मकवानपुर । नेपाली कांग्रेस मकवानपुरद्वारा महासमिति सदस्यमा २२ जना चयन गरेकाे छ । जिल्ला रहेकाे दुवै प्रतिनिधिसभा क्षेत्रबाट ११/११ जना गरी २२ जना कांग्रेस मकवानपुरले महासमिति सदस्यमा चयन गरेकाे हो ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उपस्थितीमा महासमिति सदस्य टुंग्याइएको हो । महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन गरिएकाे बताइएकाे छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट खुलातर्फ ईन्द्रबहादुर बानियाँ, दिनेश उपाध्याय, प्रभातकुमार दाहाल, माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने, महिलातर्फ उर्मिला पुलामी र पवित्रा विश्वकर्मा, आदिवासी महिलातर्फ लक्ष्मी श्रेष्ठ तथा आदिवासी खुलातर्फ अशोकराज शाक्य र सुवातसिंह थिङ र खस आर्यतर्फ राधा कोइरालालाई महासमिति सदस्यमा चयन चयन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।
यस्तै मकवानपुर क्षेत्र नम्बर २ बाट खुलातर्फ जयराम लामिछाने, टेकनाथ शिवाकोटी, बुद्ध लामा, भरत लामा र सन्तबहादुर प्रजा महिलातर्फ उमा दाहाल र शान्तिकुमारी विक, आदिवासी जनजाति महिलातर्फ निर्मला हिम्डुङ तथा आदिवासी खुलातर्फ चित्रबहादुर थापा र सूर्यबहादुर रुम्बा एवम् खसआर्यतर्फ राजेश भेटवाल महासमिति सदस्यमा चयन गरिएको छ ।

