मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा सत्ताधारी गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना लामाले पछिल्लो समय लगातार आफ्नो अग्रता कायम राखेकी छिन् ।
यद्यपि नेकपाबाट मेयरका उम्मेदवार अनन्त पौडेलले पनि पछिल्लो समय आफ्नो मतान्तर घटाउंदै ल्याएका छन् । हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो । हिजो राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले जम्मा २५० मतले पछाडि छ ।
यता लामा र राप्रपाबाट मेयरको उम्मेदवार दीपक बहादुर सिंह बिचको मतान्तर भने बढेको छ । हिजो लामा र सिंह बिचको मतान्तर २ सय ९५ रहेकोमा आज पछिल्लो अपडेट अनुसार गठबन्धन ७ सय ७३ मतले अगाडि छ ।
हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४३ हजार ३ सय ७० मत गणना सकिएको छ ।
पछिल्लो नतिजा अनुसार उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले १९ हजार ४५१ मत ल्याउँदा एमालेको उम्मेदवार सुमित्रा काफ्ले १३ हजार ८७४ मत पाएकी छिन् । उपमेयरमा राप्रपाकी इन्दीरा डल्लाकोटिले ३ हजार १५३ मत पाएकी छन् ।
चितवन। चितवनकाे माडी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमाले विजयी भएकाे छ । माडी नगरपालिकामा एमालेले पहिलो वडा अध्यक्षमा जित हासिल गरेकाे छ ।
वडा नं. ६ को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रराज पौडेल ८ सय ६१ मत प्राप्त गरी निर्वाचित हुँदा उनकाे निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका यमनाथ सुवेदी (रामु) ले ८ सय ३९ मत प्राप्त गर्दै पराजित भएका छन् । लामो समयसम्म शिक्षण सेवामा संलग्न पौडेलले एमालेबाट वडाध्यक्षको टिकट पाएसंगै शिक्षण पेशाबाट राजिनामा दिएका थिए ।
माडीमा अब वडा नम्बर ५ को मतगणना बाकी रहेकाे छ । गणना भएका वडा मध्ये माओवादी केन्द्रले ३, राप्रपाले २, एकीकृत समाजबादीले २ र एमालेले १ वटा वडा जितेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना लामाको अग्रता कायमै छ ।
बागमती प्रदेशको १ मात्र उपमहानगरपालिकामा १६ हजार ६ सय ७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३सय १० मतले अघि छिन् । प्राप्त मत परिणाम अनुसार लामाले ५ हजार २ सय ४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सिंहले ४ हजार ९ सय ३० मत ल्याएका छन् ।
नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ३ सय ८४ मत ल्याएका छन् । अहिले ३,४,५,१६,१७ र १८ नम्बर वडाको गणना भइरहेको छ । हेटौंडामा कांग्रेसले २ र एमालेले एक वडामा जीत हात पारेको छ ।
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका सन्तमान तामाङ विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित तामाङले ३ हजार २ सय ४१ मत ल्याएका थिए भने उनको निकटतम प्रतिस्पर्धी nekapaa (माओवादी केन्द्र)का किरण रिजालले २ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सञ्जु प्याकुरेल विजयी भएकी छिन । प्याकुरेलले ३ हजार ३ सय ९७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी काँग्रेसकी ईश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत ल्याएकी छन् ।
वडाध्यक्षहरूमा वडा नं १ मा नेपाली काँग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा काँग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित भएको तादी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको अन्य ११ स्थानीय तहको मतगणना जारी रहेको छ । तादीबाट उपेन्द्र दाहलको सहयोगमा
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ को पुन: मतगणना भएको छ ।
मतगणनापछि थाहा ७ को मतपरिणाममा विवाद भएसंगै पुन: मत गणना सुरु गरिएको थाहा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । थाहा ७ मा मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बिनायक गोलेले १० मत बढि प्राप्त गरेपछि नेपाली काँग्रेसका उम्मेदवार शिवराज थिङले वडा अध्यक्ष पदको पुन: मतगणना गर्न निवेदन दिएका थिए ।
‘१० मतमा विवाद भएकोका अव अध्यक्ष पदमा मात्र पुन: मत गणना सुरु भएको छ,’ निर्वाचन अधिकृत तिर्थराज भट्टराईले भने ।