मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरुलाई सम्बन्धीत दल कै चुनाव चिन्ह प्रदान गरेको छ । कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार गोपाल शाक्य, निरकुमारी कुंवर, दर्लामीलाई ‘सुर्य’ चिन्ह दिएको छ । नेमकीपाका उम्मेदवार कृष्णबहादुर तामाङ र गिता काफ्लेलाई ‘मादल’ चिन्ह प्रदान गरेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला र अन्य समुहतर्फबाट २ जना सदस्यहरुका लागि निर्वाचनको हुँदैछ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहललाई मतदान केन्द्र ताकिएको छ । मतदानको कार्यक्रम माघ १२ गते विहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुने तालिका रहेको छ ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख‚ उपप्रमुख, अध्यक्ष‚ उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । बागमती प्रदेशमा रहेकाे १ सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २ सय ३८ जना र प्रदेशसभाका कुल १ सय १० जना सदस्य गरी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४८ मतदाता रहेका छन् ।
जसमध्ये १ पालिका अध्यक्ष कारवाहीमा परेकाले निलम्बित छन् । उनी मतदान प्रक्रियामा भाग लिन पाउने छैनन् । जसका कारण स्थानीय तहमा २ सय ३७ जना मतदाता कायम भएको छ । त्यस्तै, बागमती प्रदेश सभाका १ जना सांसद कोरोनाका कारण निधन भएकाले १ सय ९ जना सदस्य मात्र मतदाता कायम रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् । पार्टी मकवानपुरको ११ औँ अधिवेशनमा नेतृत्व चयनका लागि आकाँक्षीहरु धेरै देखिएपछि पुस २३ गते सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियाे ।
अध्यक्ष पदमा बद्रीप्रसाद लम्साल र एकलाल श्रेष्ठले उम्मेदवारी दिएका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशन अन्तर्गत शनिबार हुने तय भएकाे निर्वाचन प्रक्रिया स्थगित भएकाे छ । नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासकाे लागि पुष २५ गते आइतबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको हाे ।
नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको भन्दै निर्वाचन प्रक्रिया आइतबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका रामेश्वर रानाले जानकारी दिएका हुन् । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बेलुकादेखि नै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार अबेर रातीसम्ममा उम्मेदवारी दर्ता गरेर दावीविरोध, उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी शनिबार बिहानदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । सहमतिको प्रयास गरिएको भन्दै निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय लम्याउँदै आएको थियो ।
शनिबार दिउँसो निर्वाचन समितिले सहमतिकै लागि निर्वाचनको प्रक्रिया स्थागित गरिएको जानकारी गराएको छ । निर्वाचनको प्रक्रिया अगाडि नबढाएको भन्दै अधिवेशन प्रतिनिधिले भने नारावाजी गरेका छन् । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षका लागि एकालाल श्रेष्ठ र बद्रिप्रसाद लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।
योसँगै एमाले मकवानपुरको ३३ जिल्ला कमिटी सदस्य निश्चित भइसक्दा ५ पदाधिकारीसहित ७२ जनाको लागि १ सय ६६ आकांक्षी बिच मतदान हुने भएको हाे । जसमा १२ जना भने पदाधिकारीमा उठेकाले स्वतः सदस्य पदको उम्मेदवार पनि रहने गरी दोहोरिएका छन् । चुनाव हुनेमा ५ पदाधिकारीका लागि १२ जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । १६ खुला सदस्य पदमा ५२ जनाबिच र १४ महिला खुला सदस्य पदमा २२ जनाबिच मतदान हुने भएको छ ।
मकवानपुर । शुक्रबार बाट सुरु भएको एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि शनिबार निर्वाचन भइ रहेकाे छ । जिल्ला अध्यक्षको लागि एकलाल श्रेष्ठ र बद्री लम्सालबीच प्रतिस्पर्धा हुदैछ ।
अध्यक्ष पदका उम्मेद्वार श्रेष्ठ र लम्सालले प्यानल सहित निर्वाचनमा जाँदै छन् । श्रेष्ठको प्यानलमा उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवहरुमा मदन दाहाल र उपसचिव महिला तर्फ पार्वती राना रहेका छन् भने लम्सालको प्यानलमा उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवहरुमा हिदम लामा र सीता विष्ट रहेको छन् ।
यसैगरि सदस्यका उम्मेद्वारहरु भने कुनै पनि प्यानलमा नभएर स्वतस्फूर्त रुपमा अगाडी बढेको बताईएको छ । ९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी चयन गर्दैछ ।
शनिबार ११ बजेबाट निर्वाचनको प्रक्रिया सुरु भएकाे छ । शुक्रबार राति उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन भएकाे थियाे । उपसचिव महिला तर्फ जुना दाहाल, रमिला कुमारी सापकोटा, सुमित्रा काफ्ले पराजुलीको समेत उम्मेद्वारी रहेको छ । केन्दीय कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरे पनि सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।
भूगोल अन्तर्गत ५ पालिकाबाट सदस्य सर्वसम्मत
एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।
राक्सिराङ गाउँपालिकाबाट ४ खुला र १ महिला सदस्यमा क्रमशः बाबुराम स्याङ्तान, मान बहादुर वाइबा, सञ्जय कोइराला, सिंगलाल चेपाङ र सुन्तली माया प्रजा चयन भएका छन् । बागमती गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः कमल राई, जय बहादुर वाइबा, मंगल रखाल, मदन कुमार दुरुङच्याङ र धनमाया स्याङ्तान निर्विरोध भएका छन् । मकवानपुरगढी गाउँपालिकाबाट ३ खुला सदस्यमा मेम्बर लो, बिदुर हुमागाई र हरि प्रसाद कडेल सर्वसम्मत हुँदा १ महिला सदस्यमा रमिला तामाङ निर्विरोध भएकी हुन् ।
यसैगरी भूगोल अन्तर्गत नै भीमफेदी गाउँपालिकाबाट पनि ४ खुला र १ महिला सदस्यमा क्रमशः जहार सिंह लामा, द्रोण भद्र पुडासैनी, प्रकाश पुडासैनी, सुरेन्द्र बहादुर थिके र पञ्चमाया स्याङतान तथा इन्द्रसरोवर गाउँपालिकाबाट २ खुला र १ महिलातर्फ ऋषिराम पुडासैनी, बुद्धिराम डिम्डुङ र रेशम कुमारी घिसिङलाई पनि सर्वसम्मत रुपमा जिल्ला सदस्य चयन गरिएको छ ।
यस्तै भूगोल अन्तर्गत नै हेटौंडा उपमहानगरपालिकाबाट ४ महिला सदस्यमा ५ जनाले उम्मेदवारी दिएपनि सुमित्रा चौलागाई पाण्डेले आपसी छलफल गर्दै उम्मेदवारी फिर्ता लिएपछि महिला सदस्यहरु सर्वसम्मत भएका छन् । हेटौंडाबाट महिला सदस्यहरुमा दुर्गा नेपाल, विना वाइबा थिङ, रेखा खतिवडा र सरस्वती दाहाल चयन भएका हुन् । ६ खुला सदस्यका लागि भने २० जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै थाहा नगरपालिकाबाट २ महिला सदस्यमा कल्पना बलामी र सुनिता दोङ सर्वसम्मत भएका छन् । थाहाबाट ४ खुला सदस्यका लागि भने ८ जनाले उम्मेलवारी दर्ता गराएका छन् । यसैगरी कैलाश र मनहरी गाउँपालिकाबाट पनि १÷१ महिला सदस्यमा सर्वसम्मत भएका छन् । महिला सदस्यमा कैलाशबाट सुकुमाया थिङ र मनहरीबाट बिमला कार्की निर्बिरोध निर्वाचित भएका हुन् । ४÷४ जनाको खुला सदस्यमा कैलाश र मनहरीबाट क्रमशः ६ र ८ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला अधिवेशन अन्तर्गत नै मजदुरतर्फको ४ खुला सदस्यमा अर्जुन ढुङ्गेल, धर्म बस्नेत, बिक्रम लामा र लालकृष्ण प्याकुरेल तथा महिला सदस्यमा गीता कार्की सर्वसम्मत चयन भएका छन् । जनजाति, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्गता तर्फको २ महिला सदस्यमा जानकी चौधरी र प्रतिमा श्रेष्ठ सर्वसम्मत हुँदा ४ खुला सदस्य १२ जनाले उम्मेदवारी दिएका छन् । पेशागततर्फ १ खुला सदस्यमा ३ जनाको उम्मेदवारी पर्दा १ महिला सदस्यमा सुशिला गजुरेल सर्वसम्मत निर्वाचित भएकी हुन् ।
योसँगै एमाले मकवानपुरको ३३ जिल्ला कमिटी सदस्य निश्चित भइसक्दा ५ पदाधिकारीसहित ७२ जनाको लागि १ सय ६६ आकांक्षी बिच मतदान हुने भएको छ । जसमा १२ जना भने पदाधिकारीमा उठेकाले स्वत सदस्य पदको उम्मेदवार पनि रहने गरी दोहोरिएका छन् । चुनाव हुनेमा ५ पदाधिकारीका लागि १२ जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । १६ खुला सदस्य पदमा ५२ जनाबिच र १४ महिला खुला सदस्य पदमा २२ जनाबिच मतदान हुने भएको छ ।
यस्तै भूगोल अन्तर्गत खुला सदस्यमा मात्र सहमती हुन नसकेको थाहा, कैलाश, मनहरी र हेटौंडा तथा ४ खुला र २ महिला सदस्यका लागि क्रमशः ६ र ३ उम्मेदवारी दर्ता भएको बकैया गाउँपालिका रहेको छ । जसमा भूगोलतर्फ कुल २४ सदस्यका लागि छुट्टाछुट्टै गरेर ५१ जनाबिच मतदान हुने देखिएको छ । यसैगरी जनजाति, अल्पसंख्यक, मुस्लिम तथा अपाङ्गतातर्फ ४ जनाको लागि १२ जनाबिच, दलित सदस्य २ खुला र १ महिला गरी क्रमशः ४ जना र २ जना गरी ६ जनाबिच, पेशागत १ खुला सदस्यका लागि ३ जनाबिच गरी कुल ८ सदस्यका लागि २१ जनाबिच चुनाव हुनेछ ।
यसबाहेक एमाले मकवानपुरको जिल्ला लेखा कमिटीमा पनि संयोजक पदमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै लेखा कमिटी सदस्यमा संयोजकका उम्मेदवार ३ जनासहित ७ जनाको उम्मेदवारी रहेको छ । क्विक ट्वान्टी पार्टी प्यालेसमा हुने मतदान कार्यक्रममा ८०२ जिल्ला अधिवेशन प्रतिनिधीले मतदान गर्ने जनाइएको छ ।
अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्टाईसकेको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशन हेटौंडामा भइरहेको छ । अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले उद्घाटन् गरेका हुन् । शुक्रबार देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भएकाे हाे । १६ जिल्लाकाे अधिवेशन विविध कारण हुन नसकेकाे नेकपा एमालेले जनाएकाे छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरेका छन्
मकवानपुर जिल्ला अधिवेशनलाई शुभकामना दिदै नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सत्तागठबन्धन सरकारले कुनै पनि विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गरेका छन् ।
अधिवेशनलाई सम्मबोधन गर्दै पुर्व मुख्यमन्त्री पौडेलले नयाँ सरकार बनेको ५ महिना बित्दा पनि कुनै पनि विकासका कामहरुलाई अघि बढाउन नसकेको भन्दै सत्ता गठबन्धन सरकारले काम गर्छ भन्ने अपेक्षा नरहेको बताए । उनले ३ तहको निर्वाचनमा आउँदै गरेको बताउँदै निर्वाचनको लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।
शुक्रबार दिउँसाे हेटाैडाकाे राेयल पार्टी प्यालेसमा भएकाे उद्घाटन सत्रकाे कार्यक्रम सकिएको छ । अब बन्द सत्रकाे कार्यक्रम सुरु हुनेछ । शुक्रबार राती ११ बजे पछी जिल्लाका पदाधिकारी र कमिटीमा सदस्य पदमा उमेदवारी दिनेहरुले उमेदवार दिनसक्ने गरी कार्यतालिका बनाइएको आयाेजक समितिले जनाएकाे छ । एमाले मकवानपुरको ११ औं अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयन हुनेछ ।
एमाले मकवानपुरको जिल्ला अधिवशेन पुष २३ र २४ गते २ दिन हुनेछ । अधिवशेनको लागि जिल्ला कार्यसमिति, प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । ९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा चयन हुने छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य छन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रबाट ६/६ जना चयन हुने छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ । यस्तै जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना चयन हुने छन् । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्य एकएक चयन हुने भएका छन् मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रबाट क्रमशः ४ जना र ३ जना चयन हुने भएका हुन् । जसमा १/१ जना महिला अनिर्वाय रहेको सचिब श्रेष्ठले बताए ।
यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र १ जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र १ जना महिला गरेर २ जना, दलितबाट २ जना खुल्ला र १ जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्यबाट खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी चयन हुने एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब श्रेष्ठले बताए ।
गएको मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले आजका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।