जंगलमा भेटिएको शवको पहिचान २ महिनापछि खुल्यो
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा स्थित एक सामुदायिक वनमा बोरा हालेर खाल्टोमा फालिएको शवको पहिचान २ महिनापछि खुलेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा गत साउन २२ गते भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान खुलेको हो। शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खातुन भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमानको घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। मृतकको पहिचान उनका कपडा, गहनालगायतका आधारमा खोजी गर्ने क्रममा भारतको प्रहरीसँगको समन्वयमा खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग उनी बस्दै आएको समेत खुलेको मकवानपुर प्रहरीले जनाएको छ । अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको हो ।
मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन् । डीएनए परीक्षणमा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते शुक्रबार फातमाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको र उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीले जनाएको छ।
क्षितिज समर्पण मकवानपुरमा सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा साहित्यकार क्षितिज समर्पण सम्मानित हुनु भएकाे छ । शनिबार साहित्य सङ्गम मकवानपुरले ‘मकवानपुर कृति सम्मान २०८२’ बाट जाजरकोटका क्षितिजलाई सम्मान गरेकाे हाे ।
उहाँको पहिलो उपन्यास ‘तोरकीन’ का लागि ३५ हजार नगद राशीसहित ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८२’ प्रदान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो । गत वर्ष उक्त सम्मानकाे पुरस्कार राशी २५ हजार रहेकाेमा यस वर्ष बढाएर ३५ हजार पुर्याइएकाे हाे ।
यसअघि साहित्य संगम मकवानपुरले कृति सम्मानका लागि आव्हान गरेको थियो । २०८२ सालभित्र प्रकाशन भएको कृति आव्हान गरिएकाेमा समर्पणको तोरकिनसहित बसन्त पराजुलीको ‘बखान’, सीमा आभाषको ‘महायुग’, निष्प्रभा सजीको ‘याली’, गणेश खनितको ‘लाफा’ र झम्क तिमल्सिनाको ‘विमुक्ति’ लाई अन्तिम सूचिमा अटाएका थिए ।
समर्पणका ‘आगोका फुलहरु’ (एकल गजल सङ्ग्रह २०६७), ‘कैफियत’ (संयुक्त गजल सङ्ग्रह, २०७०) प्रकाशित छन् । उहाँ बाह्रखरी कथा लेखन प्रतियोगिता २०७६ र २०७७ मा समेत पुरस्कृत हुनुभएको थियो । साहित्यकार क्षितिज समर्पण तथा उहाँको कृति तोरकीन माथि मकवानपुरे साहित्यकार सुवास खनालले समीक्षा गर्नुभएको थियो ।
यसैगरी सङ्गमले ३६८ औं नियमित साहित्य सन्ध्या कार्यक्रम गरेकाे छ । मकवानपुरे साहित्यकार डा. केशव श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिवंगत मकवानपुरे साहित्यकारहरु गोविन्द खड्का, डा. गणेश कुमार पौडेल, दीपक मुडबरीको स्मृति विशेष रुपमा उहाँहरुको जीवनका स्मरणीय घटनाहरु चर्चा गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले मकवानपुरे साहित्यको इतिहास तथा परिवेशबारे चर्चा समेत गर्नुभएको थियो ।
बस र ट्रक ठोकिंदा ४४ जना घाइते
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका बस्तिपुरमा बस र ट्रक ठोकिंदा ४४ जना घाइते भएका छन् ।
सोमबार बिहान १ बजेर ४० मिनेटमा हेटौंडा १९ स्थित पुर्व पश्चिम सडक खण्डमा काठमाडौबाट काकरभिटा तर्फ आउदै गरेको बा.प्र.०३-००१ ख २५५६ नम्बरको यात्रु बाहक बसले ना ७ ख ५८३८ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।
बसमा सवार मध्ये ४४ जना घाईते भएकाेमा उपचारको लागि चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा ल्याइएको छ भने बस, ट्रक, ट्रक चालक प्रहरी चौकी नेवारपानीको नियन्त्रणमा रहेको बताइएकाे छ ।
घाइतेहरुकाे विवरणः
१) जिल्ला उदयपुर रौता गापा वडा नम्बर १ बस्ने अन्दाजी वर्ष २७ को प्रदीप मगर बायाँ खुट्टामा चोट अवस्था मध्यम
२) जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर ३ कुचल डाँडा बस्ने अन्दाजी वर्ष ३४ को सागर तामाङ टाउको र दाहिने हातमा चोट अवस्था मध्यम
३) जिल्ला काठमाडौँ महालक्ष्मी महानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी वर्ष ४६ को नारायणी गुरुङ टाउकोमा चोट अवस्था हेर्दा सामान्य देखिएको
४) जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ६ रमाटोल ३६ कि यशोदा फतार टाउकोमा चोट अवस्था मध्यम
५) जिल्ला मोरङ इटहरी नपा वडा नम्बर १ बस्ने अन्दाजी वर्ष २६ को टिकाराम भट्टराई टाउकोमा चोट अवस्था मध्यम
६) जिल्ला सिन्धुपाल्चोक दोरम्बा गाउँपालिका वडा नम्बर ६ गैरीचोक बस्ने अन्दाजी वर्ष ४९ को बाबुलाल तामाङ टाउकोमा चोट अवस्था मध्यम
७) जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ डाँडाटोल बस्ने अन्दाजी वर्ष ४३ को मदन घले शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको
८) ऐ ऐ बस्ने अन्दाजी वर्ष ३८ राखी घले टाउकोमा सामान्य चोट अवस्था हेर्दा सामान्य देखिएको
९) जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नम्बर ८ डालीटोल बस्ने अन्दाजी वर्ष १८ को ज्योति ठाकुर दाहिने खुट्टामा चोट अवस्था मध्यम
१०) ऐ ऐ बस्ने अन्दाजी वर्ष ४० कि देवकी ठाकुर बायाँ खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
११) जिल्ला काभ्रे बेथानचोक गाउँपालिका वडा नम्बर ४ पाल्पाटोल बस्ने अन्दाजी वर्ष ३५ को (AHC) रश्मिला श्रेष्ठ (कार्यरत HQ) नाक चोट अवस्था हेर्दा देखिएको सामान्य देखिएको
१२) बस्ने अन्दाजी वर्ष ३५ को (AHC) राजकुमार श्रेष्ठ (कार्यरत HQ) नाखमा चोट अवस्था हेर्दा सामान्य देखिएको
१३) ऐ ऐ बस्ने अन्दाजी वर्ष ८ को रिदिन श्रेष्ठ आँखामा चोट अवस्था हेरेर सामान्य देखिएको
१४) ऐ ऐ बस्ने अन्दाजी वर्ष ४ को डियान श्रेष्ठ अवस्था हेर्दा सामान्य देखिएको
१५) जिल्ला मोरङ पत्थरी सनिचरी नगरपालिका वडा नम्बर १० बस्ने राजन विश्वकर्मा खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
१६)ऐ ऐ बस्ने अन्दाजी वर्ष ४७ को लक्ष्मी विश्वकर्मा शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको
१७)ऐ ऐ बस्ने अन्दाजी वर्ष ८ को अनिष्का विश्वकर्मा शरीरको विभिन्न भागमा बाहिरी चट अवस्था हेर्दा सामान्य देखिएको
१८) जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २ सामाखुसी बस्ने अन्दाजी वर्ष ४८ को आरती विश्वकर्मा बायाँ खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
१९) ऐ ऐ बस्ने अन्दाजी बर्ष २६ को सौरभव विक शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको
२०) जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं ६ शिव राई टोल बस्ने अन्दाजी वर्ष २९ को अन्जना माझी दायाँबायाँ दुईटै खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
२१ जिल्ला पाँचथर याम्बर गाउँपालिका वडा नम्बर ४ आलमपुर बस्ने अन्दाजी वर्ष ४७ को ऋतु वर्णन कोइराला दाहिने खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
२२) जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नं ५ आचार्य टोल बस्ने अन्दाजी वर्ष ५४ को तेजप्रसाद आचार्य टाउकोमा चोट अवस्था हेर्दा मध्यम देखिएको
२३) जिल्ला ताप्लेजुङ शेखर जङ्गा गाउँपालिका वडा नम्बर ५ पेताङ बस्ने अन्दाजी वर्ष २२ को कैलाश पुडाशैली शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको
२४) जिल्ला सुनसरी इटहरी उम नपा वडा नम्बर १ कञ्चनटोल बस्ने अन्दाजी वर्ष २९ को सन्तोष खतिवडा टाउकोमा चोट अवस्था हेर्दा मध्यम देखिएको (सहचालक )
२५) जिल्ला झापा बुद्धशान्ति नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी वर्ष ४८ को सिता आचार्य बायाँ खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
२६) जिल्ला मकवानपुर हे उ म नपा वडा नम्बर ४ कर्रा बस्ने अन्दाजी वर्ष ४८ को सुभाष चन्द्र बिडारी छातीमा भित्री चोट अवस्था हेर्दा सामान्य देखिएको
२७) जिल्ला मकवानपुर हेटौडा ८ कमाने बस्ने अन्दाजी वर्ष ४० को बाबुलाल लामिछाने दाहिने खुट्टा र टाउकोमा चोट अवस्था हेर्दा गम्भीर देखिएको (चालक)
२८) जिल्ला मोरङ सनसरी नपा वडा नम्बर २ बस्ने अन्दाजी वर्ष ४४ को विद्या दाहाल बायाँ खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
२९) जिल्ला भोजपुर भोजपुर नपा वडा नम्बर ५ boksing बस्ने अन्दाजी वर्ष २९ को राजन न्यौपाने माया खुट्टामा सामान्य चोट अवस्था हेर्दा सामान्य देखिएको
३०) जिल्ला सुनसरी इटहरी नपा वडा नं ३ तालतलैया बस्ने अन्दाजी वर्ष ३२ को बिमला भुजेल बायाँ हातमा चोट अवस्था हेर्दा सामान्य देखिएको
३१) जिल्ला इलाम चुलाचुली गापा वडा नं १ बस्ने अन्दाजी वर्ष ४० को चन्द्रबहादुर फियाक बाया खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
३२) जिल्ला झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ३६ को प्रकाश लिम्बु शरीरको विभिन्न भागमा बाहिरी चोक अवस्था हेर्दा सामान्य देखिएको
३३)ऐ ऐ बस्ने अन्दाजी वर्ष ११ को प्रणिक लिम्बू शरीरको विभिन्न भागमा बाहिरी चोट अवस्था हेर्दा सामान्य देखिएको
३४ ) जिल्ला झापा भोजपुर नपा, वडा नं ८ वर्ष ३५ को सुनिल श्रेष्ठ दुवै खुट्टामा चोट अवस्था हेर्दा सामान्य देखिएको
३५) जिल्ला सुनसरी इटहरी उ म न पा वडा नं ३ सिद्धान्त टोल बस्ने अन्दाजी २३ को लीलाबहादुर तामाङ बायाँ खुट्टामा सामान्य चोट
३६.जिल्ला इलाम सन्तकपुर गा.पा.२ संतकपुर बस्ने बर्ष २९ को राजेश गुरुङ दाहिने खुट्टा,नाकमा चोट अवस्था समान्य
३७.जिल्ला झापा बिर्तामोड न.पा. ८ बस्ने बर्ष अं. ४ को रन्जित किस्कु दाहिने खुट्टामा चोट अवस्था समान्य
३८. ऐ. को श्रीमति बर्ष अं. ३२ कि मिना टुडु टाउको र दुबै खुट्टामा चोट अवस्था मध्यम
३९.जिल्ला धनकुटा धौबिसे गा.पा.०५ बोदे टोल बस्ने बर्ष अं. २५ को प्रबिन माझि चोट पटक नरहेको
४०.जिल्ला सप्तरी राजबिराज न.पा.१२ दमापति टोल बस्ने अं. २६ को माधव कुमार यादब अवस्था समान्य
४१.जिल्ला सप्तरी राजबिराज न.पा राहुल यादब को श्रीमती अं. ३४ बर्षको पिन्कि यादब दाहिने खुट्टामा चोट अवस्था गम्भीर रहेको
४२.निजकै छोरि बर्ष अं. १० कि रिचा यादब दुबै खुट्टामा मा चोट अवस्था समान्य
४३.निजकै छोरा बर्ष अं. 5 को आरव यादब मुख र दाहिने खुट्टामा चोट अवस्था समान्य
४४.जिल्ला झापा शिवसतासि गा.पा.०८ झिलझिले टोल बस्ने बर्ष अ २१ को रोभन तामाङ दाहिने खुट्टामा र मुखमा चोट अवस्था अवस्था समान्य
राष्ट्रिय महिला भलिबलको उपाधिमा न्यू डायमण्डको कब्जा
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१०, स्थित टिसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड क्लबले कब्जा गरेको छ ।
जिल्ला खेलकुद विकास समिती मकवानपुरले आयोजना गरेको बृहत् खेलकुद कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार दिउँसो भएको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटले हराउँदै काठमाडौ चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
फाइनलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५-१३,२५-१५ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो । उपाधि विजेतासंगै न्यू डायमण्डले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केशवलालले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाए छ । यस्तै, सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेश पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५/५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् ।
आइतबारको दोस्रो सेमीफाइनलमा पाल्पाको स्टेप भलिबल क्लबलाई २५-१६,२५-७ र २५-२० को सोझो सेटले पराजित गर्दै केशवलाल प्रतिष्ठान फाइनलमा प्रवेश गरेको थियो । यस्तै शनिबारको पहिलो सेमीफाइनलमा न्यू डायमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५-१०,२५-१४ र २५-१८ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
न्यू डायमण्ड क्लब यस अघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता टोली हो । समूह ए बाट लिगको २ खेल खेलेको न्यू डाइमण्ड र समूह बी बाट लिगको २ खेल खेलेको केशवलालले विजेता बन्दै फाइनल यात्रा तय गरेका थिए ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री मदुसुदन पौडेलको प्रमुख आतिथ्यमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा पुरस्कार वितरण भएको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।
यसैगरि खेलकुद महोत्सवमा अन्तिम प्रतियोगिता अन्तर्गत राष्ट्रिय खुल्ला तेक्वान्दो चैत ११ बुधबारदेखि शुक्रबारसम्म सचालन हुने आयोजकले जानकारी दिएको छ।
निर्वाचनमा बालअधिकार संरक्षणमा संवेदनशील हुन अनुरोध
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईंले बालअधिकार हनन हुन नदिने गरी काम गर्न अनुरोध गरेकी छिन् ।
उपसभामुख चापागाईंले निर्वाचनको सन्दर्भमा आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाको सवालमा सबै राजनीति दल र उम्मेदवार संवेदनशील हुनुपर्ने बताइन् ।
फागुन २१ को चुनाव मात्र नभई नियमित रूपमा बाल संरक्षणका विषयमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
निर्वाचनका सन्दर्भमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम हेटौंडामा उनले यस्तो बताएकी हुन् ।
इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड नेटवर्कको सहयोगमा निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्न नहुने बारे अन्तर्किय गरिएको थियोे ।
इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्वाचनमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतीकरण दिएका थिए । उनले विद्यमान कानुनी व्यवस्था, बालअधिकार, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत पालना गर्नुपर्ने आचरण, बालबालिका स्वयंको भूमिका, अभिभावक, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारको जिम्मेवारीबारे छलफल गरिएको थियो ।
राजनीतिक दलका प्रतिनिधिहरूले बालअधिकार संरक्षणमा प्रतिबद्धता जनाए। उनीहरूले यस्ता कार्यक्रम निर्वाचन लक्षित मात्र नभई अन्य समयमा पनि सञ्चालन गरिनुपर्नेमा बताए ।
यसैबीच, हेटौंडा–११ स्थित सुधारगृहमा क्षमताभन्दा बढी बाल कैदी राखिएको विषयमा समेत सहभागीहरूले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा,नेपाली कांग्रेस जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, नेकपा एमाले सचिव सीता विष्ट, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य प्रलाद लामिछाने, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, निर्वाचन कार्यालयका तारा प्रसाद आचार्य, सिविन प्रबन्धक झबिन्द्र ज्ञावली, ‘बालिका दुलही होइनन्’ अभियानका अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, मुख्य न्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, हिमाली नवीन समाजका कार्यकारी निर्देशक रिजा महर्जन केबि राना,मुख्यमन्त्री कार्यालयका कानुन अधिकृत विनोद अमात्यलगायत मानवअधिकारकर्मीहरूले बालअधिकारको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाको भुमिका बारे मन्तव्य राखेका थिए।
निर्वाचनमा बाल अधिकार संरक्षणमा दलका नेताले प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।