कैलाली । मंगलबार दिउसोको भूकम्पपछि बझाङमा लगातार भूकम्पले झट्का दिन थालेकोमा स्थानीय त्रसित भएका छन ।
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पुन: ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्प जाने क्रम नरोकिएपछी स्थानीयहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन ।
बाल बिकास मावि बझाङका शिक्षक नरेन्द्र उपाध्यायले बेलाबेला भुकम्पको झट्का आउने क्रम नरोकिएका कारण आफूहरु खुला आकाशमुनि रात बिताउन बाध्य भएको बताए ।
बझाङलाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण घाइते भइ जिल्ला अस्पताल बुझाङ पुगेकाहरु समेत खुला आकाशमुनि उपचाररत रहेको चिकित्सकले जानकारी दिएका छन ।
जिल्ला अस्पताल बझाङका डाक्टर इन्द्र शाहका अनुसार अस्पतालमा उपचाररत अन्य बिरामी समेत भुकम्प आउने क्रम नरोकिएपछी खुला आकाशमुनि बसेका छन । उनले बिरामीहरु भित्र बस्न नमानेपछि बाहिरै उपचार गरिरहेको बताए । इकागजबाट


