मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले कृषि प्रविधि विकास आजकाे आवश्यकता भएकाे बताएका छन् । बी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले शनिबार आयोजना गरेको “नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती” विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी एक्काइसौ शताब्दीमा सूचना, प्रविधि र नवीनतम विकासमा लाग्छौं’ देवकाेटाले भने ‘ती विकासलाई “कृषि प्रविधि” केन्द्रीत गर्नु पर्ने आजको आवश्यकता हो ।’ नेपालमा कुल घर परिवार संङ्ख्याको ६२ प्रतिशत कृषिमा आश्रित छन् । कुल जनसङ्ख्याको ६७ प्रतिशत कृषिमै निर्भर रहेको नेपाल जस्तो मुलुकमा कृषि क्षेत्रको विकास सबैभन्दा उत्तम विकल्प भएकाे उनले बताए ।
उनले बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठजस्ता व्यक्तित्वहरुमा कृषिप्रतिको आमूल परिवर्तनको सोच रहेकाे बताए । ‘समयको त्यो आयाममा वास्तविक किसानलाई जग्गा, किसानका हक अधिकारको बारेमा यथेष्ठ आवाज उठेको थियो’ उनले भने ‘उहाँहरु कृषि क्रान्तिका अग्रणी हुनुहुन्थ्यो।
नेपाल कृषिप्रधान मुलुक भएको हुदाँ यस क्षेत्रको विकासको विकल्प छैन।’ ‘जग्गा खण्डीकरण र वास्तविक किसानभन्दा इतर व्यक्तिले जग्गाको स्वामित्व लिंदा कृषिमा अपेक्षित सुधार देखिदैन’ उनले भने । राज्यले बीउ, बिजन, मलखाद, बजारका क्षेत्रमा यथेष्ट सहयोग नगर्दा उत्पादनमा कमी आएकाे उनले बताए ।
उनले चुनौतीहरुका बावजूद नवीनतम प्रविधिको अधिक प्रयोगले कृषि उत्पादनमा वृद्धी गर्न सकिने जानकारी दिए । ‘कृषिका धरै सम्भावना छन् । डोल्पाको माटोे होस वा मनाङको, माटो र बालीको अध्ययन गरी कुन बालीनाली उपयुक्त हुन्छ त्यो लगाउनु पर्छ’ उनले भने ‘प्रविधिको विकासमा केन्द्रीत हुन सकेका उपलब्धी हासिल गर्न सकिन्छ। खेर गएका हरेक डाँडाकाँडा कृषिले भरिभराउ हुनसक्छन्।’
‘नेपालमा पनि कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाउन सकियो भने रोजगारीको खोजिमा भौतारिदै विदेशीने युवाहरुलाई स्वदेशमा कृषि उद्यममा लगाउन सकिन्छ’ उनले भने ‘कृषिक्षेत्रको दक्ष जनशक्ति त नेपाल जस्तो कृषि प्रधान देशको लागि गहना हुन् । दक्षता र क्षमताको कदर पनि आवश्यक छ ।’
प्रतिष्ठान अध्यक्ष विष्णु प्रसाद लामिछानेकाे सभाध्यक्षता तथा प्रदेश प्रमुख देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे गोष्ठीमा विपि चिन्तन प्रतिष्ठानका स-अध्यक्ष पुष्पराज पराजुली, नेपाली काङ्ग्रेस जिल्ला सभापति बुद्द लामा, प्रतिष्ठानका उपाध्यक्ष जयराम लामिछाने, काँग्रेस मकवानपुर पूर्व सभापति रघुरमण न्याैपाने, कृषि कार्यालय चितवनको प्रमुख झलक कंडेल, प्रतिष्ठानका केन्द्रीय सदस्य देवि प्रसाद आचार्य लगायतकाे उपस्थिति थियाे ।
हेर्नुहाेस भिडियो
मकवानपुर । बागमती प्रदेशका चार जिल्लामा भएकाे विभिन्न घटनामा परी पाँच जनाको मृत्यु भएको छ । चितवन, सिन्धुली, धादिङमा एक/एक जना तथा काभ्रेमा दुई जना गरी पाँच जनाको मृत्यु भएको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बिहीबार चितवनको कालिका नगरपालिका–१० स्थित पाईमराङमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय दिल बहादुर प्रजा रहेका छन् । प्रहरीका अनुसार बिहीबार चट्याङ लागेर प्रजाको घरमै मृत्यु भएको हो ।
यस्तै बिहीबार नै सिन्धुलीको कमलामाई नगरपालिका–६ मा सुतेकाे अवस्थामा एक जनाकाे मृत्यु भएको छ । दुधौली नगरपालिका–३ स्थित झुंगा घर भई हाल कमलामाईमा डेरामा बस्दै आएकी ३५ वर्षीया जानुका माझी सुतेको अवस्थामा मृत भेटिएको हो । माझीलाई अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैगरी धादिङको नेत्रावति डबजोङ गाउँपालिका–१ मा एक जना घर नजिकैकाे सडकमा मृत फेला परेका छन् । १ महिनादेखि घरमा एक्लै बस्दै आएको स्थानीय ५१ वर्षीय हरी बहादुर अधिकारी घर नजिकैको सडकमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काभ्रेकाे भुम्लु गाउँपालिका १ अरनिको राजमार्ग सडक खण्डमा काठमाडौंबाट बाह्रबिसे जादै गरेको बा २ ख ९०६४ नं.को बसले ठक्कर दिँदा एक जानकाे मृत्यु भएकाे छ । नामथर,वतन नखुलेको बाटोमा मागी खादै हिड्ने अन्दाजी ४०/४५ वर्षकी महिलालाई उक्त बसले बिहीबार ठक्कर दिदाँ घाईते भएकी थिइन् । उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । बस चालक बलेफी ८ का राम बहादुर तामाङ र बस प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–६ मा एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । १३ वर्षीया खुसी न्यौपाने मृत अवस्था भेटिएकी हुन् । न्यौपाने हराएको खबर बिहीबार प्रहरी चौकी कटुन्जेवेशीलाई भएकाेमा प्रहरी टोली र आफन्तहरुले खोजतलास गर्दै जाँदा दाप्चा खोलाको दहमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
मकवानपुर । फुर्सदमा काट्ने कपासका बत्तिहरु होस् वा धुप, माला, पोतेहरु । यिनीहरुको विक्री वितरण पनि सहजै छैन सबैलाई । हातले बुनेका थान्काहरु, गलैचाहरु जति हेर्दा आकर्षक छन्, यिनीहरुको बजार त्यस्तो आकर्षक छैन । कलाको महत्वमाथि मुल्यको के अर्थ ? तर बजारमा त्यै मुल्यले अर्थ राख्छ, अर्थात महङ्गाे सामग्री बिक्नै हम्मेहम्मे हुन्छ बजारमा ।
संघीय सरकारले परिकल्पना नै नगरेको हस्तकलाग्रामको सवाल बोकेर बागमती प्रदेश सरकारमा अहिले दफावार छलफल चलिरहेको छ । २०८० असोज महिनामा बागमती प्रदेश सभाको सदमा पेश भएको “प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा बनेको विधेयक २०८०” माथि आमसरोकारवालाहरुले पनि गम्भिर चासोसँगै उत्साह पनि छ ।
विधेयकको सवाल प्रदेश सभाको विषयगत समितिमा पनि गहिरो गरी छलफल चलिरहेको छ । उद्योग पर्यटन तथा वातावरण संसदीय समितिमा हस्तकलाको सवालमा कस्तो नीति लिने र कस्तो विधेयकलाई ऐनको रुपमा पुर्याउने भन्ने अध्ययन जारी राखिएको समिति सभापति आनन्दकुमार श्रेष्ठ बताउँछन् ।
समिति सभापतिको जिम्मेवारी पाएका श्रेष्ठ विधेयकलाई व्यवस्थित बनाएर संसदमा पेश गर्नको लागि आफूले जिम्मेवार भएर काम गरिरहेको बताउँछन् । “सरकारले आफ्नो अनुकुलतामा विधेयक ल्याउ“छ, तर त्यसको प्रभावकारीतामा पनि ख्याल गरिनु पर्छ, जनताको बिचार, भावनालाई समेट्न सकेमा मात्रै विधेयक/ ऐनको प्रभावकारीता झल्किन्छ” सभापति श्रेष्ठ भन्छन् “यो सवालमा हामी सचेत छौ, अन्तराष्ट्रिय सन्धि सम्झौतालाई जोडेर मात्रै विधेयक वा ऐनको मक्सत पुरा हुँदैन, हाम्रो स्थानीयताको सवाललाई सम्बोधन गर्न हामी भूईतहमा जान खोजेका छौ ।”
सभापती श्रेष्ठ पैसाको कारोवार अडिट गरिए जस्तै सांसदहरुले बनाएका ऐन कानूनको पनि अडिट हुनुपर्ने धारण राख्छन् । सार्वजनिक रुपमा आयोजना गरिने अन्तरक्रियाहरुले कानूनको अडिट गर्छ, सरोकारवालाहरुले केलाएपछि चुनैती र सस्याहरु भेटिन्छन्, अनि मात्रै त्यसलाई ऐनको रुपमा दिन पेश हुनुपर्छ ।” आफूहरुले यही चरणमा काम गरिरहेको उनको दाबी छ ।
संघीय सरकारले हस्तकला ग्राम चिन्दैन, त्यहाँ औद्योगिक कानुन छ । ऐन छ । प्रदेश सरकारले ल्याएको हस्तकला ग्रामको सवाल केन्द्रीय सरकारलाई कसरी चिनाउने भन्नेमा उनीहरुले लभिङको खाँचो छ । उद्योगको कुरा, वाणिज्यको कुरा सर्वसाधारण तथा साना साना उद्योमीहरुको समेत सम्बोधन हुनु पर्छ । साना साना उद्यमीहरुलाई झण्झट नहोस्, भनेर हस्तकला ग्रामको विधेयक ल्याइएको हो । यो औद्योगिक ग्राम जस्तो हैन । सरकारले सबै गर्छ भनेर बसेर हुदैन, सरोकारवालाहरुले निरन्तर झकझक्याउनु पर्छ । हस्तकला ग्राम विधेयक तथा ऐनबाटै स्थानीय तहलाई जिम्मेवार बनाउनु पर्नेछ ।
समिति सदस्य भारती पाठक पनि विधेयकलाई प्रभावकारी ऐनको रुपमा ल्याउन दफावार छलफलसँगै सरोकारवालाको सुझाव संकलनमा व्यस्त छिन् । विधेयकमाथि छलफल गर्न कै लागि सरोकारवालहरुस“गको अन्तरक्रियाको आवश्यकता महासुस भइरहेका छौं” पाठकले भनिन् । “हामीले अघि सारेको कदममा सरोकारवालाको सुझावले धेरै अर्थ राख्छ, हामीले मात्रै गरेको अध्ययन कहिलेकही अधुरो बन्न सक्छ ।”
हस्तकलाग्रामको सवालमा मात्रै हैन सरकार र जनताबीचको सहकार्य सबै सवालमा हुनु जरुरी हुने उनको धारणा छ । नेपाली कालाको प्रचारप्रसार पहिचानको सवाललाई सम्बोधन गर्न यो विधेयक अत्यन्तै आवश्यक थियो ।
उनका अनुसार सानासाना उद्यमीहरुलाई कसरी प्राथमिकता दिने भन्ने सवाल हाम्रो समितिमा पनि प्राथमिकता मै छ । साना उद्यमको संरक्षणमा सरकार सचेत बन्नुपर्छ भन्नेमा आफूहरु सकारात्मक रहेको पाठक बताउँछिन् । साना उद्यमलाई प्रेरित गर्नुपर्छ । हस्तकलाको समाग्रीहरु जति हेर्नमा आकर्षक छन् यिनिहरुको त्यति नै बहुमुल्य हुने बताउँ छिन उनी ।
युएनडीपी संसद सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा जनपत्र मिडिया प्रा.लिले यसै सवालमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो, जहाँ सरोकारवालाहरुले यस्तो धारणा राखे :
बागमती प्रदेश सरकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० मा प्रदेशको राजधानी रहेको मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघलाई पनि प्रतिनिधिको रुपमा स्थान दिनुपर्छ । निजीक्षेत्रलाई प्रोत्साहन गर्नको लागि विशेष व्यवस्था हुनुपर्छ । उद्योग स्थापनाको पहिलो ५ वर्ष जग्गाभाडा, करलगायतको सबै छुट सुविधा हुनुपर्छ । जग्गा लिएर ३ वर्षसम्म उद्योग सञ्चालन नगरेमा त्यो स्वतः खारेज हुने व्यवस्था हुनुपर्छ । जग्गा कब्जा गर्ने उद्योग सुरु/सञ्चालन नगर्नेलाई हतोत्साही गर्नुपर्छ । हस्तकलाबारे सार्वजनिक स्थानमा प्रचार प्रसार गर्नुपर्छ । प्रदर्शनीमा राखिनु पर्छ – अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ
स्रोत साधनको पहिचानको पाटोलाई विधेयकले बोलेकै छैन, यसको व्यवस्था कहा“ कसले कसरी गर्ने हो ? संघीयताको कार्यान्वयनको क्रममा छौ, यो विधेयकले स्थानीय सरकारलाई बलियो जिम्मेवार निकाय बनाउनु पर्छ । कलाको संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकारले जिम्मेवारी र अपनत्व लिनु पर्छ । स्थानीय गैरसरकारी निकायलाई पनि संगसंगै लैजानु पर्छ, गैससहरुलाई जिम्मेवारी र भूमिका दिनुपर्छ – रमिला सापकोटा, अध्यक्ष, गैसस मकवानपुर अध्यक्ष
उत्पादनको बजारीकरण सबैभन्दा ठुलो समस्या हो । बनाएर मात्रै के गर्ने बजार छैन, विक्रि छैन । कर मात्रै तिर्नको लागि किन उद्योग दर्ता गर्नु, सिप भएर के गर्नु ? स्थानीय स्रोत साधनबाट बनेका हस्तकलालाई कसरी बजारसम्म पु¥याउने, कसरी बिकाउने भन्ने नीति नै नभइ कसरी साना साना हस्तकलाहरुमा बजार आउँछन्, कसरी यो क्षेत्रको विकास हुन्छ ? – गिता मैनाली, घरेलु तथा साना उद्योग, महिला उद्यमी समिति सभापति
विधेयकले प्रस्ताव गरेको सञ्चालन समितिमा महिला विज्ञ अनिवार्य हुनुपर्छ । महिलाको सहभागीतालाई प्राथमिकता दिनुपर्छ । सलोडोलो सहभागीता भन्दा महिला छुट्ने संभावना हुन्छ । सम्बन्धित हस्तकलाको सिपको विज्ञ महिला भनेर ऐनमै तोक्न सकियो भने, महिलाको उपस्थिती अनिवार्य हुन्छ । महिलाको उपस्थितीले महिलाको हस्तकला र सिपलाई प्राथमिकता दिने आशा र विश्वास गर्न सकिन्छ – कुमारी वाइबा, प्रमुख हिराइट्स मकवानपुर
हस्तकलालाई उद्यमको रुपमा पैतृक हस्तान्तरण भएन । बुबाको हस्तकला छोराहरुले मन पराउँदैनन् किनभने यसका आयको सुनिश्चितता भएन । हस्तकलाको पुस्तान्तरण भएन, किनभने यसमा आकर्षण भएन । आकर्षण किन भएन भने यो सरकारको प्राथमिकतामा परेन । करमा छुट दिने, हस्तकलाको बजार बलियो हुने, विदेश पैठारीमा समेत सरकारले सहजिकरण गरिदिने भयो भने हस्तकलामा राम्रो भविष्य छ । हस्तकलाले देश र स्थानको पहिचान बनाउन सक्छ । बागमतीको १३ जिल्लामा १३ प्रकारको विषेश हस्तकलाको पहिचान बनाउन सकियो भने यो यसले राम्रो मार्केट लिनेछ । तेस्रो मुलुकमा पैठारीको लागि सरकारले सहजिकरण गरिदिनु पर्छ – गणेश हरि उप्रेति, अध्यक्ष, घरेलु महासंघ
वडादेखी संघीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई हस्तकलाको प्रयोग गनिवार्य गर्न सकियो भने पनि यसको बजारीकरणमा राहत हुन्छ । यसैगरी सरकारी कार्यलायहरुमा पनि हस्तकलाको सामग्रहरु प्रयोगलाई प्राथमिकता दिनु पर्छ – रामशरण लामिछाने, अधिवक्ता
उद्योगको रुपमा विकास गर्नै समस्या छ, कामको प्रकृति फरक छ, सजिलो छैन, बनेको हस्तकला महङ्गो छ, महङ्गो भएको कारण विक्री छैन । स्थानीय स्रोत साधान अनुसारको उत्पादनलाई प्राथमिकता दिनु पर्छ । कच्चा पदार्थ उत्पादनमा पनि प्राथमिकता दिनु पर्छ । भण्डारणको सवालमा पनि सरकार र उत्पादन गर्ने व्यक्तिहरु सचेत हुनुपर्छ । नर्सरी, वृक्षरोपण,कच्चा पदार्थको उत्पादन र भण्डारणसम्मको दीर्घकालिन सोंच आवश्यक छ । यि सवालमा विधेयक बोलेकै छैन – ज्ञनभक्त लामा, थान्का व्यवसायी
सरोकारवालाको सुझावपछि सांसदहरु बालकुमारी विश्वकर्मा, भुवनकुमारी श्रेष्ठ, रुकु चौलागाइ, धनेश्वरी प्रजापति, ठुला थामीलगायतले विधेयकलाई गुणस्तरीय बनाइने प्रतिवद्धता व्यक्त गरे । सरोकारवाला सबैले कार्यान्वयनको बेलामा पनि होस्टेमा हैंसे गर्न उनीहरुले आव्हान गरे ।
बालबालिकादेखि बृद्धवृद्धासम्म हस्तकलाको सिप कुनै न कुनै रुपमा जोडिने हुनाले यसलाई दीगो र आम्दानीस“ग समेत जोड्न जरुरी रहेको आफूहरुले मनन् गरेको उनीहरुले बताए । प्राप्त सुझावलाई समितिमा राखेर पुन यसलाई परिष्कृत गर्नमा पहल समितिका सभापति तथा सदस्यहरुले प्रतिवद्धता जनाएको जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमगाईले बताए ।
मकवानपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नागरिकले घरमै बसेर सुविधा लिने गरी योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएकाे सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रदेश सरकार र मातहतका कार्यालय प्रति नागरिकको विश्वास बढाउन विश्वस्त हुनेगरी कार्यसम्पादन गर्नु पर्ने बताउँदै मन्त्री महर्जनले भने, ‘यातायातसम्बद्ध करमा राखिएको छुटको व्यवस्था बारे संचारमाध्यम र सामाजिक संजाल मार्फत् सूचना सम्प्रेषण गरि सुसूचित गर्न आवश्यक रहेकाेले काम गर्न लागि परौं ।’
यस्तै, कार्यक्रममा प्रदेश आर्थि मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मन्त्रालयहरुले बनाएको योजनाहरुको कार्यान्वयनमा अर्थ मन्त्रालयले सधैं साथ दिने बताए ।
कार्यक्रममा सार्वजनिक खरिद ऐन, नियमावली अनुसार बाई ब्याक मेथोड अर्थात् पुरानो दिने नयाँ लिने विधिबाट सरकारी निकायले बिक्री गर्ने सवारी साधनको नामसारीको कार्यविधि तयार पार्ने सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन समेत मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक बर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।
मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थिति उनले सपथ लिएका हुन् । २ भदौमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
२५ वर्षदेखी कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहेका दोलखा तामाकोशी गाउँपालिका–३ का स्थायी बासिन्दा काफ्लेलाई मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपाल बार एसोसिएसनको सदस्य काफ्ले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार रहेका थिए ।