सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ। अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जनाएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ।
कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो। परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो।
पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ। अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन्।
फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ। कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ । एजेन्सी
मकवानपुर । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्याएकाे छ ।
टेलिकमले सार्वजनिक गरेका ‘लकडाउन स्टे कनेक्टेड’ अफर शुक्रबारदेखि १ महिनाका लागि लागू हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए । जाेशीका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।
यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँने व्यवस्था गरेको छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ । डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँचसय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
मकवानपुर । नेपाल ज्योतिष परिषद मकवानपुरमा हरिप्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएकाे छ । शनिबार भएकाे ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशनले सापकाेटाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदकाे अधिवेशन भएको हो।
परिषद्काे उपाध्यक्ष यादवराज बराल, मातृका नेपाल, सुनिल रुपाखेती, सचिव दामोदर धिताल, सहसचिवमा कुश अधिकारी, यदुनाथ सुबेदी, कोषाध्यक्ष पबित्रा पौडेल, सह कोषाध्यक्षमा ज्ञान प्रसाद घिमिरे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुल प्रसाद दहाल, केशव प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णु प्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेत ब स्याङ्तान, मधुकर बर्तौला चयन भएका छन।
कार्यक्रममा ज्योतिष परिषद केन्द्रिय वरिष्ठ उपाध्यक्ष केशब धिताल,महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा परिषद केन्द्रिय सदस्य द्वय गणेश धिताल, गोबिन्द दुवाडी, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,प्रदेश उपमहासचिव गोबिन्द सन्जेल,कांग्रेस मकवानपुर सदस्य एवम रुद्रेश्वर समिति अध्यक्ष राजिव सुवेदी,सल्लाहकार बासुदेव बत्सको लगायताको उपस्थिती रहेको थियो।
संयुक्त अरब इमिरेट्स युएईले अन्तरिक्षमा पठाइने २ जना यात्रीको नाम घोषणा गरेकाे छ । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । अन्तरिक्ष कार्यक्रममा शनिबार घोषणा गरेको नाममा १ महिलाको नाम पनि समावेश गरिएको छ ।
घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला छन् भने मोहम्मद अल–मुल्ला पुरुष छन् ।सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन् । युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ ।
सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।
अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् । यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् । अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।
We announce the first Arab female astronaut, among two new astronauts, selected from over 4,000 candidates to be trained with NASA for future space exploration missions. Congratulations Noura Al Matrooshi and Mohammed Al Mulla. pic.twitter.com/bfyquyzqAJ
— HH Sheikh Mohammed (@HHShkMohd) April 10, 2021
समाचार एजेन्सीकाे सहयाेगमा
अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा कोरोना महामारीका कारण रोजगारी गुमेका जनशक्तिहरुलाई सहयोग गर्न प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा थप ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।
थप ५० हजारलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ । त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुने जनाएको छ । कम्पनीहरुले प्राविधिक सीपलाई प्राथमिकता दिई कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्द्रित रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने जानकारी दिएको छ । माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा जागिर लगाइने छ।
माइक्रोसफ्ट र लिंक्डइनले निःशुल्क सीप विकास कार्यक्रम कार्यक्रममा सहभागी भएर अढाई करोड मानिस लाभान्वित हुने अपेक्षा गरेका भए पनि अपेक्षा भन्दा बढी हालसम्म ३ करोड ७ लाख मानिस सहभागी भइसकेका छन् । तीमध्ये अधिकांश अमेरिकाबाटै सहभागी छन् । विश्वका अन्य धेरै देशहरुबाट पनि उल्लेख्य मानिसहरु लिंक्डइनको सीप विकास कार्यक्रममा सहभागी बनेका छन् । अन्टार्कटिका क्षेत्रबाट समेत ९१ जना सहभागी भएका माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जनाए ।
मानिसहरुलाई सीप सिक्नका लागि सहयोग गर्ने गैरनाफामूखी संस्थाहरु समेतका कारण डिजिटल तालिम कोर्स निकै फलदायी बनेको र तिनै संस्थाहरुको सहयोगमा ५० हजार जनाले नयाँ रोजगारी पाउने माइक्रोसफ्टले जानकारी दिएको छ ।
माइक्रोसफ्टले आफू मातहको प्रोफेसनल नेटवर्किङ प्लाटफर्म लिंक्डइन र सफ्टवेयर कोडिङ टूल सर्भिस गिटहबसँगको सहकार्यमा लाखौँलाई निःशुल्क सीप विकास तालिम र हजारौँलाई रोजगारी दिन लागेको यो पहिलो पटक हो । यी दुई प्लाटर्फम माइक्रोसफ्ट मातहतका कम्पनी हुन् तर दुवै स्वायत्तरुपमा सञ्चालन भइरहेका छन् । एजेन्सी