मकवानपुर । हेटौंडामा स्थानीय तह चौथो शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शहीद स्मृति गोल्डकप फुटबल जेठ १९ गतेदेखि २८ गतेसम्म हेटाैडामा सञ्चालन हुनेछ । प्रतियाेगिता सम्बन्धमा विहीबार पत्रकार सम्मलेन गरेर आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी गराइएकाे हाे ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा हुने फुटबल प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल संघको जिल्ला अधिवेशनको कारण प्रतियोगिता गर्न ढिलाई भएको बताउँदै जेठ १९ गतेबाट हुने गोल्डकपको तयारी तीब्र पारिएको बताए । यसवर्षबाट प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई प्रदान गरिने पुरस्कारको राशि बढाईएको छ । यसवर्ष प्रतियोगिताको विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।
यसैगरि,प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले ५० हजार,विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगतामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब,सिमरा,सर्लाही बागमती युवा क्लब,विजय युथ क्लब हेटौंडा,चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको १० वटै स्थानीय तहको आर्थिक सहयोग रहने छ ।
२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । यसैगरि,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद २०७९ को लोगो, मस्कट र नारा सार्वजनिक गरििएकाे छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको लोगो, मस्कट र नारा शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासमेत सार्वजनिक गरेको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । गन्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।
लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ । गत वैशाख ४ गते राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि लोगो, मस्कट, नारा र गीत निर्माणकाे लागि पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो र मस्कट बनाउनेले क्रमस: ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ । प्रतियोगिता तयारी तीव्र रुपमा भइरहेको राखेपले जनाएकाे छ । प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिने भएकाे छ ।
कपाल काट्दै रंगशाला निर्माण, अबको याेजना वडाको विकासमा
Tags: No Comments
मकवानपुर / स्थानीय तह निर्वाचन–२०७९ सन्निकट छ । आगमी ३० बैशाखमा स्थानीय तहको जनप्रतिनिधिको लागि मतदान हुँदै छ । आफ्नो वडाका कस्ता जनप्रतिनिधिहरु ल्याउने, आफ्नो गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कस्तो व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा पठाउने भन्ने बहस / कौतुहलता र योजना मतदातामा छ । यो हुनु आवश्यक पनि छ ।
देशभर चुनावी माहोल चलिरहदा उम्मेदवारहरु आफ्नो योजना र एजेण्डा लिएर वडा–वडा, टोल–टोल र मतदाताको दैलोदैलो पुगिरहेका छन् । चुनावी घरदैलो अभियानमा केन्द्रित रहेका उम्मेदवारहरुको भिडमा नै छन् हेटौंडा–५ बाट एमालेका उम्मेदवार सुशील घिमिरे पनि ।
अधिकांश स्थानीयतहहरुमा पुरानै अनुहारहरुले नेतृत्वको उपस्थिती देखिए पनि उनी वडाका पुराना विकासप्रेमी तथा जनताको माझमा रमाएका व्यक्ति हुन् । “हेटौंडा ५ मा आशालाग्दा युवाहरु मध्येमा पर्दछन् सुशील, विकासप्रेमी मान्छे”एमाले सचिवालय सदस्य इश्वर ढुङ्गानाले भने “उनको नेतृत्वले हेटोंडा–५ लाई सुन्दर र नमुना बनाउँने छ ।”
सुशील पूर्व राष्ट्रिय बक्सिङ खेलाडी हुन् । सरल र ईमानदार व्यक्तिको रुपमा छवी बनाएको घिमिरलाई एमालेले वडाबाट सर्वसम्बत वडाको अध्यक्षको लागी सिफारिस गरेपछि वडाबासीमा आशा बढेको उनले बताए ।
वडाको जनप्रतिनिधिको रुपमा उम्मेदवार बनेका छन् ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवाल पनि । वडाको काममा अनुभव हासिल गरेका ज्ञानु थापा र भगवती बिक अहिले अझै विकास र प्रगतिको लागि चुनावि मैदानमा होसिएका छन् । रामबहादुर राई र रञ्जीता सिलवाल नयाँ अनुहार हुन् । जनप्रतिनिधिमा नयाँ अनुहार भएपनि सामाजिक काममा भिजेका व्यक्तिहरु हुन रञ्जिता र रामबहादुर पनि ।
नेपाली राजनितीमा एउटै व्यक्ति पटक–पटक एउटै पदकमा देखिरहनु पर्ने बाध्यताकारी स्थिति बिच घिमिरेको राजनितीमा भएको ईन्ट्रीले उपमहानगरको १९ वडा मध्ये ५ नम्बर वडातर्फ सबैको चासो देखिन्छ ।
को हुन सुशील ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा रचनामा भनेका छन् ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ चन्द्र छुने उद्देश्य बोकेर हिडेका सुशिल आफ्ना वडावासीलाई उर्जा भर्ने काम गरेर देखाउने अभियानमा छन् । हेटौंडाको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरेले लिएको महत्वकांक्षी उद्देश्य चन्द्र छोएजत्तिकै सावित हुने छन्, जब उनी निर्वाचन जितेर वडाको समग्र विकासमा बागडोर सम्हाल्न पुग्नेछन् ।
यसको परिक्षण देखाइसकेका छन् सुशीलले । उनले अगुवाइ गरेको केही कामले उनको लगाव र क्षमता परिक्षण भैसकेको बताउँछन् वडाका सुरेश लामिछाने ।
घिमिरेको अगुवाइमा देशकै नमूना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए । पछि मार्सल आर्टमा राम्रो भविष्य नदेखेपछि २०५४ सालमा बक्सिङ खेल्न शुरू गरेका उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गरे । बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक रहेको उनले बताए । २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलोपटक नेपाल च्याम्पियन भएका थिए । १२ अन्तर्राष्ट्रिय खेलमा उनले ३ वटा उपाधि जितेको बताए । सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आवद्ध भएका उनी सशस्त्रको टीमबाट खेल्न शुरू गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बने ।
‘मकाउ पुगेर पनि उनले पुरानै कामलाई निन्तरता दिएर अतिरीक्त आम्दानी गर्ने र खेल क्षेत्रमा केही गर्ने योजना बनाएँ, समय मिलाएर साथीभाईहरुको कपाल काटें,त्यो पैसाको अक्षयकोष बनाए, रेस्टुरेन्टमा काम गर्ने उनी ड्युटीबाट छुटेपछि साथीको घर, कोठा पुगेर भ-याङमुनि कपाल काट्थे र शुल्क लिन्थे नेपाली ३०० रुपैयाँ । जसले खेलक्षेत्रको आधार तय गर्न अक्षयकोष स्थापना गर्ने धोको पालेर राखेका थिए मनमा । कपाल काटेर कमाएको पैसा कभर्ड हल र रंगशाला निर्माणमा खर्च गरे अनि हेटौंडावासीलाई उपहार दिए रंगशाला ।
२०६० सालदेखि निरन्तर राष्ट्रिय च्याम्पियन भए । घिमिरे भन्छन्, ‘सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो । त्यहाँ खेल्न जाँदा पहिलोपटक दशरथ रंगशाला घुम्न पुगे, रंगशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै रंगशाला भइदिए हुन्थ्यो भन्ने सधैं मनमा लागिरहन्थ्यो । त्यो सयममा रंगशाला बनाउन सक्ने आँट नभए पनि सरकारले बनाउँछ कि भन्ने पनि आश थियो । यदि सरकारले बनाएन भने आफैंले बनाउँछु भन्ने सपना पनि बोकेर हिँड्थे सधैं ।’
खेल जीवन निरन्तर चलिरहँदा केही बाध्यता र केही रहर बोकेर खेल जीवन छाडेर मकाउ पुगे उनी । ‘मकाउको बसाइमा पनि निरन्तर रंगशाला बनाउने कुरा खेलिरहन्थ्यो,’ उनले भने, ‘७ वर्ष मकाउ बसें, त्यहाँ बस्दा साथीभाइको कपाल काटेर आएको पैसा जम्मा गरेर रंगशाला निर्माणका लागि अक्षयकोष बनाएँ’ उनले भने ।
हेटौंडा फर्केपछि रंगशाला बनाउने सपनाले उनलाई निदाउँन दिएन । २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो । गोल्क कप हेर्न बाँसको प्याराफिट बनाइएको थियो, यो देखेर उनलाई अझै औडाहा भयो, दर्शको व्यापक भीड, प्याराफिट भने बाँसको । खेल हेर्दा हेर्दै हौसिएर उफ्रन खोज्दा लडेर दुर्घटना हुने जोखिम उत्तिकै ।
घिमिरेले २०५५ सालताका ६ वर्ष पिप्ले चोकमा आफू र क्लबका साथीभाइ मिलेर सैलुन चलाएका थिए । कपाल काटेबापत सैलुनबाट प्रतिव्यक्ति आउने ५ रुपैयाँ जम्मा गरेर क्लबको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउन र खाजा खान खर्चिन्थें उनी । यसरी जम्मा गरिएको पैसाबाट अन्य ठाउँमा हुने प्रतियोगितामा क्लबका खेलाडीहरूलाई खेल्न लैजाने गरेको उनका पछि लागेर खेल जीवनमा रमाइरहेका खेलाडीहरुको स्मरणमा ताजै छ आज पनि ।

‘मकाउ पुगेर पनि मैले त्यही पुरानै कामलाई निन्तरता दिएर अतिरीक्त आम्दानी गर्ने र खेल क्षेत्रमा केही गर्ने योजना बनाएँ” उनी भन्छन् “समय मिलाएर साथीभाईहरुको कपाल काटें,त्यो पैसाको अक्षयकोष बनाए । मकाउ हुँदा उनी रेस्टुरेन्टमा काम गर्थे । त्यहाँको ड्युटीबाट छुटेपछि साथीको घर, कोठा पुगेर घरको भ-याङमुनि कपाल काट्थे र शुल्क लिन्थे नेपाली ३०० रुपैयाँ । “नेपाल आएपछि अक्षयकोष स्थापना गरेर १० लाख जम्मा गर्छु भन्ने सोचेको थिएँ” उनले भने । कपाल काटेर कमाएको पैसा कभर्ड हल र रंगशाला निर्माणमा खर्च भएको उनले बताए ।
र, हेटौंडा फर्केपछि रंगशाला बनाउने सपनाले उनलाई निदाउँन दिएन । २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो । गोल्क कप हेर्न बाँसको प्याराफिट बनाइएको थियो, यो देखेर उनलाई अझै औडाहा भयो, दर्शको व्यापक भीड, प्याराफिट भने बाँसको । खेल हेर्दा हेर्दै हौसिएर उफ्रन खोज्दा लडेर दुर्घटना हुने जोखिम उत्तिकै ।
होस्टे गर्नेको खाँचो थियो सुशिलले होस्टे गरे, हैंसेमा थपिए अरु रुचिकर व्यक्तिहरु र बन्यो आकर्षक रंगशाला हेटौंडा–५ क्याम्पाडाँडामा ।करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने क्षमताको छ ।
गोल्ड कपको उद्घाटन गर्न पुगे हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत । सुशिलले आफ्नो कुरा राखिहालेः ‘मेयर साप कतिञ्जेलसम्म यस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्ने रु आफ्नै ठाउँमा राम्रो रंगशाला बनाउन पाए हुन्थ्यो नि १’ मेयर महतले सकारात्मक जवाफ दिएपछि घिमिरेलाई थप हौसला मिल्यो ।
त्यसलगतै २०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँच लगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निमार्णका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो । सुशिल आफैं लागि परे रंडशाला बनाउन । अन्नतः लागत अनुमानभन्दा आधा कम अर्थात् झण्डै २ करोड रुपैयाँमा रंगशाल निर्माण सम्पन भयो ।
धर्तिमा उज्यालो छरीएदेखि साँझामा उज्यालो रहेसम्म रंगशालामा साबेल र पिक बोकेर भिडिरहेका भेटिन्थे सुशिल । उनको जोशलाई सघाए स्थानीय युवा र व्यवसायीहरुले र सघायो स्थानीय सरकारले पनि ।
होस्टे गर्नेको खाँचो थियो सुशिलले होस्टे गरे हैंसेमा थपिए अरु रुचिकर व्यक्तिहरु र बन्यो आकर्षक रंगशाला हेटौंडा–५ क्याम्पाडाँडामा । करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने क्षमताको छ । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशिलले बताए ।
हाल वडा अध्यक्षकको लागी चुनावी मैदानमा होमिएका उनै सुशिल आफ्नो लागि नयाँ क्षेत्र भएपनि यस्तै प्रकारको विकास निर्माणमा स्थानीयसँगै साबेल, कुटो कोदालो बोकेर हिड्ने योजनामा छन् । म वडामा शासन गर्न हैन, वडाको विकासमा सहजिकरण गर्न जाने हो,मलाई विगतमा जस्तै वडावासीको साथ, माया र हौसला चाहिन्छ, उहाँहरुको मतदान मेरालागि त्यहाँसम्म पुग्ने बाटो हो ।’
जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएयो थियो । निर्माण कार्यमा लाग्ने श्रम स्थानीयले जनश्रमदानमा सहयोग गरेका हुन् । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग भएन । यसअघि पनि उनले हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङ सहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेका थिए, भौतिक निर्माणमा उनको यो अनुभव रंगशला निर्माणमा समेत फलदायि बन्यो ।
‘कभर्ड हल निर्माण लागत मूल्यांकन १ करोड २५ लाख गरिएकोमा हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानबाट सम्पन गरिएको थियो,’ उनी भन्छन्, “खेलाडी भएकोले यहाँ खेल मैदान बनाउँदा आफ्नै घर बनाइरहेको जस्तो आभाष भयो, घरभन्दा बढी यहाँ खटिरहेँ ।”
बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदका लागि एउटा रंगशाला आवश्यक थियो । रंगशाला निर्माण हुनु भनेको खेल क्षेत्रको विकास हुनु हो । आगामी दिनमा रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने विश्वास लिएको उनले बताए ।
हाल वडा अध्यक्षकको लागी चुनावी मैदानमा होमिएका उनै सुशिल आफ्नो लागि नयाँ क्षेत्र भएपनि यस्तै प्रकारको विकास निर्माणमा स्थानीयसँगै साबेल, कुटो कोदालो बोकेर हिड्ने बताउँछन् । म वडामा शासन गर्न जाने हैन, वडाको विकासमा सहजिकरण गर्न जाने हो,मलाई विगतमा जस्तै वडावासीको साथ, माया र हौसला चाहिन्छ, उहाँहरुको मतदान मेरालागि त्यहाँसम्म पुग्ने बाटो हो ।’ पत्रकार सरोज पौडेलकाे सहयाेगमा तयार पारीएको ।
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार भएको संघको सातौं अधिवेशनबाट वर्तमान अध्यक्ष रहेका लामा अध्यक्षमा पुनः निर्वाचित भएका हुन । अध्यक्ष प्रत्यासी मणिष श्रेष्ठलाई पराजित गर्दै लामा प्यानल सहित विजयी भए ।
लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरे । उपाध्यक्षमा अरुण बल (२३), युवराज लामा (२१ ) र अजय मानन्धर (१८ ) मत सहित विजयी भए । उपाध्यक्षका उम्मेदवारद्वय राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे ।
यसैगरी फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५ ) आशिष थापा (२५), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४), पुष्पराज पुडासैनी (२३), सचिन्द्र लामा (२३), सचिन राई (२३) दिनेश चौलागाई (२३), कृष्ण केसी (२०) र नवराज तिमल्सिना (१९) मत सहित विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।
मकवानपुर । बारा जिल्लामा भएको पाँचौं नकआउट भलिबल प्रतियोगिताको उपाधि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान मकवानपुरले जितेको छ । बुधबार बारा जिल्लाको कोहल्वीमा सम्पन्न फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिताको भएको हो । फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नजिता निकालेको थियो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले जानकारी दिए ।
उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । कमल विडारी प्रतिष्ठानको टिम व्यवस्थापक रहेकोमा फाइनल खेलमा टिमलाई हौसला प्रदान गर्न प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, महासचिव बसन्त सिटौला र कोषाध्यक्ष छवि सुवेदी पनि कोहल्वी पुगेका थिए ।