी प्रेस विज्ञप्ति प्रति पूर्ण ऐकबद्धता प्रकट समेत गरिएकाे छ ।
यस घटनाप्रती सम्बन्धीत निकायहरु संवेदनशिल भएको नपाइएमा यस पछि हुने बिरोध कार्यक्रम प्रती समेत ऐकबद्धता गर्दछौ । उच्च अदालत पाटन, हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी परिवारले गरेकाे छ ।
यसैबीच आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक छन् ।
१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।


