मकवानपुर । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यमा मकवानपुरका रामनारायण विडारी र विजय गाैतमकाे नाम प्रस्ताव गरेको छ । केन्द्रले केन्द्रीय समिति सदस्यमा ९७ जनाको नाम मनाेनयनकाे लागि सिफारिस भएकाेमा मकवानपुरबाट विडारी र गाैतमकाे नाम सिफारिसमा परेकाे हाे ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् । प्रस्ताव गरिएको नाममा मकवानपुरका बिडारी खस आर्यबाट र गौतम खस आर्य पुरुष युवाबाट सिफारिस भएकाे हुन ।
यस्तो छ मनाेनयनकान लागि सिफारिस ९७ जना सूचि:
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल, ठाकुर बिक, टेकबहादुर मिजार,रणेन्द्र बराइली, कर्णबहादुर बिक,रामलाल बिक
दलित महिला
अनिता परियार
दलित महिला युवा
सपना परियार
मुस्लिम पुरुष
अतर हुसेन,रजि हैदर,कोहिद अन्सारी,इश्रार खान
मुस्लिम महिला
शेख चाँद तारा
मधेसी पुरुष
सूर्य नाथ यादव, अशोक जयसवाल,सत्य नारायण भगत,दिलीप शाह,उमेशकुमार यादव,रामसिंह यादव, राधेश्याम पासवान र
शिवराम यादव
मधेसी महिला
निशा साह,इन्धु शर्मा,तारा महता,रूबी कर्ण,सुनिता महतो,अनिता हरिजन र सोनिया यादव
खस आर्य महिला
भेषकुमारी रावत, भवानी थापा,कञ्चन खनाल,गंगा दाहाल,कमल नहकी,करूणा बस्नेत र सीता आचार्य
जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ,कुशल लिम्बू,,दीर्घ श्रेष्ठ,धनबहादुर मास्की,,दिनेश महर्जन,राजकाजी महर्जन,रञ्जित तामाङ, सत्यनारायण शेरचन र भीमकुमारी बाड्खा
जनजाति महिला
पार्वती पुन,दिलमाया रोका,दुर्गा राई र सिर्जना तरामु
मधेस थारू पुरुष
विजय महतो,बिनिता थारू
खस आर्य युवा
जीवन आचार्य,सुमन देवकोटा,सुदीप कुँवर,रमेश मल्ल र खिलप्रसाद बुढाथोकी
केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम
जनजाति पुरुष
सूर्यमान दोङ
खसआर्य पुरुष
इन्द्र गोतामे,पारसमणि,शैलेन्द्र घिमिरे
जनजाति पुरुष
कपिल लामा
खसआर्य पुरुष
गोविन्द पौडेल,दीपक कोइराला,कमल चुडाली,नारायण अधिकारी,गगनबहादुर खड्का, मंगलबहादुर शाही र
कर्णबहादुर बस्नेत
खस आर्य पुरुष युवा
झपट साउद,शिवसिंह ओली,रत्न ढकाल,नरेन्द्र न्यौपाने,सन्तोष विष्ट, लिकराज भण्डारी,सुरेन्द्र बस्नेत,दीपक देवकोटा, उत्तम अधिकारी,विजय गौतम,काश विकल्प,,विमल अधिकारी र डा भरत लामिछाने
प्रस्तावित केन्द्रीय प्रतिनिधि
खस आर्य पुरुष
विष्णु सापकोटा,हरि ज्ञवाली,टेकेन्द्र भट्ट,गोपाल शर्मा,खोपबहादुर कँडेल,झलक सिंह र डीपी ढकाल
जनजाति पुरुष
कालीबहादुर मगर
खस आर्य महिला
सुनिता गौतम,सावित्री बुढाथोकी,सरस्वती न्यौपाने,अमृता नेपाल रकृष्णा केसी
खस आर्य पुरुष
रामनारायण बिडारी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी ग¥यो ।
बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।
‘एमसीसी प्रचण्ड कमरेडका लागि गल्फासो भएको छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित बुझाउन नसक्ने अवस्था छ, प्रचण्ड कमरेड अहिले धेरै तनावमा हुनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् । माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ ।
तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ ।
तर, यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।
महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ ।
नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको दाबी छ । महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू दौडधुपमा रहेका छन् ।
महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् । माओवादी केन्द्रका नेता गणेश साहले बैठकका विभिन्न एजेन्डामा बैठकमा छलफल भइरहेको बताउँछन् ।
कतिपय विषयमा केही मिलाउनुपर्ने देखिएकाले बैठक दुई दिन स्थगित गरेर छलफल भइरहेको उनले बताए । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूसँगको छलफल र सहमतिमै सबै विषय सर्वसम्मत टुंगो लगाउने प्रयास जारी रहेको उनले बताए । राजधानी दैनिकबाट
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा महासमिति सदस्यमा २२ जना चयन गरेकाे छ । जिल्ला रहेकाे दुवै प्रतिनिधिसभा क्षेत्रबाट ११/११ जना गरी २२ जना कांग्रेस मकवानपुरले महासमिति सदस्यमा चयन गरेकाे हो ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उपस्थितीमा महासमिति सदस्य टुंग्याइएको हो । महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन गरिएकाे बताइएकाे छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट खुलातर्फ ईन्द्रबहादुर बानियाँ, दिनेश उपाध्याय, प्रभातकुमार दाहाल, माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने, महिलातर्फ उर्मिला पुलामी र पवित्रा विश्वकर्मा, आदिवासी महिलातर्फ लक्ष्मी श्रेष्ठ तथा आदिवासी खुलातर्फ अशोकराज शाक्य र सुवातसिंह थिङ र खस आर्यतर्फ राधा कोइरालालाई महासमिति सदस्यमा चयन चयन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।
यस्तै मकवानपुर क्षेत्र नम्बर २ बाट खुलातर्फ जयराम लामिछाने, टेकनाथ शिवाकोटी, बुद्ध लामा, भरत लामा र सन्तबहादुर प्रजा महिलातर्फ उमा दाहाल र शान्तिकुमारी विक, आदिवासी जनजाति महिलातर्फ निर्मला हिम्डुङ तथा आदिवासी खुलातर्फ चित्रबहादुर थापा र सूर्यबहादुर रुम्बा एवम् खसआर्यतर्फ राजेश भेटवाल महासमिति सदस्यमा चयन गरिएको छ ।
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले वर्तमान गठवन्धनको सरकारले एमसीसीलाई हुबहु पास गर्न नदिएको बताएका छन् । मकवानपुरकाे भीमफेदी गाउँपालिका कमिटि अधिवेशन तथा कार्यकर्ता भेलामा खतिवडाले उक्त कुरा बताएका हुन् ।
एमसीसीकाे आफुहरुले गरेको व्याख्यात्मक विष्लेषणले मुलुकको हित गरेने खतिवडाले दावी गरेका छन् । खतिवडाले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नाे हैसियत थाहा पाउने बताए । ‘आगामी चुनावमा अध्यक्ष केपी शर्मा ओली तथा उनको पार्टी नेकपा एमालेको हैसियत देखाइदिन्छाैं’ खतिवडाले भने ।
भेलामा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णु दाहाल, उपाध्यक्ष मीना लामा, पार्टी मकवानपुर जिल्ला कमिटीका सचिवालय सदस्य एवम् युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त लगाएतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदलाई शपथ गराउँदै संघीय संसदको लोगो प्रदान गरेका छन् ।
गत माघ १२ गते भएको राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । यसैगरी एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् । नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
४ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र काँग्रेसका ३ सदस्यको पदावधि शुक्रवार सकिएको हाे ।
पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।