मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट ८ लाख रुपैयाँ, लागुऔषध र माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज २० गते शनिबार उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त नगद र लागुऔषधसहित कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय राम बहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जित बहादुर चापागाईलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएकाे गस्तीले मकहरी ६ नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागुऔषध फेला पारेको थियो ।
मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६ सय २ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको थियो । लागुऔषध,नगद माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा याेजना सार्वजनिक गरेकाे छ । नजिकिँदै गरेको चाडपर्वहरुमा हुन सक्ने विभिन्न घटनाहरु न्यूनिकरणका लागि मकवानपुर प्रहरीले योजना तयार गरेको हाे ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । आइतबार पत्रकार भेटघाटमा मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले केही योजनाहरु आजैदेखि कार्यान्वयन भैसकेको जानकारी दिए ।
मकवानपुर प्रहरीले हेटौंडा १४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उदेश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको जनाएको छ । साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको रिजालले बताए ।
चाडपर्वलक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरु बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरुमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरुलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए । प्रहरीहरु सुरक्षा नाका,अस्पतालका बिरामी रेफर,लामो दूरी सवारी चेकजाच, यात्रु सहायक कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाईएको उनले बताए ।
यसैगरी केन्द्रीय प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार, विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारिएको हो । दसैँ र तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जनाएको छ ।
यस्ताे छ दशै,तिहार चाडपर्व सुरक्षा योजना
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका कुन्छालमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
असोज २० गते शनिबार बिहान ४: ३० बजे थाहा नगरपालिका वडा नम्बर ११ कुन्छाल स्थित त्रीभुवनराजपथ सडक खण्डमा कण्टेनर दुर्घटना हुदा चालक नुवाकोटका ४२ वर्षीय दिप श्रेष्ठको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरगजंतर्फ बाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसी दुर्घटना भएकोमा चालक नुवाकोट बेलकोट नगरपालिका ५ बस्ने श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनाको सम्बन्धमा कानुनी प्रकृया पूरा गरि थप अनुसन्धान भइरहेको बताईएको छ । दुर्घटना भएको कन्टेनर घट्नास्थलमा रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको धरान चतरा सडक खण्डअन्तर्गतको सडकमा ट्याङ्कर दुर्घटना हुंदा एकजनाको ज्यान गएको छ ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका ५ मा आज दूध ट्याङ्कर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर अनियन्त्रित भई पल्टिँएको थियो ।
दुर्घटनामा चालक हेटौंडा–९ का ३४ वर्षीय सिद्धान्त लामाको मृत्यु भएको हो । सहचालक धादिङ गजुरी गाउँपालिकाका ४५ वर्षका प्रेम अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
ट्याङ्कर सडकबाट १ सय मिटर तल खोल्सामा खसेको थियो ।
कैलाली । मंगलबार दिउसोको भूकम्पपछि बझाङमा लगातार भूकम्पले झट्का दिन थालेकोमा स्थानीय त्रसित भएका छन ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पुन: ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्प जाने क्रम नरोकिएपछी स्थानीयहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन ।
बाल बिकास मावि बझाङका शिक्षक नरेन्द्र उपाध्यायले बेलाबेला भुकम्पको झट्का आउने क्रम नरोकिएका कारण आफूहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएको बताए ।
बझाङलाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण घाइते भइ जिल्ला अस्पताल बुझाङ पुगेकाहरु समेत खुला आकाशमुनि उपचाररत रहेको चिकित्सकले जानकारी दिएका छन ।
जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार अस्पतालमा उपचाररत अन्य बिरामी समेत भुकम्प आउने क्रम नरोकिएपछी खुला आकाशमुनि बसेका छन । उनले बिरामीहरु भित्र बस्न नमानेपछि बाहिरै उपचार गरिरहेको बताए । इकागजबाट
