मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलबाट विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो सँगै खेलको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । निकै आकर्षक बनेको खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि भोली मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर। राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबिच मैत्रीपूर्ण फुटबल हुने भएकाे छ । भाेली (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हाे ।
राष्ट्रकाे लागि र स्वास्थ्यकाे लागि खेल अनिवार्य भएकाेले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयाेजना गर्न लागिएकाे चाैतारी मकावानपुर अध्यक्ष बालकृष्ण अधिकारीले बताए । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रीय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए ।
मैत्रीपुर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारी नेपाल मकवाननपुरका अध्यक्ष अधिकारीले बताए । फागुन ७ गते हेटौंडा ५ पिप्ले क्याम्पाचौरमा बिहान ८ बजे हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने छन् ।
मच्छिन्द्र सेमिफाइनल प्रवेश
Tags: No Comments
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र युथ क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेकाे हाे ।
छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारकाे तेस्रो क्वार्टरफाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका प्रदिप भण्डारी घोषित भए । मच्छिन्द्रले फाइनल प्रवेशका लागि न्यू रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको विजेता हो भने मच्छिन्द्र दोस्रो संस्करणको उपविजेतासमेत हो । आइतबार प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको मैदानमा भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
छैठौंं संस्करणको अन्तर्गत शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले पाखा लगाउदै एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो । मकवानपुरको बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको मैदानमा भएको खेलमा एपीएफको तर्फबाट अनिष महर्जनले १ तथा फोडे फोफनाले १ गोल गरे ।
खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा हेडमार्फत गोल गरे । उनले २४ औं मिनेटमा दोस्रो गोल गर्दै फाराकिलो अग्रता बनाए । खेलको दोस्रो हाफको ८८ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले सान्त्वना गोल गरे ।
खेलको म्यान अफ द म्याच एपीएफ महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बागमती गोल्डकप अन्तरगत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिकाको जनता माविको खेल मैदानमा जारी खेलको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले हराउँदै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
एनआरटीको जीतमा मोहित गुरुङले निर्णायक गोल गरे ।उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पहिलो पटक सहभागि जनाएको एनआरटी पहिलो प्रयासमै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।
जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जन जागृती क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौं, नेपाल आर्मीको त्रिभुवन क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक बागमती खेलकुद विकास समिति, शसस्त्र प्रहरीको एपिएफ फुटबल क्लब काठमाडौं, चर्च ब्वाईज युनाईटेड क्लव काठमाडौंको सहभागिता रहेको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।