मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले वर्तमान गठवन्धनको सरकारले एमसीसीलाई हुबहु पास गर्न नदिएको बताएका छन् । मकवानपुरकाे भीमफेदी गाउँपालिका कमिटि अधिवेशन तथा कार्यकर्ता भेलामा खतिवडाले उक्त कुरा बताएका हुन् ।
एमसीसीकाे आफुहरुले गरेको व्याख्यात्मक विष्लेषणले मुलुकको हित गरेने खतिवडाले दावी गरेका छन् । खतिवडाले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नाे हैसियत थाहा पाउने बताए । ‘आगामी चुनावमा अध्यक्ष केपी शर्मा ओली तथा उनको पार्टी नेकपा एमालेको हैसियत देखाइदिन्छाैं’ खतिवडाले भने ।
भेलामा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णु दाहाल, उपाध्यक्ष मीना लामा, पार्टी मकवानपुर जिल्ला कमिटीका सचिवालय सदस्य एवम् युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त लगाएतको आतिथ्यता रहेको थियो ।

