मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार भएको संघको सातौं अधिवेशनबाट वर्तमान अध्यक्ष रहेका लामा अध्यक्षमा पुनः निर्वाचित भएका हुन । अध्यक्ष प्रत्यासी मणिष श्रेष्ठलाई पराजित गर्दै लामा प्यानल सहित विजयी भए ।
लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरे । उपाध्यक्षमा अरुण बल (२३), युवराज लामा (२१ ) र अजय मानन्धर (१८ ) मत सहित विजयी भए । उपाध्यक्षका उम्मेदवारद्वय राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे ।
यसैगरी फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५ ) आशिष थापा (२५), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४), पुष्पराज पुडासैनी (२३), सचिन्द्र लामा (२३), सचिन राई (२३) दिनेश चौलागाई (२३), कृष्ण केसी (२०) र नवराज तिमल्सिना (१९) मत सहित विजयी भए । महिला सदस्यमा एलिसा आले विजयी भइन् ।

