मकवानपुर । त्रिदेशीय कप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश फाइनलमा भिड्दैछन् । नेपालले कीर्गिस्तानको यू-२३ र बंगलादेश गरि दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।
त्यस्तै नेपालसँग बराबरी खेलेको बंगलादेशले कीर्गिस्तान यू-२३ लाई भने १-० गोलले पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे फाइनल खेल हुने छ ।
यसै बीच प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् । नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन् ।
मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा अाइतबर भएकाे प्रतियाेगिताकाे दाेस्राे खेलमा मकवानपुर ११ लाइ २–० गाेल अन्तरले हराउँदै एपिएफ क्लब काठमाडाै विजयी भएकाे छ ।
दोस्रो हापको २६ औं मिनेटमा एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले गोल गर्दै टीमलाइ अग्रता दिलाएका थिए । एपीएफकै तर्फबाट जर्सी नम्बर ३ का मान बहादुर रानाले खेलको ४५ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो ।
जनता माबिको खेल मैदानमा भएको पहिलो हाफको खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा बराबरीमा रोकिएको थियो । शुरुवाती समय देखिनै दबाबमा राखेको मकवानपुर-११ ले खेलको १६ औं र २२ औं मिनेटमा अवसर पाएको थियो । तर, उक्त मकवानपुरका जर्सी नम्बर ११ का बिश्व लामाले दिएको पास जर्सी नम्बर ७ का खेलाडी बिजय बिकको प्रहारलाई गोल रक्षक राजु योगीले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच एपिएफ जर्सी नम्बर ७ का प्रदीप लामा घोषित भएका छन् । उनले नगद ५ हजार समेत प्राप्त गरे ।
खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा भोलि १६ गते अफ्रीकन रुस्ट एशोसिएसन क्यामरुन र बिर्तामाड युनाइटेड झापाबीच प्रतिष्पर्धा बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।
मकवानपुर । हेटाैडामा संचालन भएकाे नेपालकै सर्वाधिक राशी पुरस्कार रहेको अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ । शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका १३ अंकसहित प्रथम स्थान हासिल गर्दै उपाधि जितेको हो । प्रतियोगितामा दोलखा जिल्ला बुद्धिचाल संघ १२ अंकसहित दोस्रो स्थानमा रहन सफल भयो ।
उपाधि विजेता हेटौंडा उपमहानगरपालिकाले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । पुरस्कार चेस प्रतियोगितामा हालसम्मकै धेरै हो । यसै गरी दोस्रो स्थानमा रहन सफल दाेलखाले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । १० अंकसहित लितपुर महानगरपालिकाको टिम तेस्रो हुँदै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा ललितपुरको ललितपुर खेलकुद क्लब र ललितपुरको महालक्ष्मी नगरपालिका क्रमशः ९ र ८ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदै नगद ३० र २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा बोर्डको उत्कृष्ट खेलाडी बन्दै हेटौंडा उपमहानगरपालिकाका क्षितिज भण्डारी, रुपेश जैसवाल, सुरवीर लामा, दोलखा जिल्लाको दोलखा बुद्धिचाल संघका मनिष हमाल र नुवाकोटको विदुर नगरपालिकाका आश्चर्य चौधरीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो ।
समापन कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मकवानपुर जिल्ला अध्यक्ष माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको बागमतीमा सुरु चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । बागमती-८ जनता माबिको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकलाई ३-१ ले हराउदै सिमराले बिजयी सुरुवात गरेको हो ।
सिमराको जितमा दोस्रो हाफको १६ र २३ औं मिनेटमा जर्सी नम्बर १८ का एलोन राइले दुई गोल गरे । त्यस्तै थप एक गोल भने १४ नम्बर जर्सि सुशान्त तामाङले २८ औं मिनेटमा गरे । आयोजकका तर्फबाट जर्सी नम्बर १२ का उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट सान्त्वना गोल गरेका थिए । त्यस पछिको खेलमा अग्रता लिन नसक्दा आयोजकले १ गोल मै चित्त बुझाउनु परेकाे छ ।
खेलको म्यान अफ दि म्याच सिमराका जर्सी नम्बर १८ का एलोन राई घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत १५ गते आइतबारको खेल रिगल हेटौंडा रिसोर्ट र एपीएफ नेपाल काठमाडौबीच हुने आयोजकले जनाएको छ ।

खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा( प्रभाकर)ले गरेका हुन । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ । प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
यस अघी भएकाे पहिलो बागमती गोल्ड कप को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुली तथा दोस्रो र तेस्रो बागमती गोल्ड कपको उपाधी सरस्वती क्लब काठमाडौं ले पोल्टामा पारेका थिए ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र नीति विपरीत खेल खेल्ने खेलाडीहरूलाई मैदानमा प्रवेश निषेध गर्नुपर्ने बताएका छन् ।
मकवानपुरकाे बागमति गाउँपालिकामा चाैथाे बागमती गाेल्डकप राष्ट्रिय प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । राजनीतिक खेलाडिहरूले देशकाे अवस्था नाजुक बनाएकाे भन्दै उनले नेताहरूले खेलाडिबाट अनुशासन सिक्नु पर्ने बताए । बागमती गाउँपालिकामा स्थानीय खेलाडिहरूकाे क्षमता उच्च भएकाे भन्दै नेता प्रभाकरले याे क्षेत्र भविष्यमा फुटबलको हब हुने बताए ।

‘खेलले प्रतिस्पर्धासँगै अनुशासन प्रतिबन्धित गर्छ, खेल हेरेर प्रतिस्पर्धा र सहकार्य गर्न राजनीतिक खेलाडीले सिकुन, विधि नीति भन्दा बाहिर गरे खेल्दा राजनिती बिग्रियो’ उनले भने ‘राजनीतिको एम्पाएर जनता हुन, गोल भनेको संबिधान हो,ठिक गोल गरेर कार्यन्वयन गरौ, गोल भिरमा हानेर राष्ट्रिय संकट निर्माण गर्नेलाइ मैदानमा प्रवेश किन दिने ?’

पार्टी एकतालाइ अदालतले भङ्ग गरेकाेले जनताको हक हनन गरेको उनले बताए । ‘नेपाली जनताको स्वाधीन र बलिदानमाथी धावा बोल्न पाईन्न’ भने ‘केही नेताहरुले भिरको बाटो रोज्छन भने नेपाली जनताको लागि स्वीकार छैन’ खेलबाट विधि पद्धति र सहकार्यम लाग्न सिकोस, जनता बिद्रोहमा जान बाध्य नबनाईयोस् । प्रतियाेगित चैत २३ गतेसम्म चल्ने छ ।